• विशवराज अधिकारी
नेपालको अर्थतन्त्रको गति सुस्त पार्ने मात्र होइन, नेपालको अर्थतन्त्रलाई विपरीत दिशामा गमन गराउनेहरू को को हुन् भनी उनीहरूतिर औंला तेस्र्याउन र उनीहरूको कारणले गर्दा नै नेपालको अर्थतन्त्र अति समस्याग्रस्त भएको हो भनी बुझ्न, सुनिश्चित हुन् अब हामीले ढिलो गर्नुहुँदैन । यी व्यक्ति र यी राजनीतिक दलहरूको कारणले गर्दा नेपालको अर्थतन्त्र दिन प्रतिदिन धराशायी हुँदै गएको हो भन्ने तथ्य हामीले आउने पीढीलाई पनि सुनाउनुपर्छ । ती व्यक्ति तथा राजनीतिक दलहरूको सत्तालोलुप प्रवृत्ति र स्वार्थी सोचबाट उत्पन्न विकृतिहरूको अब हामीले अभिलेखीकरण पनि गर्नुपर्छ । यस्तो भयो भने आउने पीढी सजग हुनेछ । आउने पीढी सत्ता र शक्ति केन्द्रित होइन, विकास केन्द्रित हुनेछ ।
भो ! अब अति नै भो ! अब त खप्न पनि कठिन भयो ।
नेपाली जनता थाकिसक्यो । केही व्यक्ति र राजनीतिक दलहरूको कारणले गर्दा नेपालको अर्थतन्त्र सुस्त त भएको नै छ, सत्ता र स्वार्थको लगि कहिले यो पार्टीसँग मिलेर सरकार बनाउने तथा कहिले त्यो पार्टीसँग मिलेर सरकार बनाउने, सत्ता र शक्तिमा रहन जस्तो पनि कुकर्म गर्ने जस्ता कार्य देखेर नेपाली युवामा चरम निराशा उत्पन्न भएको छ । यी व्यक्ति र राजनीतिक दलका कुकृत्यबाट उत्पन्न भएको चरम निराशाले गर्दा युवाहरू अहिले ठूलो सङ्ख्यामा विदेशतिर रोजगारको लागि पलायन भइरहेका छन् । यस किसिमबाट हेर्दा यी राजनीतिक दल र यिनका नेताहरूले देशको अर्थतन्त्र मात्र बर्बाद पारेका छैनन्, युवाहरूको मनोविज्ञान पनि बर्बाद पारेका छन् । यिनीहरूले युवाहरूको मनोविज्ञान बर्बाद पारिदिएकोले र बर्बाद भएको आप्mनो मनोविज्ञानको आँखाले हेर्दा, युवाहरूले नेपालमा भविष्य सुरक्षित देखिरहेका छैनन् । विदेश जानुपर्छ भन्ने उद्देश्य मात्र अहिले नेपाली युवाहरूको मष्तिष्कमा घुमिरहेको छ । सम्पूर्ण युवाहरू विदेश गए नेपालको विकास कसले गर्ने ?
भत्केको अर्थतन्त्रको मरम्मत गर्न सकिन्छ, त्यसलाई राम्रो पनि पार्न सकिन्छ, तर भत्केको मनोविज्ञानको मरम्मत ज्यादै कठिन हुन्छ । मरम्मत नहुन पनि सक्छ । यो गम्भीर विषयलाई हामीले गम्भीर भएर बुझ्न आवश्यक छ । हाम्रा युवाको मनोविज्ञान अहिले भत्केको छ ।
नेपालको अर्थतन्त्रलाई खाल्टोमा पु-याउने र युवामा चरम निराशा उत्पन्न गराउने कार्य अहिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता सत्ता र शक्तिलोलुप राजनीतिक दलहरूले गरिरहेका छन् । र यो पङ्Íिमा अब रास्वपा पनि जोडिन पुगेको छ । यी दलहरूले गर्दा नेपाली राजनीतिले स्थिर सरकार पाउन सकिरहेको छैन । देशमा अनिश्चितता व्याप्त छ । जसरी पनि सरकारमा हुनुपर्छ भन्ने यी राजनीतिक दलहरूको मनोविज्ञानले गर्दा देशले दरिद्रताबाट मुक्ति पाउन सकिरहेको छैन ।
सरकार स्थिर हुन नसकेको र छिटो छिटो (सानो अवधिमा) सरकार परिवर्तन हुने स्थितिले गर्दा देशमा असल योजना निर्माण हुन सकिरहेको छैन । भएका योजनाहरूको कार्यान्वयन समयमा र प्रभावी किसिमले हुन सकिरहेको छैन । कर्मचारीतन्त्रमा अभूतपूर्व किसिमले जवाफदेहीपनको अभाव देखिएको छ । राजनीतिक अस्थिरताको फाइदा कर्मचारीतन्त्रले उठाइरहेको छ । भ्रष्टाचार बढेको छ ।
