बारा, २१ वैशाख/रासस

चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करीब ६० प्रतिशत मात्र  रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिंचाइ व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् ।  दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेका छैनन् ।

भदैया, अगहनी धानको उत्पादकत्वभन्दा चैते धानको उत्पादन बढी हुने भएकोले चैतेधान खेतीतर्पm किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here