बिछोड (ब्रेकअप) धेरै मानिसहरूको लागि तीतो अनुभव हो किनभने तिनीहरू यसको लागि मानसिकरूपमा तयार हुँदैनन्। जोसँग तपाईंले जीवन बिताउने कसम खानुभएको थियो त्यो व्यक्ति अब तपाईंको जीवनको अङ्ग नभएपछि पत्याउन गा–हो हुन्छ। यद्यपि यस्तो अवस्थामा साथी र नजीकका व्यक्तिहरूले तपाईंलाई अगाडि बढ्न सल्लाह दिन्छन्, तर भावनाले काम गर्दैन। तपाईंलाई पूर्व जीवनसाथीलाई बिर्सन धेरै गा–हो भएको छ भने यसको पछाडिको कारण पनि बुझ्नुपर्छ।

फर्कने आशा : भनिन्छ संसार आशामा कायम छ र प्रेममा यसले अझ बढी काम गर्दछ। आशा टुटेको मनको सहारा बन्छ। मानिस जीवनको जुनसुकै चरणमा किन नहोस्, उसलाई आप्mनो हराएको माया एक न एक दिन पक्कै फर्केर आउँछ भन्ने लाग्छ। जब तपाईंको सोच यस्तो हुन्छ भने पूर्वजीवनसाथीलाई बिर्सन असम्भव हुनेछ।

सम्बन्धित वस्तु :  पूर्वसाथीलाई बिर्सन खोज्दै हुनुहुन्छ भने ऊसँग सम्बन्धित कुरा र वस्तुले तपाईंलाई उसको सम्झना दिलाउन थाल्छ। उदाहरणका लागि, यदि उसलाई कुनै खाना मनपथ्र्यो भने त्यो खानेकुरा देख्दा तपाईंलाई ती दिनको याद आउँछ। उसलाई कुनै चलचित्र वा त्यससँग सम्बन्धित गीत मन परेको थियो र त्यो कुरा त्यो मोबाइल, ल्यापटप वा टिभीमा बज्यो भने तपाईंको दिमागमा पूर्वसाथीप्रति पक्कै पनि यस्तो विचार आउन सक्छ।

साथीहरूले बिर्सन दिंदैनन् : तपाईंका नजीकका साथीहरूलाई निश्चित रूपमा तपाईंको विगत जीवनबारे थाहा हुन्छ र उनीहरूले तपाईंलाई चिढ्याउन, जिस्काउन वा रमाइलो गर्न पूर्वसाथीबारे कोट्याउने गर्छन्। यस्तो अवस्थामा पनि तपाईं आप्mनो पूर्व जीवनसाथीलाई बिर्सन सक्नुहुन्न।

तुलना :  जब तपाईं पुरानो सम्बन्ध तोडेर नयाँ सम्बन्धमा प्रवेश गर्नुहुन्छ त्यति बेला तपाईंले जान–अन्जानमा वर्तमान जीवनसाथीको तुलना पुरानो जीवनसाथीसँग गर्न थाल्नुहुन्छ। यस्तो गर्दा पूर्वजीवनसाथीको सम्झना आउँछ। त्यसैले अहिलेको सम्बन्धमा खुशी रहन सिक्नुपर्छ र मनमनै पुरानो सम्झना कोट्याउनुहुँदैन।

सामाजिक मिडिया : सामाजिक सञ्जाल एउटा यस्तो साधन हो, जसले चाहेर पनि पुराना कुराहरू भुल्न दिंदैन। यदि तपाईंले पूर्वसाथीको खाता ब्लक गर्नुभयो भने पनि साथीभाईको फेसबूक अकाउन्टमा मेमोरीको रूपमा त्यो टुप्लुक्क देखिन्छ र पुरानो सम्झना नयाँ भएर आउँछ। तसर्थ पूर्वजीवनसाथीलाई बिर्सन माथि बताइएको कुराहरूबाट टाढा बस्न सिक्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here