जलेश्वर (महोत्तरी), ८ जेठ/रासस

भङ्गाहा–जनकपुर–जयनगर रेलसेवा मङ्गलवार बिहानदेखि पुनः सञ्चालन भएको छ।

भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो। महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमवार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो।

नेपाल रेलवे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गतेसम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो। सूचनामा रेलवे सेवा पुनः साबिकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here