भारतको राजधानी दिल्लीलगायत देशका धेरै अस्पतालमा तापक्रम ४५ डिग्रीभन्दा माथि पुगेकोले जनजीवन कष्टकर बनेको छ । अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानिसहरू घरबाट बाहिर निस्कन छाडेका छन् भने कतिपयलाई स्वास्थ्यमा समस्या देखिएको छ । गर्मी मौसममा लू लाग्ने खतरा रहन्छ । लूकै एउटा गम्भीर रूप हो, हिट एग्जशन ।
हिट एग्जशन त्यति बेला हुन्छ, जब हाम्रो शरीरले धेरै गर्मी सोस्छ र यसलाई बाहिर निकाल्न असमर्थ हुन्छ । पसिना शरीरलाई चीसो राख्ने प्राकृतिक माध्यम हो तर अत्यधिक गर्मी र पसिनाले शरीरमा पानी र अत्यावश्यक मिनरल्सको कमी हुन्छ । यसै कारण हिट एग्जशनको कारण बन्छ ।
फोर्टिस अस्पताल, नोएडाका निर्देशक डा अजय अग्रवालले लगातार बढ्दो तापक्रम र गर्मीको मौसमलाई ध्यानमा राख्दै हिट एग्जशन (गर्मीबाट हुने थकान) पीडित बिरामीको सङ्ख्या २० देखि ३० प्रतिशतले बढेको बताए । हामीकहाँ आउने बिरामीले मांसपेशी दुख्ने, पेट दुख्ने, कमजोरी हुने, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला लाग्ने जस्ता गुनासो गर्दै आएका छन् र त्यस्ता बिरामीहरू लगातार ओपिडीमा आउने गरेका छन् ।
हिट एग्जशनका लक्ष्णः
गर्मीको कारण थकान महसूस गर्ने बिरामीहरूमा छटपटाहट, अत्यधिक कमजोरी, बेहोश हुने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी, बान्ता, पखाला, बारम्बार मांसपेशी दुख्ने गुनासाहरू गर्छन् ।
कारणः खराब शारीरिक तन्दुरुस्ती, मोटोपन, निर्जलीकरण, गम्भीर रोग, अनुकूलताको कमी र उच्च तापक्रममा कडा व्यायामको कारणले हिट एग्जशन हुन्छ ।
कसरी बच्नेः यसबाट बच्न, तपाईंले पर्याप्त मात्रामा पानी पिउनुपर्छ (प्रतिदिन लगभग दुईदेखि तीन लिटर), बाहिर जाँदा टोपी वा स्कार्पmले टाउको छोप्नुहोस् र हल्का सुती कपडा लगाउनुपर्छ । बाहिरबाट घर फर्केपछि पहिले आफूलाई सामान्य तापक्रममा ल्याउनुपर्छ । यसका लागि पङ्खा चलाएर बस्नुहोस् र त्यसपछि २० देखि ३० मिनेटपछि नुहाउनुहोस् ताकि तपाईंको शरीर पूर्णरूपमा चीसो होस् । गर्मीमा बालबालिका र वृद्धवृद्धालाई घरबाट बाहिर निस्कन दिनुहुँदैन किनभने घामको कडा किरणले गर्दा डिहाइड्रेशन हुने र गर्मी हुने सम्भावना हुन्छ ।