गर्मीको यातना रोकिएको छैन। भीषण गर्मी र लूका कारण भारतको विभिन्न प्रान्तमा ८५ जनाभन्दा बढीको मृत्यु भएको छ।
हिट स्टे«स (गर्मी तनाव) त्यति बेला हुन्छ, जब शरीरको आन्तरिक तापक्रम नियन्त्रण गर्ने क्षमता अत्यधिक गर्मीको कारण बिग्रन्छ। अत्यधिक गर्मीका कारण शरीरको तापक्रम द्रुत गतिमा बढ्न थाल्छ। पसिना आउनु भनेको शरीरलाई चीसो पार्ने प्राकृतिक तरीका हो, तर जब शरीर धेरै तातो हुन्छ र पसिना छिट्टै सुक्छ वा तरल पदार्थको सेवन पर्याप्त हुँदैन, शरीरको तापक्रम खतरनाकरूपमा बढ्न सक्छ। हावाको उच्च तापक्रम, उज्यालो तापका स्रोतहरू, उच्च आद्र्रता, तातो वस्तुहरूसँग प्रत्यक्ष सम्पर्क र अत्यधिक शारीरिक गतिविधि जस्ता धेरै कारणले हिट स्टे«स उत्पन्न हुन्छ।
हिट स्टे«सका लक्षण
तीव्र तिर्खा लाग्नु र चक्कर लाग्नु, धेरै पसिना आउनु वा पसिना नआउनु, तीव्र टाउको दुख्नु, मांसपेसी दुःखाइ वा कमजोरी, वाकवाकी वा बान्ता लाग्नु, छाला रातो हुनु र तातो हुनु, बेहोशी।
हिट स्टे«सबाट कसरी बच्ने ?
घामको किरणबाट जोगिने, घरभित्रै बस्ने। बिहान १० देखि ४ बजेसम्म कडा घाम लाग्ने हुनाले छायादार स्थानमा बस्ने, पर्याप्त मात्रामा तरल पदार्थ पिउने, पानी, मही, फलफूलको जुसजस्ता तरल पदार्थ दिनभरि सेवन गर्नुपर्छ। हलुका सुतीको कपडा लगाउने, जसले पसिना सोस्छ। घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्ने, यदि सम्भव छ भने दिनको समय एसी कोठामा बिताउनुपर्छ। अत्यधिक गर्मीमा अत्यधिक व्यायाम वा अत्यधिक शारीरिक क्रियाकलाप गर्नुहुँदैन।
हिट स्टे«स भएपछि के गर्ने ? व्यक्तिलाई चीसो ठाउँमा लगेर आराम गराउनुपर्छ। खुला कपडा लगाउने, चीसो पानीले शरीर पुछ्ने, ओआरएस वा घरेलु घोल पिउनुपर्छ। एक लिटर पानीमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर सेवन गर्नुपर्छ। यदि व्यक्ति बेहोश छ भने कोल्टे पारेर सुताउने र एम्बुलेन्स बोलाउनुपर्छ। गर्मीका कारण हुने मृत्युलाई रोक्न सकिन्छ। सचेतना र सावधानी अँगालेर आफू र वरपरका मानिसलाई गर्मीको तनावबाट जोगाउन सक्छौं।