मधुमेहको उपचार र व्यवस्थापनबारे कुरा गर्दा हामी आहार, व्यायाम, निद्रा, औषधि र चिकित्सकबाट प्mलोअपजस्ता धेरै महत्वपूर्ण कुराहरू छलफल गर्छाैं। तर पानी पिउने र तरल पदार्थको सन्तुलन कायम राख्ने कुरा गर्न बिर्सन्छौं। हलुका निर्जलीकरणले पनि रक्त शर्करामा उल्लेखनीय वृद्धि हुन सक्छ, जसले समयको साथ शरीरलाई हानि पु–याउँछ।
वास्तवमा मधुमेहबाट पीडित व्यक्तिहरूको लागि मात्र पिउने पानी पर्याप्त नहुन सक्छ। इलेक्ट्रोलाइट युक्त तरल पदार्थ र ग्लुकोजको उचित मात्रा पनि उपभोग गर्नुपर्छ जसले गर्दा शरीरले यसलाई सजिलै अवशोषित गर्न सकोस्।
शरीरमा पानीको कमी हुँदा रगतमा चिनीको मात्रा बढ्छ। त्यसपछि मिर्गौलाले रगत फिल्टर गर्न थप पिसाब उत्पादन गर्न कडा मेहनत गर्छ। अनियन्त्रित मधुमेहले अत्यधिक पिसाब, तिर्खा र निर्जलीकरण बढाउँछ। यसले डायबिटिज केटोएसिडोसिसको कारण बन्न सक्छ। यो एउटा अवस्था हो जहाँ शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन, रगतमा चिनीलाई कोशिकाहरूमा ऊर्जाको रूपमा प्रयोग गर्नबाट रोक्छ।
यस्तो अवस्थामा कलेजोले इन्धनको लागि बोसो तोड्छ, जसबाट एसिड निर्माण हुन्छ, जसले गर्दा व्यक्ति कोमामा पुग्न सक्छ। वास्तवमा डायबिटिज केटोएसिडोसिस र कोमाका बिरामीहरूलाई दिइने पहिलो उपचार भनेको उनीहरूको शरीरमा द्रूतरूपमा तरल पदार्थ पु–याउनु हो। हाइड्रेटेड हुँदा मात्र इन्सुलिन दिइन्छ।
मधुमेहमा डिहाइडे«शनको लक्षणः
सबैभन्दा सामान्य लक्षण अत्यधिक तिर्खा लाग्नु र मुख सुख्खा हुनु हो। गम्भीर अवस्थामा छालाले आप्mनो लचक गुमाउँछ। यससँगै टाउको दुख्ने, आँखा सुख्खा हुने, छाला सुख्खा हुने, गाढा पहेंलो पिसाब हुने, चक्कर लाग्ने, सामान्य कमजोरी र थकानजस्ता लक्षणहरू पनि पर्छन्। कहिलेकाहीं शरीर सङ्कटमा जाँदासम्म निर्जलीकरणका लक्षणहरू स्पष्ट हुँदैनन्। त्यसपछि पल्स छिटो र कमजोर हुन्छ र यसले भ्रम र सुस्ती पनि निम्त्याउन सक्छ।
हालै एसजिएलटि २ अवरोधकजस्ता औषधिको प्रयोगबाट पिसाबको माध्यमबाट ग्लुकोज उत्सर्जन गराउने प्रयोग भएको छ। यसैले यस्ता औषधिको सेवन गर्ने व्यक्तिलाई हाइडे«ट रहन पानीको सेवन कमसेकम आधादेखि एक लिटर प्रतिदिन बढाउन आवश्यक छ।