वित्तीय साक्षरतासम्बन्धी गोष्ठी
नरेश यादव, पर्सागढी ४ चैत/ पर्सागढी नगरपालिका–३ बडनिहारस्थित आशा लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ। नगरप्रमुख गोकर्ण पाठकले कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाबाट ऋण लिएर सदुपयोग गर्न सुझाव दिए । उनले ऋण लिएर व्यापार गर्दै बचत गर्न आग्रह गरे। लक्ष्मीकुमारी कोइरालाको अध्यक्षतामा भएका कार्यक्रममा अनुगमन अधिकृत उत्तमकुमार कार्की, जनता […]
छात्राहरूको फोटो खिचेर अश्लील फोटो बनाउने युवक पक्राउ
सुग्रीव साह, भिस्वा, ४ चैत/ इलाका प्रहरी कार्यालय, पोखरियाले अश्लील तस्वीर, भिडियो बनाउने एकजना युवकलाई पक्राउ गरेको छ । छिपहरमाई गाउँपालिका–५ बस्ने शाहजाद अहमदलाई प्रहरीले अश्लील भिडियो, तस्वीर बनाएको आरोपमा पक्राउ गरेको हो । उनीबाट आठ सयभन्दा बढी अश्लील तस्वीर, भिडियो बरामद भएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्ष्Fक मोहनविक्रम केसीले बताए । शाहजाद अहमदले […]
माथि सक्कली नोट र भित्र कागजको गड्डीसहित दुईजना पक्राउ
प्रस, सिम्रौनगढ, ४ चैत/ सिम्रौनगढ नगरपालिका–४ गङ्गानगरस्थित गण्डक नहरखण्डबाट प्रहरीले खोटा मुद्रासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, मोतिहारी ग्राम हरनरायणा–१० निवासी ३९ वर्षीय राजेश दास र अगरवा–४ निवासी ४३ वर्षीय रामप्रवेश दास रहेका छन् । गस्तीमा रहेको अमृतगंज प्रहरी टोलीले बस चेकजाँच गर्दा दुवैजनाले बोकेका झोलामा माथिबाट रु एक हजारको नोट रहेको […]
कपडा बरामद
प्रस, सिम्रौनगढ, ४ चैत/ भारतबाट नेपाल भिœयाउने क्रममा बेलदारी प्रहरीले ७० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ । पचरौता नपा–२ पिपरपातीबाट ललचनहा जाने सडकखण्डमा प्रहरीलाई देखेपछि तस्कर कपडा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
एक महीने सिलाइकटाइ तालीम समापन
प्रस, पोखरिया, ४ चैत/ रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रालिको आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया–९ सेमरवारीमा सञ्चालित एक महीने सिलाइकटाइ तालीम आइतवार सम्पन्न भएको छ । पोखरिया नगरपालिका वडा नं ३, ६, ७, ८, ९, १० का महिलाहरूका लागि सञ्चालन गरिएको तालीममा सहभागी महिलाले सिलाइकटाइ सीप सिकेका छन् । महिलाहरूले सिकेको सीपलाई जीवनोपयोगी बनाउँदै आर्थिक […]
स्वास्थ्यकर्मीको निधन
प्रस, पोखरिया, ४ चैत/ पकाहामैनपुर गाउँपालिकाका स्वास्थ्यकर्मी अशोककुमार सिन्हाको मस्तिष्कघातबाट शनिवार राति निधन भएको छ । उच्च रक्तचापको कारण चार दिनअघि उनलाई मस्तिष्कघात भएको र एसएल न्यूरो अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । पकाहामैनपुर गापा–४ लहावरथकरी निवासी ३८ वर्षीय स्वास्थ्यकर्मी सिन्हाको निधनमा आज पकाहामैनपुर गापामा शोक बिदा दिइएको छ ।
परवानीपुर गोल्डकपः टाइबे्रकरमा हेटौंडा विजयी
प्रस, वीरगंज, ४ चैत/ तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न दोस्रो दिनको खेलमा हेटौंडा फूटबल एकेडेमी मकवानपुर विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई टाइबे्रकरमा दुईका विरुद्ध चार गोलअन्तरले पराजित गर्दै हेटौंडा विजयी भएको हो । परवानीपुर खेलमैदानमा पहिलो हाफको १९औं मिनेटमा चिडियादहले पहिलो गोल […]
घरेलु मदिरा र वैधानिकता
घरेलु मदिरालाई वैधानिक मान्यता दिलाउन यसअघिका उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री रमेश रिजालले प्रयास गरेका थिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्री, सचिव, अर्थमन्त्री, कानूनमन्त्रीसमेतको सहभागितामा घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रीका लागि आवश्यक गृहकार्य गरे पनि अहिले उनी पदमुक्त भएका छन् । घरेलु मदिरालाई वैधानिकता प्रदान गर्ने कुरामा नेपालमा अदृश्य शक्ति सक्रिय छ । किनभने नेपालमा अहिले […]