कुनै पनि योजना, छोटोभन्दा छोटो अवधिको भए पनि, सम्पन्न हुन एक वर्ष लाग्छ । जसले योजना निमार्ण गरेको हुन्छ उसले त्यो योजना सम्पन्न गर्न एक वर्षको अवधि खोज्छ । उसले त्यो योजना सम्पन्नताको जिम्मेवारी लिन्छ । साथै त्यो योजना सफल भएमा त्यसको यश पाउने इच्छा पनि राख्छ ।
छोटो अवधिको योजना सम्पन्न हुन त एक वर्ष लाग्छ भने मध्यम र लामो अवधिको योजना सम्पन्न हुन क्रमशः पाँचदेखि दस वर्षसम्म लाग्न सक्छ । नेपालमा कतिपय सरकार एक वर्षसम्म पनि टिक्न सकेको छैन । नेपाली क्राङ्ग्रेसको समर्थनमा बनेको वर्तमान पुष्पकमल दहाल नेतृत्वको सरकार नेपाली काङ्ग्रेसले सो समर्थन फिर्ता लिएपछि, पुष्पकमल दहाल नेतृत्वको सरकार भङ्ग भए सरहको स्थितिमा पुगेको छ । प्रवाधिकरूपमा पुष्पकमल दहाल नेतृत्वको सरकार भए तापनि अब निमार्ण हुने सरकार एमाले समर्थित सरकार हुनेछ । हालै विकसित यो राजनीति परिस्थितिको मूल्याङ्कन गर्दा पुष्पकमल दहाल नेतृत्वको सरकार विघटन भएको हो । काङ्ग्रेसको समर्थनमा बनेको दहाल नेतृत्वको सरकारले दुई वर्षे अवधि पनि पूरा गर्न सकेन । एमालेको समर्थनाम अब बन्ने दहाल नेतृत्वको सरकार पनि एक वर्ष सम्म टिक्न सक्ने छैन । यसरी छिटोछिटो सरकार परिवर्तन भएपछि कसरी हुन्छ योजनाहरूको कार्यान्वयन ? कसरी हुन्छ देशको आर्थिक विकास ?
अब नेताहरूको सत्तालोलुप प्रवृत्ति, स्वार्थी व्यवहार र उनीहरूको अहम्ले गर्दा नेपाल आर्थिक विकासको पथमा दौडिन सकिरहेको छैन भन्नेबारे केही चर्चा गरौं ।
पुष्पकमल दहाल, नारायणकाजी श्रेष्ठ, शेरवहादुर देउवा, माधव नेपाल, केपी ओली, उपेन्द्र यादव, महन्थ ठाकुर, झलनाथ खनालजस्ता नेताहरूको व्यवहारले गर्दा नेपालमा आर्थिक विकास हुन सकिरहेको छैन । कसरी ? यो प्रश्नको उत्तर सजिलो छ । यी नेताहरू आप्mनो स्वार्थको लागि तुरन्त मिल्छन् तर देशको आर्थिक विकासका लागि मिल्दैनन् । नेपालको आर्थिक विकासको लागि यिनीहरूबीच सहमति आवश्यक छ भने पनि यिनीहरू मिल्दैनन् । कलह गर्छन् ।
माथि भनिएका तथ्यहरूको उदाहरण हेरौं– एमालेबाट रुष्ट भएर बाहिर गएका र एकीकृत समाजवादी नामक राजनीतिक दल निर्माण गरी त्यसको अध्यक्षसमेत बनेका माधवकुमार नेपाल, अहिले यो नयाँ परिस्थितिमा, एमालेको समर्थन र पुष्पकमल दहालको नेतृत्वमा निर्माण हुने सरकारमा जान तयार भएका छन् । समचारहरूले त्यस्तै भनिरहेको छ । केपी ओलीसँग कुरा नमिलेर शेरबहादुर देउवाको शिविरमा पुगेर प्रधानमन्त्री पद कायम राख्न सफल दहाल अहिले शेरबहादुर–शिविर परित्याग गरी ओली–शिविरमा पुगेका छन् । आप्mनो शिविरबाट पुष्पकमल दहाललाई निकाल बहार गर्ने केपी ओली अहिले उनै दहाललाई पूmलमालासहित आप्mनो शिविरमा स्वागत गर्न आतुर भएका छन् । कुनै बेला पुष्पकमललाई आप्mनो अति प्रिय भन्ने, पुष्पकमलले गरेको हत्या, हिंसा समेत बिर्सिदिने शेरबहादुर अहिले पुष्पकमललाई धोकेबाज भन्दै हिंडेका छन् । सत्ता र शक्ति केन्द्रित रहेर देशको आर्थिक विकासलाई बेवास्ता गर्ने यी नेताहरूको स्वार्थी एवं पदलोलुप प्रवृत्तिले गर्दा नेपालमा आर्थिक विकास एका देशको कथाजस्तै हुन पुगेको छ । छिमेकी राष्ट्र चीन र भारतले ठूलो आर्थिक प्रगति गरे पनि हामीले केही गर्न सकेका छैनौं ।
