• अनन्तकुमार लाल दास
शिक्षा भनेको अध्ययन र ज्ञान प्राप्ति अर्थात् विद्योपार्जन हो । शिक्षाले मानिसको रुचि, योग्यता, सामाजिक मूल्य र मान्यतालाई ध्यानमा राखी आवश्यकता अनुरूप स्वतन्त्रता प्रदान गरी उसको सर्वाङ्गीण विकास गर्दछ । शिक्षाले हाम्रो सोच्ने, समाजमा घुलमिल गर्ने र जीवन यापन गर्ने तरीकालाई परिमार्जित गर्दछ । सद्ज्ञान र विवेक शिक्षाको देन हो । नेपालको प्राचीन शिक्षा पद्धतिले हामीलाई प्रकृति र सबैको सम्पर्कमा बस्न सहयोग गर्दथ्यो । त्यसले हाम्रो परिवेश, परिस्थिति र नेपाली संस्कारलाई राम्ररी बुझ्न पनि सहयोगीको भूमिका निर्वाह गर्दथ्यो तर नेपालको आधुनिक शिक्षा प्रणालीले हामीलाई धनी बनाउँछ, अर्थात् आधुनिक शिक्षा जीविका चलाउने साधन मात्र बनेकोे छ ।
आधुनिक शिक्षामा नीति र संस्कारको नितान्त अभाव छ । आधुनिक शिक्षा प्रणाली यथार्थ र व्यावहारिक ज्ञानबाट दिन प्रतिदिन टाढिंदै गएको छ । आधुनिक शिक्षा प्रणालीले मानिसलाई एकातर्पm स्वावलम्बी बनाएको छ, त्यहीं अर्कोतर्पm यो शोषणको नीतिमा आधारित छ । विकास र प्रगतिको नाउँमा यो प्रकृतिलगायत त्यस्ता हरेक कुराको शोषण गर्दछ जसको विनाशबाट उसलाई केही प्राप्त हुन्छ । यसको एकमात्र उद्देश्य मानिसलाई गाँस र वास दिलाउनु रहेको छ । मानवीय संवेदनासँग यसको कुनै सम्बन्ध छैन, किनभने यस्तो शिक्षाप्राप्त व्यक्ति आज उच्च महŒवाकाङ्क्षाको गुलाम बनेको छ । ऊ हरेक व्यक्तिलाई आप्mनो प्रतिस्पर्धी हेर्दछ । यस कारण ऊ वन विनाश गरेर ठूल्ठूला भवन निर्माणतर्पm लागेको छ । एकातर्पm जहाँ उसले रोगहरूमाथि विजय प्राप्त गरेको छ, त्यहीं अर्कोतर्पm स्वयंलाई समस्याको कारण पनि बनाउँदै लगिरहेको छ ।
स्वास्थ्य, धन र चरित्रमा चरित्रको स्थान सर्वोपरि छ । भनिन्छ यदि धन चोरी भयो भने पुनः उपार्जन गर्न सकिन्छ, यदि स्वास्थ्य खराब भयो भने पुनः हासिल गर्न सकिन्छ तर यदि चरित्र हनन भयो भने सबैथोक समाप्त हुन्छ । चरित्र निर्माण सजिलो कार्य होइन । चरित्र निर्माणको लागि साहस र धैर्य आवश्यक हुन्छ । तर एउटा दुःखद सत्य के हो भने आजको विद्यार्थीले योग्यताको प्रमाणपत्र त प्राप्त गर्छ तर ज्ञानार्जन गर्दैन । त्यस्तामध्ये अधिकांशलाई न ठीक–बेठीकको समझ हुन्छ, न नोकरी नै प्राप्त हुन्छ । यस कारण उनीहरू कि मनको लड्डू घ्यूसँग खाना व्यस्त हुन्छन् वा धेरै निराशाको अँध्यारोमुनि बसेका हुन्छन् ।
नेपालको वर्तमान शिक्षा प्रणालीमा न चरित्र निर्माणको कुनै स्थान छ, न त्यसलाई कुनै महŒव नै दिइएको छ । नेपाली संस्कृतिमा गुरु र शिष्यबीचको सम्बन्ध पहिले धेरै मधुर र सुखद थियो । यसको एकमात्र कारण थियो, एक अर्कामाथि विश्वास । गुरुले शिष्यलाई आप्mनो छोराछोरी सरह र शिष्यले पनि गुरुलाई आमाबुवा जस्तै आदर प्रदान गर्दथे तर आज गुरु र शिष्यबीच केवल व्यापारिक सम्बन्ध रहेको छ । आजभोलि सञ्चार माध्यमहरूमा गुरु र शिष्यबीचको सम्बन्धमा यस्ता लज्जास्पद समाचारहरू पढ्न र सुन्न पाइन्छ जसले हाम्रो टाउको मात्र निहुरिन्छ । यसको एक मात्र मौलिक कारण शिक्षामा चरित्र निर्माणको कुरामा ध्यान नदिनु र विद्यार्थीमाथि शिक्षकवर्गको नैतिक प्रभाव नहुनु हो ।
