प्रस, पोखरिया, २६ फागुन/
पोखरिया नगरपालिका–१ का पशुहरूलाई शनिवार एफएमडी (खोरेत) खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साको आयोजना र पोखरिया नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा वडा नं १ मा गाई, भैंसी, बाछा, बाछी, पाडा, पाडीलाई आज खोरेतविरुद्धको निश्शुल्क खोप लगाइएको हो ।
पोखरिया नगरपालिका पशु सेवा शाखा प्रमुख कौशलकुमार झाले तीन सयवटा पशुमा निश्शुल्क खोप लगाइएको बताए । उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा प्रदेश कार्यालयबाट एक हजार थान पशुमा लगाउने खोरेत रोगविरुद्धको खोप प्राप्त भएको र सोही अनुसार फागुन १८ गतेदेखि वडास्तरमा पशुहरूलाई खोरेतविरुद्धको खोप लगाउँदै आएको बताए ।