चिया नपिएर नेपालीहरूको बिहान नै हुँदैन। जाडो होस् वा गर्मी दिनभरको थकान हटाउन एक कप तातो चियाको चुस्की आवश्यक हुन्छ। तर गर्मीमा चियाका कारण धेरैलाई ग्याँस र अपच जस्ता पाचनसम्बन्धी समस्या हुन थाल्छ, जसका कारण चिया त्याग्नुको विकल्प हुँदैन।

तर गर्मीमा पनि चिया पिएर ताजा महसूस गर्न सकिन्छ। तर त्यसको लागि चियामा केही परिवर्तन गर्नुपर्छ। तातो चियाले शरीरको तापक्रम बढाउँछ, त्यसैले गर्मीमा आइस टी बनाएर पिउन सकिन्छ। यसका लागि मनपर्ने चियापत्तीको काढा बनाएर, त्यसमा चिनीको सट्टा कागती र पुदिना मिसाएर फ्रिजमा चीसो बनाएर पिउन सकिन्छ।

जाडोमा चियामा प्रयोग गरिने ल्वाङ, सुकमेल, दालचिनी, अदुवा जस्ता तातो मसलाको सट्टा गर्मीमा चीसो चिया बनाउन गुलाबको फूलको पात, खसखस, सौंफ प्रयोग गर्न सकिन्छ। यी मसलाहरूले चियालाई सुगन्धित बनाउनुको साथै शरीरलाई चीसो राख्न पनि मदत गर्छ।

यदि तपाईंलाई दूधको चिया पिउन मन लागेको छ भने कम चिल्लो भएको दूधको प्रयोग गर्न सकिन्छ। साथै चियामा दूधको मात्रा कम गर्न पनि सकिन्छ। सोया दूध र बदाम दूधको पनि प्रयोग चियामा गर्न सकिन्छ। धेरै चिनी स्वास्थ्यका लागि हानिकारक हुन्छ। गर्मीमा चियामा चिनीको मात्रा कम गर्नुपर्छ। साथै सख्खर र मह मिसाएर पनि चिया बनाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here