स्ट्रोक मस्तिष्कमा रक्तसञ्चारमा अवरोधसँग सम्बन्धित छ। यसका पछाडि दुर्ईवटा कारण छन्– इस्केमिक स्ट्रोक र हेमोरेजिक स्ट्रोक। इस्केमिक स्ट्रोकमा मस्तिष्कका नसाहरू अवरुद्ध हुन्छन्, जसले गर्दा सही मात्रामा रगत पुग्न सक्दैन। त्यस्तै, हेमोरेजिक स्ट्रोकमा मस्तिष्कमा रगत चुहिन थाल्छ।

इस्केमिक स्ट्रोक बढी सामान्य हुन्छ। किनभने यो उच्च रक्तचाप, मोटोपन, शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपान र धूमपानसँग सम्बन्धित छ। स्ट्रोक घातक हुन्छ तर समयमैं यसको लक्षण पहिचान भए उपचारले पूर्ण निको हुन सक्छ।

स्ट्रोकका प्रारम्भिक लक्षण : बोल्न कठिनाइ हुनु स्ट्रोकको प्रमुख लक्षण हो। यदि व्यक्ति स्पष्टरूपमा शब्द बोल्न नसक्ने वा आफ्नो शब्द सहीरूपमा व्यक्त गर्न सक्षम छैन भने मस्तिष्कमा रगतको कमीको कारण हुन सक्छ।

मांसपेशी कमजोरी पक्षघात : स्ट्रोकका कारण मस्तिष्कले शरीरका अङ्गहरूमा सङ्केत पठाउन नसक्ने हुँदा व्यक्ति पक्षघातको शिकार हुन्छ। मांसपेशीमा पनि कमजोरी महसूस हुन्छ। जसका कारण हातखुट्टा झमझमाउने र अनुहारको एउटा छेउ सुन्निन्छ।

हिंड्डुल गर्न कठिनाइ : स्ट्रोकले व्यक्तिको हिंड्ने क्षमतामा नकारात्मक असर गर्छ। यस्तो अवस्थामा यदि कुनै व्यक्ति स्पष्ट बोल्न सक्ने भएपनि हिंड्न गा–हो भइरहेको छ भने उसलाई स्ट्रोक हुन सक्छ। किनभने मस्तिष्कले राम्ररी काम गर्न नसक्दा शरीरको सन्तुलन बिग्रन थाल्छ।

हेर्न समस्या : हेर्ने समस्या स्ट्रोकको अर्काे लक्षण हो। स्ट्रोकका कारण चीजहरू दोहोरो वा धमिलो देखिन थाल्छ। उमेर बढ्दै जाँदा दृष्टिमा कमी आउनु प्राकृतिक प्रक्रिया भएपनि यसमा महीना वा वर्ष लाग्छ। तर अचानक मस्तिष्कघातका कारण आँखामा क्षति पुग्छ।

गम्भीर टाउको दुःखाइ :  कहिलेकाहीं गम्भीर टाउको दुःखाइ स्ट्रोकको चेतावनीको सङ्केत हो। टाउको दुःखाइ सामान्यतया अन्य टाउको दुःखाइभन्दा बढी गम्भीर हुन्छ। यस्तो टाउको दुःखाइमा बान्ता र वाकवाकी लाग्न सक्छ। धेरैजसो मानिस टाउको दुख्ने समस्यालाई निर्जलीकरण र निद्राको कमीको सङ्केत मानेर बेवास्ता गर्छन्। तर वास्तवमा यो मस्तिष्क पक्ष्Fघातको सङ्केत पनि हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here