गर्मीमा आफ्नो छालाको हेरचाह गर्नुपर्छ। यदि तपाईं पनि पार्लरमा गएर आफ्नो छालाको चमकका लागि महँगो उपचारमा पैसा खर्च गर्नुहुन्छ भने अब त्यसो गर्नुपर्दैन। घरमा केही प्राकृतिक चीजहरूको मदतले आफ्नो हराएको चमक फिर्ता ल्याउन सक्नुहुन्छ।

आफ्नो छालामा केमिकलको सट्टा प्राकृतिक चीजहरू प्रयोग गर्नुपर्छ। छालाको हेरचाह केमिकलयुक्त सौन्दर्य प्रसाधनको प्रयोग गर्नुभएको छ भने यसले छालासम्बन्धी धेरै समस्या जन्माउँछ।

दहीः दहीमा पाइने सबै पौष्टिक तत्व स्वास्थ्यका लागि मात्र नभई छालाको लागि पनि निकै लाभदायक साबित हुन्छ। गर्मीमा धेरैलाई टैनिड्ढो समस्याको सामना गर्नुपर्ने हुन्छ। टैनिङबाट छुटकारा पाउन चाहनुहुन्छ भने छालाको हेरचाहमा दही समावेश गर्नुपर्छ। दहीले छालालाई प्राकृतिकरूपमा मोइश्चराइज गर्न पनि मदत गर्छ।

घ्यूकुमारीः हजुरआमाको पालादेखि नै घ्यूकुमारी छालाको लागि प्रयोग हुँदै आएको छ। गर्मीमा डन्डीफोर, चायापोतोको समस्या बढ्छ। घ्यूकुमारीले यो समस्यालाई जराबाट हटाउन मदत गर्छ। घ्यूकुमारी प्रयोग गरेर छालाको स्वास्थ्यलाई धेरै हदसम्म सुधार गर्न सकिन्छ।

गुलाबजलः गुलाबजलमा पाइने तत्वले छालासँग सम्बन्धित सबै समस्या हटाउँछ। गुलाबजल छालामा लगाउनाले छालालाई हाइड्रेटेड राख्छ। राति सुत्नुअघि छालामा गुलाबजल लगाउँदा एक सातामैं सुनौलो चमक छालाामा प्राप्त गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here