बाघ नियन्त्रणका लागि हात्तीको सहयोग, बाघ देखा परेन

प्रमोद यादव, पंचगावाँ, २६ फागुन/ सखुवाप्रसौनी गाउँपालिका–२ मा हिजोदेखि बाघ नियन्त्रणमा लिने अभियान सफल हुन सकेको छैन । हिजो शुक्रवार दिनभरि बाघका कारण सखुवाप्रसौनी–२ आतङ्कित बनेको थियो । सो वडाका एकजना किसान बिहान उखु काट्न खेतमा गएका बेला दुईवटा बाघलाई देखेका थिए । उनको सूचनापछि प्रहरी र स्थानीयहरू भेला भएर एउटा बाघलाई उखुखेतबाट जङ्गलतर्फ भगाए […]

तीन सय पशुलाई खोरेतविरुद्धको खोप

प्रस, पोखरिया, २६ फागुन/ पोखरिया नगरपालिका–१ का पशुहरूलाई शनिवार एफएमडी (खोरेत) खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साको आयोजना र पोखरिया नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा वडा नं १ मा गाई, भैंसी, बाछा, बाछी, पाडा, पाडीलाई आज खोरेतविरुद्धको निश्शुल्क खोप लगाइएको हो । पोखरिया नगरपालिका पशु सेवा शाखा प्रमुख […]

पाँच महिलासहित ११५ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २६ फागुन/ पर्सा र बारा गरी शनिवार तीन स्थानमा भएका रक्तदान कार्यक्रममा पाँचजना महिलासहित ११५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीमा साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ५२ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष साहले बताए । […]

जिएचपीमा विज्ञान प्रदर्शनी

प्रस, वीरगंज, २६ फागुन/ जिएचपी स्कूल, वीरगंजमा शनिवार कला तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयका निर्देशक ज्याक सिंहले कला तथा विज्ञान प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा कक्षा १–९ सम्मका विद्यार्थीहरूले आआफ्नो कला र सीप प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले एक वर्षमा सिकेका कला र विज्ञानसम्बन्धी परियोजनाहरू प्रदर्शनीमार्फत सार्वजनिक गरेका थिए । उनीहरूले […]

घरबासलाई तोरी पिस्ने मिल हस्तान्तरण

माधव तिमिल्सिना, ठोरी, २६ फागुन/ मधेस प्रदेशकै पहिलो घरबास (होम स्टे)का रूपमा परिचित सुनाखरी सामुदायिक घरबासलाई शनिवार तोरी पिस्ने मिल हस्तान्तरण गरिएको छ । शनिवार सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले घरबास व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेल एवं सचिव बलराम कर्मोचालाई संयुक्तरूपमा तोरी पिस्ने मिल हस्तान्तरण गरेका हुन् । घरबार प्रवद्र्धनका लागि सुनाखरी उपभोक्ता समितिद्वारा […]

अटो मेकानिक्सको अधिवेशन सम्पन्न

प्रस, वीरगंज, २६ फागुन/ जिफन्ट आबद्ध नेपाल अटो मेकानिक्स ट्रेड युनियन, जीतपुरसिमरा उपमहानगरपालिका, बाराको प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेलले अधिवेशनको उद्घाटन गरेका थिए । सोहेल अन्सारीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल अटोमेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदीप घिमिरे, उपाध्यक्ष नारायण पुरी, मधेस अध्यक्ष हरि न्यौपाने, जिफन्ट […]

सानो पाइलाद्वारा महिला उद्यमशीलता परियोजना सुरुआत

प्रस, वीरगंज, २६ फागुन/ गैरसरकारी संस्था सानो पाइलाले महिलालाई उद्यमी बनाउने उद्देश्यले परियोजनाको घोषणासभा गरेको छ । शनिवार ‘स्कूल अफ विमेन्स इन्टरप्रेनियरशिप’ परियोजनाको घोषणा गरेको हो । कार्यक्रममा पूर्वमन्त्री रमेश रिजालले सशक्त समुदाय निर्माणका लागि सानो पाइलाले इँटा थप्ने कार्य गरेको बताए । परियोजना अन्तर्गत एकल, विपन्न तथा हिंसामा परेका महिलाहरूलाई सीप सिकाएर स्वरोजगार बनाउने […]

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता

प्रस, वीरगंज, २६ फागुन/ वीरगंज महानगरपालिका–१० वडा कार्यालयको सहयोग तथा घडीअर्वा स्पोट्र्सको आयोजनामा शनिवारदेखि दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता–२०८० शुरू भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले खेल क्षेत्रको विकासका लागि सरकारको सहयोग अपर्याप्त रहेको बताए । उनले खेल क्षेत्रमा पर्याप्त लगानीविना अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीबाट आशा राख्नु मूर्खता […]

महानगरस्तरिय राष्ट्रपति शिल्ड प्रतियोगिता

प्रस, वीरगंज, २६ फागुन/ वीरगंज महानगरस्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता शनिवारदेखि शुरू भएको छ । वीरगंज महानगर र जिल्ला एथलेटिक्स सङ्घ पर्साको संयुक्त प्रायोजन तथा युवा तथा खेलकूद मन्त्रालय, खेलकूद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेश, राष्ट्रिय खेलकूद परिषद्को संयुक्त आयोजनामा नारायणी रङ्गशालामा आयोजित महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन पर्सा एथलेटिक्स सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर कुर्मी […]