गर्मीको मौसम शुरू हुनासाथ जताततै जुस पसलहरू देखिन्छ। यो सिजनमा सबैभन्दा बढी बिक्री हुने उखुको जुस हो। चर्काे गर्मीमा चीसो उखुको रस अमृतभन्दा कम हुँदैन। तर वास्तवमा राहतको अनुभूति गराउने उखुको रस शरीरमा पसेपछि रोगको जोखिम बढाउँछ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सर्वसाधारणलाई थोरै मात्रामा उखुको रस पिउन सल्लाह दिएको छ। साथै फलपूmलको जुस, चीसो पेयपदार्थ, चिया र कफी बढी मात्रामा सेवन नगर्न पनि सुझाव दिइएको छ।
इन्डियन काउन्सिलले जारी गरेको एडभाइजरीमा उखुको रसमा धेरै मात्रामा चिनी हुने बताइएको छ। अध्ययन अनुसार १०० एमएल उखुको रसमा १३ देखि १५ ग्रामसम्म चिनी हुन सक्छ। जबकि वयस्कले दैनिक ३० ग्रामभन्दा बढी चिनी र सातदेखि १० वर्ष उमेरका बालबालिकाले २४ ग्रामभन्दा बढी चिनी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
मधुमेहका बिरामीका लागि उखुको रस पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ। धेरै चिनी सेवन गरेपछि शरीरमा पानीको बढी आवश्यकता हुन्छ। चिनीयुक्त पेय पदार्थले शरीरमा क्यालोरीको मात्रा बढाउँछ जसले तौल बढाउन मदत गर्छ। यसले मधुमेह र मुटु रोगजस्ता रोगहरू व्यवस्थापन गर्न गा–हो हुन्छ।
इन्डियन काउन्सिलले कुनै पनि फलपूmलको जुस सन्तुलित मात्रामा पिउन सल्लाह दिएको छ, विशेषगरी जसमा चिनी थपिएको हुन्छ। यसको सट्टा सम्पूर्ण फलपूmल खानु बढी लाभदायक हुन्छ किनभने फलपूmलमा फाइबर र अन्य पोषक तत्वहरू पनि पाइन्छ। यसका अलावा चिया, कफीजस्ता चीजको अत्यधिक उपभोगबाट टाढा रहनुपर्छ। तर, थोरै मात्रामा चिया वा कफी पिउँदा कुनै हानि हुँदैन।