नेपालमा नेताहरू मात्र होइन, तिनका सन्तानहरूसमेत विभिन्न काण्डमा मुछिन थालेका छन् । पूर्वसभामुख महराका छोरा, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा, पूर्वगृहमन्त्री बादलका छोरा, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा (हाल जेलमा) आदि सबैमाथि कुनै न कुनै गम्भीर अपराधको आरोप छ । छोराले बाउको पैतृक सम्पत्तिमा हिस्सा पाउँछ तर यी छोराहरूले त पैतृक सम्पत्तिको रूपमा तस्करी, सुन तस्करी, मानव तस्करीलाई आप्mनो हिस्सा बनाएका छन् । अनि नेताजीहरूले पनि ढाल बनेर यिनलाई बचाउने, प्रोत्साहन दिने जगजाहेर छ । बेला कुबेला सत्ता र शक्तिमा छँदा वामदेव गौतमका छोरा, झलनाथका छोरा, रामचन्द्रका छोरा पनि चर्चामा रहन्थे ।

बाचुन्जेल प्रचण्डपुत्र प्रकाशको चर्चा पनि शिखरमा थियो । विगतमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीका छोराहरू र माधव नेपालका पुत्रको नाम घपलाबाजीमा छैन । मन्त्री हुँदा साहना प्रधानका पुत्र उमेश प्रधानले समेत आमाको पावर र पोजिशनको मजा लिएकै हुन् । स्व. सुभाष नेम्वाड्ढो पुत्रलाई त ओलीले उत्तराधिकारी उम्मेदवार बनाएर योग्य एमाले कार्यकर्ताहरूको उछित्तो नै काढेका छन् । शक्तिकै आधारमा जयदेव देउवा व्यापारी र नेता बनेका छन् ।

अब प्रश्न उठ्छ गणतन्त्र नेपालका नेता पुत्रहरू किन यतिबिघ्न बदनाम छन् । कसको बलमा यिनीहरू पूmटबलझैं कुद्छन् र विभिन्नखाले कुकृत्य अन्जाम दिन्छन् । पूर्व राजघरानाका ज्ञानेन्द्र पुत्र पारस शाह धुन्धकारी, उरन्ठेउलो र बदमाश भनेर बदनाम छन् । विगतमा उनले नशालु पदार्थ सेवन गर्ने, सुजाताको ज्वाइँलाई पेस्तोल देखाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने, मठमन्दिर चहार्ने आदि आरोप छ । उनी लागूऔषध सेवनकर्ताको अपराधमा थाइल्यान्डमा पक्राउ परेका थिए । उपद्रव चरित्रका पारसको यसबाहेक राष्ट्रद्रोही, भ्रष्टाचार र घूसखोरीजस्तो जघन्य अपराधको जालो छैन । जथाभावी बोलेर हिंड्ने पारसले आप्mनो भविष्य बिगारेका र घर परिवारले उनीसँग नाता तोडेको देखिन्छ । तर गणतन्त्र नेपालका महारथी पुत्रहरू कोही सुन तस्करी, कोही भूटानी नागरिक काण्ड, कोही कमिशन र घूसकाण्डका नायक नै देखिन्छन् । यस्तो कार्यमा नेताजीहरूले आप्mना पुत्रहरूको ढाल बनेर उभिएकोसमेत देखिन्छ ।

अब भन्नुस् दरबारिया सुखसयल छोडेर मादक पदार्थ सेवन गरेर जथाभावी घुमेर हिंड्ने पारस खतरनाक कि सुनतस्करी गर्ने, नागरिकताकाण्ड रच्ने नेता पुत्रहरू खलनायक । भनिन्छ चितवनको एउटा रिसोर्टमा सुजाता कोइरालाका बङ्गलादेशी छोरी–ज्वाइँ (घरज्वाइँ) रूबेल चौधरीले नेपाल र नेपालीबारे बेढङ्गी पाराले बोल्न थालेपछि तर्साउनका खातिर पारसले हावामा फायर गरेकै हो । हेर्नुस्, त्यसपछि कुलेलाम ठोकेको त्यो बङ्गाली ज्वाइँ अहिलेसम्म नेपाल आएको छैन, डराएर उतै छ ।

पारसले मनपर्दी गर्दा दरबारको मात्र मानमर्दन घटेको, शाह परिवारको लोकप्रियता घटेको छ तर दर्जनभर नेता पुत्रहरूले त देशलाई नै नङ्ग्याएको, बदनाम गराएको, अकूत सम्पत्ति कमाएको, राजस्व मारेको देखिन्छ । अब भन्नुस् को ठूलो कसूरवार र राष्ट्रको हकहित विरोधी भयो ? नेता पुत्रहरूको नाम त सुरा–सुन्दरीसँग पनि जोडिएकै हो । अस्ति एउटा गाडीमा– ‘युक्रेन ध्वस्त रूसले, नेपाल ध्वस्त घूसले’ लेखेको देख्दा मलाई गणतन्त्र नेपालका नेता–पुत्रहरूको कर्तुत सङ्क्षेपमा लेख्न मन लागेको हो । पारसमाथि तथानाम आरोप लगाएर लेख्ने पत्रकारहरू अहिले कुन दुलो पसे ? ज्ञानेन्द्र पुत्र र नेताहरूका पुत्रमध्ये को बढी राष्ट्रघाती, किन कसैले लेख्दैन, देख्दैन ?

