प्रस, वीरगंज, २६ फागुन/
वीरगंज महानगरस्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता शनिवारदेखि शुरू भएको छ ।

वीरगंज महानगर र जिल्ला एथलेटिक्स सङ्घ पर्साको संयुक्त प्रायोजन तथा युवा तथा खेलकूद मन्त्रालय, खेलकूद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेश, राष्ट्रिय खेलकूद परिषद्को संयुक्त आयोजनामा नारायणी रङ्गशालामा आयोजित महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन पर्सा एथलेटिक्स सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर कुर्मी क्षत्रीले गरेका थिए ।

आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्डो, कराँते र कबड्डी खेल हुने मुख्य निर्णायक विश्वेश्वर पटेलले बताए । आज सम्पन्न १५ सय, चार सय र एक सय मिटरको दौड प्रतियोगितामा पुरुषतर्फ क्रमशः रोहित गुप्ता–रोशन रायभर, दीपक सहनी–दीपेश चौरसिया, धुरूप यादव–गजेन्द्र राम क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरी, १५ सय मिटर दौडमा महिलातर्फ कुलसुम खातुन र कृति यादव प्रथम र द्वितीय भएका थिए । लङजम्पतर्फ पुरुषमा दीपक सहनी प्रथम र अविनाश साह द्वितीय भए भने महिलातर्फ कृति सहनी र रानी खातुन क्रमशः प्रथम र द्वितीय भए ।

एथलेटिक्स, भलिबल, तेक्वान्डो, कराँते र कबड्डी प्रतियोगिताका विजयीहरूलाई यही फागुन २८–३० गते हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने मुख्य निर्णायक पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here