विद्यार्थीको चरित्र निर्माणमा परिवारको भूमिका प्रमुख हुन्छ । यदि अभिभावक चरित्रवान छन् भने त्यसको असर सन्तानमा पनि देखा पर्दछ । परिवारको साथसाथै समाजको असर पनि व्यक्तिमाथि पर्दछ । समाजलाई दिशा निर्देश दिने राजनीतिक नेता र राजनीतिक कार्यकर्ताहरूको पनि राष्ट्रको चरित्र निर्माणमा महŒवपूर्ण भूमिका हुन्छ । ठूल्ठूला पदमा आसीन पदाधिकारीहरू स्वार्थबाट प्रेरित भई काम गरिरहेका छन् । आज हाम्रो राष्ट्रको चारित्रिक स्तर खस्केको एकमात्र कारण राजनीतिक नेता र कार्यकर्ताहरूमा नैतिकता लुप्त हुनु पनि हो । धन र सत्ता प्राप्ति राजनीतिको एकमात्र लक्ष्य बनेको छ । आजभोलि कुनै पनि नेतामाथि भरोसा गर्नु मूर्खताबाहेक केही देखिंदैन । यसबाट के प्रस्ट हुन्छ भने नेताहरूको चरित्र नै भ्रष्ट भएपछि साधारण नागरिकको चरित्र बलियो हुनु कठिन हुन्छ । भनिन्छ जस्तो नेतृत्व त्यस्तै जनता । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षरत नेपालीले जे सपना देखेको थियो त्यो दिवास्वप्नमा परिणत हुँदै गइरहेको छ । यसको एकमात्र कारण के हो भने जब परिवारको मुखिया नै भ्रष्ट छ भने परिवारका अन्य सदस्यहरूमाथि कसरी भरोसा गर्ने ?
विद्यार्थीहरूको चरित्र निर्माणका लागि शिक्षासँगसँगै रचनात्मक काममा पनि उनीहरूलाई समावेश गराउनु र व्यस्त राख्नु जरूरी हुन्छ । तर विडम्बना के छ भने पढाइबाहेक उनीहरूलाई न कुनै रचनात्मक कार्यक्रममा व्यस्त राखिन्छ, न यस प्रकारको दिशानिर्देश नै दिइन्छ । सामुदायिक विद्यालयको त कुरै न गरौं किनभने त्यो राजनीतिक कार्यकर्ताको संरक्षण गर्ने थलो भइसकेको छ । संस्थागत विद्यालयहरू जसले अतिरक्त पाठ्यक्रमको नाउँमा लाखौं असुली गर्छन् त्यहाँ पनि यसतर्पm कुनै विशेष ध्यान दिएको देखिंदैन । फलस्वरूप शिक्षोपरान्त बेरोजगार–आतङ्कबाट देश र समाज आक्रान्त हुन थाल्छ । जुन राष्ट्रको शिक्षित जनशक्ति घटिया कार्य, जस्तै–चन्दा असुली, एक अर्कालाई धम्काउने, अपहरण गर्ने, विभिन्न सङ्गठनको नाउँमा असुली गर्ने, लागू पदार्थ ओसारपसार गर्ने, जुवाताशमा रमाउने, जाँड–रक्सी सेवन गर्ने, दहेज लिने–दिने, यौन अपराधमा संलग्न हुने, गुण्डागर्दी गर्ने जस्ता कार्यमा संलग्न हुन्छन् वा आप्mनो राष्ट्र छाडेर अर्को राष्ट्रमा पलायन हुन बाध्य हुन्छन् वा निरन्तर हीनताबोधबाट पीडित भइरहन्छन् त्यस राष्ट्रलाई कसरी उन्नति र प्रगतिपथमा अग्रसर गराउन सकिन्छ ?