एकचोटी महावीर पुनको सम्झनामा
होठों पे मुस्कान थी,
कन्धो पे बस्ता था,
सुकून के मामले में,
वो जमाना सस्ता था
गुलजारको यो शायरी र राष्ट्रिय अनुसन्धान केन्द्रका डा महावीर पुनको वर्तमान दर्द मलाई उस्तैउस्तै लाग्छ । अनुसन्धानमा खट्नुपर्ने वैज्ञानिकलाई वीरगंज कृषि औजार कारखाना सञ्चालनार्थ आफैंले लेखेको पुस्तक बेच्न सडकमा जान बाध्य पार्ने नकच्चराहरूलाई भकुर्न मन लाग्छ । महान् वैज्ञानिक महावीर पुनलाई उनको लगनलाई तहेदिलले स्वागत भन्न मन लाग्छ । वीरगंज कृषि औजार कारखाना झन्डै २०५० सालदेखि कालकोठरीमा परिणत गरिएको छ । कृषि औजार र महावीर पुनप्रति सरकारी बेवास्तालाई–

जो साथ रहकर भी साथ न हो
वो दूर ही रहे तो अच्छा है
भन्न मन लाग्छ ।

किताब बेच्न नगरीनगरी–द्वारेद्वारे घुमिरहेका महावीर पुनले किताब बेच्दै यस्तो नेपाली गीत बजाउँदै नाँच्दै हिंडेका छन् । गीतको बोल छ– यो देश ठूलो म त यै देशको छोरो, कम छैन मेरो देश, को भन्छ सानो, यो त संसारकै सानो, कम छैन मेरो देश ।

उनी लिखित पुस्तकको एक प्रतिको मोल ७५० हो । झन्डै ६५ हजार थान किताब नाँच्दै गाउँदै बिक्री वितरण गरेका छन् उनी कृषि औजार कारखाना वीरगंज सञ्चालनार्थ तीन लाख प्रति किताब बिक्री गर्ने लक्ष्यका साथ देश–देशाटन भ्रमणमा छन् । किताब पनि बेच्दैछु, देश पनि बुझ्दैछु भन्छन् । किताबको नाम हो– महावीर पुनको आत्मकथा । महीनौं लामो घुमन्ते, फिरन्तेझैं पुस्तक बेचेर हिंडेका उनी केही समयपछि वीरगंज झर्ने देखिन्छ । आशा गरौं विकासप्रेमी, वीरगंज कृषि औजार कारखानाप्रेमी महानगरवासीले हृदयदेखि नै स्वागत भन्ने छन् ।

सांसद, विधायक, मेयर सबै छाता
पर्सा क्षेत्र नं. १ का प्रदीप यादव, विधायक लालबाबूराउत गद्दी र महानगर वीरगंजका मेयर राजेशमान सिंह सबै छाता छाप (जसपाका) विजयी सिपाही हुन् । विगतमा छाताबाटै विजयी मेयर विजय सरावगीको प्रदीप यादवसँग अनबन भएपछि एमाले छिरे । गले में गला मिलाएर हिंड्ने प्रदीप यादव र राजेशमानबीच समेत दूरी बढेको गन्ध आउन थालेको छ । खै, मेयरहरूसँग प्रदीप यादवको याराना किन लामो टिक्दैन ? हिजो सरावगीसँग अहिले राजेशमानसँग पानी बाराबारको अवस्था छ ।

उता राजेशमानको महानगरीय अवस्था पनि शोले फिल्मको अङ्ग्रेजको जमानाका जेलर असरानीजस्तै छ । आधा इधर जाओ, आधा उधर जाओ, बाँकी मेरो पिछे आओ भनुन्जेल जेलर असरानी एक्लै भइसकेका थिए । जसपाबाट जितेका आधा वडाध्यक्षहरू प्रदीप यादवको खेमामा र आधा सङ्ख्या लालबाबू गद्दीको पछि लाग्नाले राजेशमानको अवस्था असरानीझैं एक्लो छ । जसपाका वडाध्यक्षहरू प्रदीप र लालबाबूको कित्तामा गएपछि एमाले आदि पार्टीका दलबदलु वडाध्यक्षहरूबाट मूतको न्यानो महसूस गर्न विवश छन् । हिजो सरावगीका खासहरू रस चुहिन्जेल राजेशमानलाई निचोर्दै साथ छोड्ने पक्का भए पनि विनासेनाको सेनापति बन्नुभन्दा भाडाका वडाध्यक्षहरू पछि लगाएर शान शौकत देखाउन विवश छन् ।

पूर्व मुख्यमन्त्री लालबाबूसँग प्रदीप यादवको लहलहैमा दूरी बनाउन विवश उनी पार्टीगतरूपमा घर न घाटको भएको देखिन्छ । पूर्वमुख्यमन्त्री एवं विधायक लालबाबूराउत गद्दी मात्र अहिले जसपाबाट पर्सामा कार्यकर्ताको बाक्लो सम्पर्कमा भेटिन्छन् । राजेशमानको प्रदीप यादवसँगको अहिलेको अवस्था त–जिन्दगी भी कितनी अजीब होती है, मुस्कुराओ तो लोग जलते है, उदास रहो तो सवाल करते हैं । मेयर साहेब अचेल विकासको सट्टा धार्मिक कार्यक्रमहरूमा रुचि लिइरहेको देखिन्छ । गीत नै छ–ना धरम बुरा, ना करम बुरा ना गङ्गा बुरी ना जल बुरा । मेरो तर्फबाट यिनलाई यही भन्छु– जिन्दगी भर बस, इतना लिख पाया हुँ मैं, बहुत मजबुत रिश्ते थे कुछ, कमजोर लोगों से…. ।

कहीं पे निगाहें, कहीं पे निशाना गर्नुहुँदैन । मारवाडीमा प्रचलित गीत छ गलती म्हारे से हो गई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here