आज अर्को स्थानीय बिरुवा अकवनको विषाक्तताको वर्णन गरिने छ। म नित्य क्लिनिक जाने बेला नारायणी अस्पतालको पछाडि फालेको फोहोर जमीनमा अकवन देख्ने गरेको छु। तर यो मन्दिर परिसर र वरिपरिको जमीनमा पनि उम्रन्छ। यसरी त्याज्य र फोहोर भूमिमा आफैं हुर्कने अकवन आश्चर्यजनक रूपमा आयुर्वेद, युनानी र गाउँले औषधिको सरदार बिरुवा हो जसको उपयोग दमा, कफ, चिसो लागेको बेला र यहाँसम्म कि बहिरोपनमा पनि कमाल गर्छ। यसको पूmलको केही थोपा रस पनि कानमा हाल्यो भने हलुका बहिरोपन ठीक भएको देखिएको छ। तर आँखामा पर्नुहुँदैन, मानिस अन्धो हुन सक्छ। अकवन एउटा पेरिनियल बुट्यान हो। एक किसिमको बिरुवा वार्षिक हुन्छ, अर्थात् तिनी सुकेपछि फेरि रोप्नुपर्छ। अर्को किसिमको बिरुवालाई रोप्नुपर्दैन। त्यही बिरुवाबाट फेरि उम्रन्छ। पेरिनियल भनेको अर्थ यही हो। अर्थात् विनाप्रयास उपलब्ध हुन्छ। जाडोमा यसको माथिल्लो भाग मात्र सुख्छ जुन वसन्तमा फेरि टुसाउँछ। हिन्दू धर्ममा पञ्चपल्लवको वर्णन आउँछ जसमा कसैकसैको भनाइमा मदारको पात पनि एउटा हो। यसको उपयोगिताको वर्णन निम्नलिखित शीर्षकमा गर्न सकिन्छ ः १. एज एन एन्टिइन्प्mलेमेटरी वा सुन्निएको अङ्ग ठीक पार्ने, जस्तै–एक्जिमा, सोरियासिस तथा अन्य सुन्निएकोमा। २. एज एन एन्टिवेक्टेरियल वा बेक्टेरिया मार्ने औषधि जस्तै–पिलो, सङ्क्रमित घाउ र छालाको अर्को सङ्क्रमणमा। स्टेफाइलोकोकस औरियस, इ.कोलाई र कैन्डिडा सङ्क्रमणमा यो विशेषरूपमा उपयोगी हुन्छ । ३. एज एन एनाल्जेसिक वा दर्दनिवारकको रूपमा : जोर्नी दुख्ने वा पेट दुखेमा जोर्नी वा पेटमाथि यसको पुल्टिस बाँध्दा दुःखाइ निको पार्छ। ४.पाचन प्रणालीको गडबडीमा : यदि कब्ज छ वा पखाला चलेको छ भने दुवै रोग अकवनले उही खुराकमा ठीक पार्छ। कब्ज छ भने पखाला गराइदिन्छ, पखाला चलेको छ भने कब्ज गराइदिन्छ। यो अद्भुत काम अरू कुनै एउटै औषधिले गर्न सक्दैन। बजारमा कब्जको छुट्टै र पखाला चलेको छुट्टै औषधि हुन्छ। यसरी यहाँ अकवन टु इन वनको रूपमा देखियो। ५.एज एन पारासाइटिक वा कृमि मार्नमा– पारासाइट भनेको राउन्डवर्म, टेपवर्म, पिनवर्म आदि कैयौं हुन्छ। अकवनले सबैलाई एक साथ मार्छ।
आजकाल यसलाई सडकको डिभाइडरमा पनि लगाउने गरिन्छ। यस अद्भुत र हेला गरिएको बिरुवालाई हिन्दीमा आक वा मदार, अङ्ग्रेजीमा मिल्कवीड, भोजपुरीमा अकवन र फ्रेंचमा फ्रेंच कटन भनिन्छ। मदारको अर्थ अर्बिट हुन्छ। अर्बिट आँखाको ओडारलाई भनिन्छ, जसमा आँखा हुन्छ। यसको पूmल पनि ओडारजस्तो हुन्छ जसको बीचमा आँखाजस्तो निस्केको हुन्छ। यसको बिरुवा २.