काठमाडौं, २० जेठ/रासस

काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।

“धावनमार्गमा गुडिसकेको विमानमा नेल पलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो”–यात्री मञ्जु शाहीले भनिन्–“नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चलेको छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ।” यात्रीलाई बसमा राखिएको छ। विमानको  ८ः२५ बजेको उडान तालिका थियो।

विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल माननधरले राससलाई जानकारी दिए। अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here