जनकपुरधाम, ८ जेठ/रासस

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिंदो राजनीतिक परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन्।

मङ्गलवार जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तन अनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकोले केन्द्रीय संरचना अनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए।

“प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ”–अध्यक्षले भने। फरक प्रसङ्गमा उनले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here