यसमा कुनै शङ्का छैन कि व्यक्तिमाथि उसको सङ्गतले ठूलो प्रभाव पार्छ। यदि तपाईं पनि सफल भविष्य चाहनुहुन्छ भने त्यस्ता व्यक्तिका साथ रहने प्रयास गर्नुहोस् जो सफल र सक्षम छन्। वास्तवमा सफल व्यक्तिसँगको मित्रताले तपाईंको नेटवर्कलाई मात्र बलियो बनाउँदैन, उनीहरूबाट धेरै कुरा सिक्ने अवसर पनि दिन्छ।

यद्यपि सफल व्यक्तिहरू प्रायः टाढाका तारा मानिन्छन्, जससँग मित्रता गाँस्न गार्हो हुन्छ। तर पनि सफल व्यक्तिहरूसँग अर्थपूर्ण मित्रता बनाउन असम्भव छैन।

राम्रा ठाउँहरूमा जानुहोस् : सही व्यक्तिहरूसँग मित्रता बनाउनको लागि, तपाईं सही ठाउँमा हुनु धेरै महत्वपूर्ण छ। सफल व्यक्तिहरूले आप्mनो ज्ञान र स्वास्थ्य सुधार गर्न आप्mनो अधिकांश समय खर्च गर्छन्। यस्तो अवस्थामा पुस्तकालय, कार्यक्रम, जिमजस्ता ठाउँमा गएर सफल व्यक्तिहरूसँग सम्पर्क बढाउन सक्नुहुन्छ।

समान रुचि खोज्नुहोस् : अन्य व्यक्तिजस्तै सफल व्यक्तिहरूको पनि शोख हुन्छ। कसैलाई हिमाल चढ्न मन लाग्छ भने कसैलाई किताब पढ्न मन लाग्न सक्छ। यी चासोका आधारमा जोडिएपछि सञ्चार सहज हुन्छ र आपसी सम्बन्ध बलियो हुन्छ।

सिक्ने इच्छा देखाउनुहोस् : मित्रता भनेको फाइदा लिनु मात्र होइन। सफल व्यक्तिहरूबाट सिक्ने इच्छा राख्नुहोस्। उनीहरूका अनुभवहरू सुन्नुहोस् र प्रश्नहरू सोध्न नहच्किनुहोस्। तपाईंले आफ्नो लक्ष्य हासिल गर्न उनीहरूको सल्लाहबाट मदत लिन सक्नुहुन्छ।

कामको लागि मात्र भेट नगर्नुहोस् : सफल मानिसहरूसँग आफ्नो काम पूरा गर्नको लागि धेरैले सङ्गत गर्छन्। तर यदि तपाईं उनीहरूको साथी बन्न चाहनुहुन्छ भने उनीहरूसँग मदत माग्नको लागि मात्र नबोल्नुहोस्। सफल व्यक्तिको पनि कुरा सुन्नुहोस् र उनीहरूलाई समय दिनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here