चरित्र -हासका लागि मूलतः देशको राजनीतिक नेताहरू नै जिम्मेवार छन् किनभने चरित्र -हाससँगसँगै कैयौं समस्याहरू जोडिएका छन् । जसै–जसै राष्ट्रिय चरित्रमा -हास आएको छ, त्यही गतिमा सामाजिक अपराधमा वृद्धि भएको छ । चरित्र -हास र अपराधबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । अपराधीहरू पैसाको बलमा न्यायालयबाट छुटेका छन् । प्रहरी प्रशासनलाई पैसा खुवाएर अपराधीहरू उम्केका अनेकौं समाचार सञ्चार माध्यमबाट प्रकाशित भएका छन् । अपराधी उम्कनुको मूल कारण हो भ्रष्टाचार र शासनको मेचमा बसेका भ्रष्ट पदाधिकारीहरू । भ्रष्टाचारको कारण नै दिन प्रतिदिन अपराधमा वृद्धि भइरहेको छ । महिलाहरूको सम्मान गर्ने ठाउँमा उनीहरूको शोषण भइरहेको छ । न्याय नपाउनाले कानूनसँग खेलबाड गर्न थालेका छन् । यसरी दिन प्रतिदिन अराजकता वृद्धि हुँदै गइरहेको छ । यस्ता एउटा हैन, अनेकन समस्याहरू चरित्र ¥हाससँगसँगै उत्पन्न हुँदै गएका छन् ।
नेपाली संस्कृति र परम्परामाथि गर्व गर्ने नेपालमा दिन प्रतिदिन सांस्कृतिक प्रदूषण बढ्दै गएको छ । यसको एकमात्र कारण आँखा चिम्लेर पश्चिमी संस्कृति र परम्पराको नक्कल गर्नु त हो नै यसो हुनुको मूल कारण नेपाल सुहाउँदो सही शिक्षाको अभाव हुनु पनि हो । शिक्षामा दिन प्रतिदिन स्वार्थवश बढ्दै गएको राजनीतिक हस्तक्षेपले गर्दा विद्यार्थीहरूको अन्धकारमय भविष्यलाई यदि समयमै सपार्न सकिएन भने आउँदा दिनहरू झन् डरलाग्दो हुनेछ ।
चरित्रको अभावमा कुनै पनि राष्ट्रको सम्यक विकास हुन सक्दैन । कुनै पनि राष्ट्रको चरित्र भन्नाले त्यस राष्ट्रको नागरिकहरूको चरित्रलाई जनाउँछ । चरित्रवान नागरिक यदि विवेकयुक्त हुन्छ भने साहित्य र विज्ञानको क्षेत्रमा केही कार्य गर्न सक्छ । आज कार्यालयमा कोही काम गर्न रुचाउँदैनन् । सबैको ध्यान काम भन्दा बढी तलबमाथि केन्द्रित रहन्छ । परिस्थितिजन्य कारणले गर्दा दिन प्रतिदिन आम मानिसको नैतिकता पनि -हास आउँदै गएको छ ।
आज सामूहिक अनुशासन, निष्ठा र इमानदारिताको खाँचो छ । आज एक अर्काबीच समझदारी र सम्मानको खाँचो छ । चरित्र निर्माणको आवश्यकता ज्ञानको खोजी गर्न, स्वतन्त्रतालाई राम्ररी बुझ्न, समस्याको हल आपैm खोजी गर्न र आप्mनो ध्यान रचनात्मकता र परिश्रममाथि केन्द्रित गर्नका लागि पनि आवश्यक हुन्छ । यो यस कारणले भनिएको हो किनभने चरित्र–शिक्षाले विद्यार्थीहरूमा सकारात्मक चारित्रिक गुण, जस्तै–सामाजिक र भावनात्मक शिक्षाको प्रवाह, जीवन कौशल शिक्षा, हिंसाको रोकथाम, इमानदारिताको विकास गर्दछ । वर्तमान युग व्यवस्थापनको युग हो । यदि हामीले चरित्र शिक्षाको व्यवस्थापन आधुनिक शिक्षामा गर्न सक्यौं भने भविष्यमा गर्व गर्ने कल्पना साकार हुन सक्छ किनभने लोकतन्त्रको प्राप्तिका लागि बलिदान दिने ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न र समावेशी लोकतन्त्रको रक्षाका लागि पनि उच्च चरित्र आवश्यक पर्दछ । आर्थिक र सामाजिक विकासका लागि पनि इमानदार चरित्र आवश्यक हुन्छ । मानव अधिकारको सम्मान, पीडित, उत्पीडित, उपेक्षित, दलितको उत्थानका लागि पनि सच्चरित्रता आवश्यक हुन्छ ।
यस प्रकारको चरित्र निर्माणका लागि सद्शिक्षा चाहिन्छ । यसको अभावमा राम्रो चरित्रको कल्पना गर्नु निरर्थक हुन्छ । आज राम्रो शिक्षा व्यवस्थाको खाँचो छ, विद्यार्थी र शिक्षकबीच राम्रो सम्बन्धको खाँचो छ, आज अभिभावक र विद्यालयबीचको खाल्डो पुर्ने खाँचो छ, । आज हामी सबैलाई नयाँ नेपाल निर्माणको कल्पना साकार पार्न जागरुक नागरिक बन्न आवश्यक छ । हामी सबैलाई चरित्रको महŒव थाहा छ । हामी चरित्रवान व्यक्तिको कदर गर्छौं, तर आवश्यकता छ स्वयंले गर्ने गल्ती परित्याग गरी सच्चरित्रता अङ्गीकार गर्नु ।