आयरन (फलाम) हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण खनिज हो जसले हामीलाई पोषण मात्र होइन, धेरै रोगबाट पनि बचाउँछ। आइरनविना हाम्रो शरीर कमजोर हुन्छ, जसका कारण यो पोषक तत्वको कमीले हेमोग्लोबिन कम हुन थाल्छ, त्यसैले तपाईंले आफ्नो दैनिक आहारमा कागती, पालक, चुकन्दर, पिस्ता, सुक्खा किसमिस, अम्बा, केरा र अन्जीरजस्ता चीजहरू खान सक्नुहुन्छ। पोषणविद् निखिल वत्सले आइरनको कमीले हामीलाई के–कस्ता हानि पु–याउन सक्छ भनी सुझाव दिएका छन्। (opens in a new tab)

एनिमियाः आइरनको कमीले गर्दा हामीले एनिमियाको सामना गर्न सक्छौं। यो रोग खासगरी महिलालाई हुने गर्छ। तसर्थ, हरेक दिन आइरन भएको खानेकुरा खानुपर्छ।

कमजोरी : शरीरमा आइरनको कमी हुँदा हेमोग्लोबिन आवश्यक मात्रामा उत्पादन हुँदैन, जसले गर्दा पूरा निद्रा लिएर पनि दिनभरि कमजोरी र थकान महसूस हुन्छ। जसका कारण दैनिक जीवनका सामान्य काम गर्न कठिनाइ हुने गर्छ।

हृदयरोग : मुटुको स्वास्थ्यलाई सधैं प्राथमिकता दिनुपर्छ, किनभने हृदयरोगीहरूको सङ्ख्या लगातार बढिरहेको छ। शरीरमा आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुन थाल्छ। यसका कारण शरीरका धेरै भागमा अक्सिजन सही मात्रामा पुग्दैन, जसका कारण मुटुको काम बढ्छ र मुटुसम्बन्धी रोगको खतरा हुन्छ।

कपाल छाला रोगहरू : फलामले हाम्रो शरीरको सौन्दर्य बढाउन पनि काम गर्छ। यदि यो पोषक तत्वको कमी भयो भने छाला र कपालमा समस्या आउन थाल्छ। जस्तै छाला सुख्खा हुनु, दागहरू देखिनु, छालाको टोन घट्नु वा निर्जीव हुनु। यसका साथै कपाल झर्ने र डन्डीफोरजस्ता समस्या पनि हुन थाल्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here