प्रस, वीरगंज, २६ फागुन/
गैरसरकारी संस्था सानो पाइलाले महिलालाई उद्यमी बनाउने उद्देश्यले परियोजनाको घोषणासभा गरेको छ । शनिवार ‘स्कूल अफ विमेन्स इन्टरप्रेनियरशिप’ परियोजनाको घोषणा गरेको हो ।

कार्यक्रममा पूर्वमन्त्री रमेश रिजालले सशक्त समुदाय निर्माणका लागि सानो पाइलाले इँटा थप्ने कार्य गरेको बताए । परियोजना अन्तर्गत एकल, विपन्न तथा हिंसामा परेका महिलाहरूलाई सीप सिकाएर स्वरोजगार बनाउने सानो पाइलाको प्रयासको उनले सराहना गर्दै यस्ता सकारात्मक कार्यलाई समाजले बढावा दिनुपर्ने बताए ।

पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसियाले महिला सशक्तीकरणको आवाज बुलन्द भइरहेको बेला महिलाहरूले सीप सिकेर सार्थकता प्रदान गर्नुपर्ने बताए । महिलाहरू आत्मनिर्भर भएमा मात्र उनीहरूमा आत्मविश्वास वृद्धि हुने र सोको लागि सीप अनिवार्य भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्य मनीष झाले समुदायस्तरमा हुने धेरैजसो तालीम कार्यक्रम कमिशन खान र बजेट सिद्धयाउने उद्देश्यले हुने गरेकोमा सानो पाइलाद्वारा सञ्चालित परियोजना फलदायी हुने विश्वास व्यक्त गरे । उनले सानो पाइलाले तालीम दिनुका अलावा स्रोतको व्यवस्थापन र स्वरोजगार बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल रूँगटा, मधेस प्रदेशसभा सदस्य श्याम पटेल, जि टु एशियाका नेपाल प्रतिनिधि सुरेश तामाङ, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेशलाल चौधरीलगायतले महिला उद्यमशीलता र स्वरोजगारका बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले परियोजना सम्बन्धमा जानकारी दिएका थिए । सानो पाइलाका सञ्चार अधिकृत विवेक कर्णले संस्थाले सञ्चालन गरेका गतिविधि र परियोजनाको उद्देश्य र उपलब्धिका बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

सञ्चार अधिकृत कर्णले परियोजना अन्र्तगत पर्साको पटेर्वासुगौली गाउँपालिकामा तीन महीनासम्म आवासीय हस्तकला सामग्री उत्पादनसम्बन्धी तालीम दिइने र ललितपुरमा कास्य परियोजना अन्तर्गत गरगहना बनाउने तालीम सञ्चालन हुने बताए ।

कास्य परियोजनाकी वरिष्ठ कलाकार मीना नेपालले साङ्केतिक भाषामा अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने अर्चना कर्ण दोभाषे थिइन् । कार्यक्रमको सहजीकरण सूर्यनारायण विकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here