प्रस, वीरगंज, २६ फागुन/
पर्सा र बारा गरी शनिवार तीन स्थानमा भएका रक्तदान कार्यक्रममा पाँचजना महिलासहित ११५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीमा साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ५२ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष साहले बताए । कार्यक्रममा प्रदीप कुशवाहा, सन्तोष पटेल, रिनिता कुशवाहा, रामविनय यादव, उषा देवी र अन्तिमा देवीलगायतले रक्तदान गरेका प्राविधिक साहले बताए ।

यसैगरी, वीरगंज महानगरपालिका–१८ इनर्वा भवानीपुरमा राउन्ड टेबल नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक धीरेन्द्र झाले बताए । कार्यक्रममा महावीर यादव, मिथुन महतो, सन्तोष कुर्मी, अजय ठाकुर लोहार, सन्दीप पटेल, शर्मा पटेल, वीरेन्द्र साह, दिलीप रामलगायतले रक्तदान गरेका थिए ।

यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ३१ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताए । कार्यक्रममा शिवजी प्रसाद, स्मृति बर्मा, राकेश चौधरी, राज गुप्ता, सत्यमान लामा, प्रकाश साहलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here