कलैया, २४ वैशाख/रासस

बारामा यस वर्ष १० हजार मेट्रिकटन दलहन उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र, बाराका प्रमुख राजनारायणप्रसाद साहले यस वर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी रु १० अर्ब बराबरको कुल १० हजार ३०५ मेट्रिकटन दलहन उत्पादन गरेको जानकारी दिए । उत्पादित दलहनको प्रतिक्विन्टल रु १० हजारको दरले बिक्री वितरण भइरहेको र यस वर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेको उनले बताए ।

जिल्लामा मसुरो, रहर कुल ११ हजार ४५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा   १० हजार ३०५ मेट्रिकटन उत्पादन भएको कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए ।

गत वर्ष भने ११ हजार ६५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here