वीरगंजमा तीनजना चिनियाँ नागरिक सामाजिक सञ्जाल र टेलिफोनबाट ठगी गरेको कसूरमा पक्राउ परेका छन् । सामाजिक सञ्जाल र टेलिफोनको माध्यमबाट देश झर विदेशमा कल गरेर चिठा, पुरस्कार प्राप्त गरेको सूचना दिने र उनीहरूबाट रकम ठगी गर्ने कार्य नयाँ होइन । लामो समयदेखि यो काम हुँदै आएको छ तर पनि मानिसहरू ठगिने क्रम रोकिएको भने छैन । यसो हुनुको कारण मानिसमा लोभी प्रवृत्ति हाबी झरहनु हो । कसैले भन्दैमा चिठा पर्ने, पुरस्कारको भागी हुने होइन । त्यसका लागि सोअनुरूपको कर्म पनि गरेको हुनुपर्छ भन्ने सामान्य कुरालाई पनि मानिसहरूले नजरअन्दाज गर्दा यस प्रकारको ठगीको शिकार हुने गरेको पाइएको छ । सनमाजिक सञ्जाल म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका एपहरूमा तपाईंले यति झराशिको पुरस्कार जित्नुभएको छ भनेर सूचित गरिन्छ । मानिसहरू भने सो कार्य आफूले गरे नगरेको भेउ पाउँदैनन् । लाख, करोडको पुरस्कार कसैले सित्तैमा दिंदैन भन्ने कुरालाई बिर्सेर पुरस्कार राशिको चक्करमा मानिसहरू फस्न पुग्छन् । पुरस्कार परेको भनेर जानकारी दिनेले सोबापतको पुरस्कारको लागि निश्चित रकम बैंकमार्फत बुझाउन भन्छ र मानिसहरू गुपचुप त्यो रकम बैंकमा जम्मा गरेर पुरस्कार राशिको प्रतीक्षा गर्छन् । भनिएको समयमा पुरस्कार राशि नपाएपछि मात्र उनीहरूले आफू ठगिएको बुझ्छन् अनि प्रहरीलाई सूचित गर्छन् ।

यो क्रम नेपालमा लामो समयदेखि चलिआएको छ । प्रहरीले यस प्रकारको ठगीविरुद्ध नागरिकलाई सचेत पार्दै आएको पनि छ । यसका अतिरिक्त सरकारका विभिन्न निकायहरूले नागरिकलाई यस प्रकारको ठगी कार्यमा संलग्न नहुन सूचनामार्फत पनि सचेत गराउँदै आएको छ । नागरिकहरूलाई सचेत पार्ने जतिसुकै काम गरिए पनि मानिसहरू ठगिने क्रम रोकिएको छैन । म कुनै पुरस्कार योग्य कार्यक्रममा सहभागी छैन, कुनै चिठा खरीद पनि गरेको छैन, पुरस्कृत हुने कुनै काम पनि गरेको छैन अनि मलाई कसरी पुरस्कार प्राप्त भयो त भन्ने सामान्य कुरा मात्र बुझिदिने हो भने यस प्रकारको ठगी कार्यबाट जोगिन सकिनेछ । कसैले यस प्रकारको पुरस्कार पाएको सूचना दिंदा आफूले नजानेको खण्डमा टोल, समाजका मानिसहरूसँग सोध्ने, बुझ्ने अनि यस प्रकारको काममा सहभागिता जनाउने, नजनाउनेबारेमा स्वविवेक प्रयोग गर्दा जोखिम कम हुन जान्छ । तर आफूलाई पुरस्कार प्राप्त हुने खुशीमा बिरालो शैलीमा दिसा लुकाउने कार्य गरिंदा नागरिकहरू एकपछि अर्काेगरी यो ठगीको जञ्जालमा पर्दै आएका छन् ।

बिरालोले दिसा गर्दा उसले त्यो दिसालाई माटोले लुकाउने गर्छ । यसो गर्नुको कारण दिसा गन्हाएर वातावरण दूषित पार्छ भन्ने असल सोच होइन । आफूले जथाभावी दिसा गर्दिनँ भन्ने जताउनका लागि मात्र हो । अहिले हाम्रो समाजमा यस प्रकारका बिरालाहरू पनि छन् भन्ने कुरा यसरी हुँदै गरेको ठगीकाण्डहरूले उजागर गरेको छ । तसर्थ यस प्रकारका गतिविधि आफूले पनि नगर्ने र अरूबाट पनि हुन नदिनका लागि समाजलाई सचेत पार्न जरुरी छ । प्रहरी र सरकारले मात्र सचेतना फैलन सकेको छैन । अहिले स्थानीय तहहरूले पनि यस प्रकारका सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । पालिकाहरूले आफ्नो क्षेत्रका जनतालाई यस प्रकारका ठगीबारेमा सचेत गराउने हो भने आगामी दिनमा ठगिने क्रम कम हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here