गर्मीमा तपाईंलाई पनि धेरै पसिना आउँछ ? बारम्बार पसिना आउनुका कारण कीटाणु र ब्याक्टेरिया उत्पादन हुन सक्छ, जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यदि तपाईं आफ्नो स्वास्थ्यमा हुने हानिबाट बच्न चाहनुहुन्छ भने पसिना आउने समस्याबाट बच्ने केही उपायहरूको बारेमा जान्नै पर्छ।
चीसो पानीः यदि तपाईंलाई पनि धेरै पसिना आउँछ भने बरफको चीसो पानीमा गुलाबजल र मुल्तानी माटो मिसाउनुपर्छ। दिनमा कम्तीमा दुईपटक यो पानीमा हातखुट्टा भिजाएर १५ मिनेटसम्म राख्नुपर्छ। जसले गर्दा पसिना आउन कम हुन्छ।
नूनः बाथटब र बाल्टिनमा मनतातो पानी राखेर त्यसमा छ चम्चा नून हाल्नुहोस्। यस पानीमा १०–१५ मिनेटसम्म हातखुट्टा डुबाएर राख्नाले बढी पसिना आउने समस्या धेरै हदसम्म समाधान हुन्छ।
फिटकरीः पसिनाबाट छुटकारा पाउन फिटकरी प्रयोग गर्न सकिन्छ। मनतातो पानीमा फिटकरीको धूलो मिसाएर १० मिनेटसम्म खुट्टा भिजाउनुपर्छ। फिटकरीले तपाईंको छालामा रहेको ब्याक्टेरियालाई हटाउन मदत गर्छ।
चन्दनको धूलोः चन्दनको धूलो पसिना कम गर्न निकै फाइदाजनक हुन्छ। चन्दनको धूलोमा गुलाबजल र थोरै पानी मिसाउनुपर्छ। अब यो पेस्टलाई शरीरको त्यो भागमा लगाउनुहोस्, जहाँ तपाईंलाई धेरै पसिना आउँछ। यो पेस्ट सुकेपछि धुनुहोस् र सकारात्मक प्रभाव आफैं हेर्नुहोस्।