जनकपुर, २४ वैशाख/रासस
धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ ।
सोमवार दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीनजनाले रु ८० लाख लुटेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्पm जाँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका–१९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको प्रनाउ अवालेले बताए ।