५ मिटर लामो र कुनै कुनै त्यसभन्दा पनि ठूलो हुन्छ। तर रेगिस्तानमा पाइने मदार त्यसभन्दा सानो हुन्छ। यसको पात वर वा पकडीको पात जस्तो तर त्यसभन्दा ठूलो हुन्छ। यसको पूmल सानो, सेतो र गोलो चकलेट आकारको जसको बीचमा पहेंलो धारी भएको १.२ ह २ इन्चको हुन्छ जसका पालुवा फुलेपछि अलग–अलग हुन्छ। यसको परागण माहुरीद्वारा हुन्छ। जब माहुरी पूmलमा बस्छ तब त्यसको खुट्टामा पूmलको एन्ड्रोसियम टासिन्छ। जब माहुरी अर्को फूलमा बस्छ, एन्ड्रोसियम फूलको गाइनोसियममा टाँसिन्छ। यसरी परागण भएपछि जब पूmलमा बीउ बन्छ तब हावाले परपर उडाएर यस बिरुवाको विस्तार गर्दै जान्छ। यसको सानोसानो बीउमा कैयौं प्mलेजिलेट वा भुआ हुन्छ। हावासँगै भुआमा रहेको बीउ उडेर अर्को ठाउँमा पुग्छ र अकवनको पौधा हुर्कन्छ। यही भुआले गर्दा यसलाई फ्रेंच कटन भनिन्छ। जहाँबाट पनि काट्दा अकवनबाट सेतो रस कनेरभन्दा पनि बढी मात्रामा निस्कन्छ। यसै कारणले यसलाई मिल्की वीड पनि भनिन्छ। यसको रसले कपडामा नजाने दाग लाग्छ। यसको नमीठो गन्धले जनावरहरू यसबाट टाढै बस्छन्।
यसको वैज्ञानिक नाम केलोट्रोपिस हो जुन दुई प्रकारको हुन्छ : एउटालाई केलोट्रोपिस गिगान्टिया र अर्कोलाई केलोट्रोपिस प्रोसेरा भनिन्छ। गिगान्टिया हामी कहाँ फोहोर जमीनमा हुर्कन्छ जसको पूmलको रंग पर्पल हुन्छ। प्रोसेरा मरूभूमिमा हुन्छ जसको फुलको रंग सेतो हुन्छ। यो पनि एपोसाइनेसी परिवार अन्तरगत पर्छ। दुवै लगभग एक जस्तो क्रियाशील हुन्छन्। यसको कार्यशील रसायनको नाम हो : युस्केरीन, केलोटाक्सिन र केलेक्टिन। यसको जुन रस निस्कन्छ त्यो धेरै बाक्लो हुन्छ र १४.८ प्रतिशत ठोस हुन्छ। जब यसको दूध तताइन्छ वा केही बेर यसै छोडिन्छ तब त्यो रगतजस्तै जम्छ जसको माथि सफा र खैरो रंगको पातलो तरल पदार्थ अथवा सिरम देखिन्छ। त्यो तरल द्रव नै विषाक्त हुन्छ। जमी सकेको सेतो भाग विषाक्त हुँदैन। तर त्यो अल्कोहल, इथर र क्लोरोफार्ममा घुलनशील हुन्छ। माथिको सिरम धेरै विषाक्त हुन्छ जसको केवल ०.०५ मिली.ले मात्र एउटा भ्यागुतालाई मिनटभित्र मारिदिन्छ। चेन्नईको एन.पिचल्यान्डले यसबाट गिगैन्टिन नामक रसायन पनि पत्ता लगाएका छन्, जुन ३२३ डिग्री सेल्सियसमा पग्लेर टुट्छ। यो पानीमा कम तर अल्कोहलमा बढी घुलनशील हुन्छ र स्ट्रिक्निनभन्दा २० गुणा बढी विषाक्त हुन्छ। स्ट्रिक्निनलाई पश्चिममा एसट्रिक्नोस नक्स भोमिका ट्री र हाम्रोमा कुचिला भनिन्छ। लोकल एप्लिकेशन इरिटेन्ट विष हो भने अवशोषणपछि यसले सिरेब्रोस्पाइनल विषको काम गर्छ। यसको ०.