विश्वभर पानीको समस्या बिस्तारै गम्भीर बन्दै गएको छ। विगत ७५ वर्षमा भूमिगत पानीको स्तर करीब ५५ प्रतिशतले डरलाग्दोरूपमा घटेको छ।  यसले शुद्ध पिउने पानीको सङ्कट बढ्नेछ र ग्लोबल साउथको जनसङ्ख्या सबैभन्दा बढी प्रभावित हुनेछ। नेदरल्यान्ड्सको युट्रेच युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन नेचर क्लाइमेट चेन्जमा प्रकाशित भएको छ।

यसमा भनिएको छ– स्वच्छ पानीको अभाव, मानव र इकोसिस्टम दुवैका लागि ठूलो खतरा भएको छ। यसलाई बेवास्ता गर्नु ठीक होइन। अध्ययनले हाम्रो पानीको मागलाई उल्लेख्यरूपमा घटाउनुका साथै विश्वव्यापी पानीको सङ्कटलाई पार गर्न जल प्रदूषण उन्मूलनमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको उल्लेख गरेको छ। अध्ययनमार्फत अनुसन्धानकर्ताहरूले विशेषगरी विश्वभरि बढ्दो स्वच्छ पानी सङ्कटमा ध्यान केन्द्रित गरेका छन्। ग्लोबल दक्षिण देशहरूमा मुख्यतया अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन, एशिया (इजरायल, जापान, दक्षिण कोरियाबाहेक) र ओशिनिया (अस्ट्रेलिया–न्युजिल्यान्डबाहेक) समावेश छन्।

भविष्यमा समस्या बढ्दै जानेः  विश्वभर पानीको अभाव अझै बढ्ने अनुमान गरिएको छ। परिवर्तन र प्रभाव दुवै विश्वका सबै क्षेत्रमा समानरूपमा देखा पर्दैन। उदाहरणको लागि पश्चिमी युरोप र उत्तर अमेरिकामा वर्षको केही महीना मात्रै पानीको अभाव हुन्छ। यसविपरीत विकासोन्मुख देशहरूमा पानीको अभाव सामान्यतया गम्भीर हुन्छ र वर्षको अधिकांश समयसम्म रहन्छ।

पानीको गुणस्तर बिग्रन्छः भविष्यमा पानीको गुणस्तर खस्किनेछ। यो सामान्यतया द्रुत गतिमा बढ्दो जनसङ्ख्या र आर्थिक विकास, जलवायु परिवर्तन र पानीको गुणस्तर खस्किनुको कारणले हुन सक्छ। अध्ययन अनुसार सुरक्षित पानी प्रयोगका लागि पानीको गुणस्तर महत्वपूर्ण भएपनि यसमा कम ध्यान दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here