प्रस, पोखरिया, ४ चैत/
पकाहामैनपुर गाउँपालिकाका स्वास्थ्यकर्मी अशोककुमार सिन्हाको मस्तिष्कघातबाट शनिवार राति निधन भएको छ ।

उच्च रक्तचापको कारण चार दिनअघि उनलाई मस्तिष्कघात भएको र एसएल न्यूरो अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । पकाहामैनपुर गापा–४ लहावरथकरी निवासी ३८ वर्षीय स्वास्थ्यकर्मी सिन्हाको निधनमा आज पकाहामैनपुर गापामा शोक बिदा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here