५ मिग्रा. प्रतिकिलो वजनको हिसाबले पेरिटोनियममा दिइयो भने एउटा कुकुर अति छटपटाएर बान्ता र पखाला गर्दै श्वाप्रश्वाFस बन्द भएर मर्छ। ०.२ देखि २ मिग्रा. खुराकले एउटा कुकुरलाई मार्न एक घण्टा लाग्छ। जव छाला माथि लगाइन्छ, मदारले त्यहाँ पोल्छ र छाला रातो हुन्छ र फोका पैदा गर्छ। आंखामा परेपछि अन्धो बनाउन सक्छ। जब मदारको धूलोको नस लियो भने त्यसले मृत्युसमेत गराउन सक्छ। बङ्गालमा एकजना मानिसको बङ्गारा दुख्यो र एउटा गFउँले वैद्यकहाँ पुग्यो। वैद्यले भुलवश मदारको जराको धूलो सुँघ्नको लागि दियो। मान्छेमा विषाक्तता पैदा भयो र मर्यो। यसको जुस खाएपछि पेट र घाँटीमा तीव्र जलनयुक्त पीडा हुन्छ। त्यसपछि मुखमा घाउ देखिने, बान्ता र पखाला चल्ने, आँखाको नानी फैलिने, टिटेनसजस्तो कन्भल्शन भएर मृत्यु हुन्छ। कहिलेकाहीं यसमा डेलिरियम पनि देखिन्छ। यसको मृत्युकारक खुराक निश्चित छैन, तर मृत्युको अवधि साढे एकदेखि ८ घण्टाको हुन्छ। यसको उपचारमा अमाशयको सफाइपछि सेलाइन दिइन्छ। त्यसपछि नरम र चिल्लो पेय पदार्थ खुवाइन्छ। दुःखाइ र छटपटी कम गर्न छालामुनि मर्फिन उपयुक्त औषधि हो। कोलेप्स हुन लागेकोलाई कोरामिनको आवश्यकता पर्छ।
आयुर्वेदिक औषधिमा यसको फूल, पात, बोक्रा र जुस सबै प्रयोग गरिन्छ। यसको पूmलबाट पाचक र टानिक बनाइन्छ। पेट दुखेको छ भने पेटमा पातको पुल्टिस बाँध्दा ठीक हुन्छ। यसको बोक्राको २ देयिख ४ ग्राम धूलोले बान्ता गराउने औषधिको काम गर्छ। यसको टिंक्चर डिसेन्ट्रीमा प्रयोग गरीन्छ। यसको दूधजस्तो जुसलाई पुरानो छाला रोगमा दल्नाले रोग ठीक हुन्छ। यसको जुसले छालाको रौं पनि सफा गरिन्छ। यसको प्रयोग शरीरको दुर्गन्ध हटाउन पनि गरिन्छ। मदारको जुसमा पारा मिलाई खुवाएर वा एबोर्सन स्टिकमा चोभेर पाठेघरमा पु–याएर गर्भपात गराउने अपराध पनि देखिएको छ। पारिवारिक प्रतिष्ठा बचाउनको लागि एकजना मुस्लिम बुवाले छोरीलाई केही खान दियो। केटीले पनि खाई। छोरी मरी र उसको दफन पनि गरियो। पुलिसले लाश निकालेर परीक्षण गर्दा मदारको विषाक्तता पाइयो। कहिलेकाहीं मदारको जुस आम हत्या वा बच्चाको हत्या र आत्महत्यामा पनि प्रयोग हुन्छ। फोराटेक्स तरकारीमा छर्ने एउटा इन्सेक्टिसाइड हो। त्यसलाई घरको चारैतिर चुनको धूलो जस्तो छरिदियो भने विषालु साँप त्यसको तीव्र गन्धले गर्दा घरको वरिपरि पनि आउँदैन। ठीक त्यसरी नै मदारको तीव्र गन्धले नै साँप भाग्छ। यस कारण सपेराहरू साँप समात्ने र नयाँ साँपलाई प्रशिक्षित गर्न यसको प्रयोग गर्छन्। अफ्रिकाका आदिवासीहरू तीरलाई विषालु बनाउन यसको प्रयोग गर्छन्। अस्तु १