अब व्यक्तिविशेषतिर हेरौं । नेपालको राजनीतिलाई सदा अस्थिर पार्ने र देशको आर्थिक विकास हुन नदिने नेताको रूपमा अब हामीले पुष्पकमल दहाललाई बुझ्न र पहिचान गर्न ढिलो गर्नुहुँदैन । सत्ता र शक्तिमा सदासर्वदा रहने, रहन खोज्ने, यिनको प्रवृत्तिले गर्दा नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन । नेपालको राजनीति स्थिर हुन नसकेकोले नेपालको आर्थिक विकास हुन सकिरहेको छैन । व्यक्तिविशेषको हिसाबले नेपालको अर्थतन्त्र बर्बाद पार्नमा पुष्पकमल प्रमुख दोषी हुन् ।
पुष्पकमल दहालले २०५२ सालदेखि नै नेपालको राजनीतिलाई अस्थिर पार्दै आएका छन् । दहालको नेतृत्वमा भएको माओवादी जन (धन) युद्धमा नेपालको अर्थतन्त्र विपरीत दिशामा हिंडेको थियो । २०५२ सालपछि नयाँ कल खारखानाहरू स्थापना भएका थिएनन् । भएका कलकारखाना पनि बन्द गर्नुपर्ने स्थिति भएको थियो । बैंकहरू लुटिएका थिए । विकासका आवश्यक संरचनाहरू ध्वस्त पारिएका थिए ।
२०५२ सालदेखि २०८० सम्म, अर्थात् २८ वर्षदेखि नेपालको राजनीतिलाई दहालले अस्थिर पार्दै आएका छन् । उनको सत्ता र शक्ति केन्द्रित प्रवृत्तिले गर्दा देशमा राजनीतिक स्थिरता कामय हुन सकिरहेको छैन । देशमा राजनीतिक स्थिरता नभएकोले आर्थिक विकास पनि भइरहेको छैन । उल्टो नेपालमा अहिले चरम निराशा व्याप्त छ । नेपालीहरूको मनोविज्ञान अहिले फिलिस्तिनीहरूको मनोविज्ञानजस्तो अस्थिर भएको छ । येमनका जनतामा देखिएको बेचैनी अहिले नेपाली जनतामा पनि देखिएको छ ।
२८ वर्षदेखि नेपालको राजनीतिलाई केवल आप्mनो वरिपरि घुमाउने, कहिले माधव नेपाल, त कहिले शेरवहादुर देउवा, त कहिले केपी ओलीलाई ‘उपयोग’ गर्ने दहालको ‘प्रयोग गर र फाल’ नीतिले नेपालको राजनीतिलाई स्थिर हुन दिइरहेको छैन । नेपालको अर्थतन्त्र ध्वस्त पारेको छ ।
नेपाली राजनीतिमा जहिलेसम्म दहालको उपस्थिति रहने छ नेपालको आर्थिक विकास अवरुद्ध भइरहने छ । आर्थिक विकास हुने छैन ।
नेपालको आर्थिक विकासको लागि राष्ट्रिय राजनीतिबाट पुष्पकमल दहालको बहिर्गमन आवश्यक छ । थोरै सिटमा विजय हासिल गरे तापनिे राजनीतिक चतु-याइँ प्रयोग गरेर प्रधानमन्त्री हुन सक्ने दहालको कुटिल नीतिको अगाडि कसैको केही जोर चल्न सक्तैन । ठूल्ठूला नेताहरू पनि दहालको चतु-याइँको शिकार हुन पुग्छन् । शिकार भइरहेका छन् ।
दहाल यथार्थमा विकास नेता (Developmental Leader) होइनन् । यीनी केवल अवसर नेता (Situational Leader) हुन् । अवसर नेता त्यस्ता नेता हुन्, जो कुनै खास अवसरको लगि उपयुक्त हुन्छन् । माओवादीहरूले तत्कालीन व्यवस्थाविरुद्ध गरेको सङ्घर्ष, वा त्यो खास किसिमको सङ्घर्ष वा खास अवस्थाको लागि दहाल उपयुक्त नेता थिए । तर अहिले स्थिति बदलिएको छ । अहिले देशलाई विकास चाहिएको छ । विकास अभियानलाई नेतृत्व दिने क्षमता र कुशलता दहालमा छैन । दहाल विध्वंसका नेता हुन्, विकास–नेता होइनन् ।
रूकुम, रोल्पा, जाजरकोटको कुनै विपन्न गाउँमा, गरीबहरूको सहयोगार्थ कुनै संस्था सञ्चालन गरेर, उनीहरूको आर्थिक विकासमा पुष्पकमल दाहालले जीवनको बाँकी समय बिताए भने नेपाली जनताले उनलाई रत्नाकर होइन, वाल्मीकि देख्नेछ । होइन भने रत्नाकरले जीवनभर उनलाई पछ्याइ नै रहनेछ ।
गरीबहरूको सेवा गर्नका लागि सत्ता वा शक्तिमा पुग्नैपर्दैन । शक्ति र सत्तामा पुग्न खोजे अर्थशास्त्रका ‘नोबेल प्राइज’ पाउने बङ्गलादेशका ख्यातिप्राप्त अर्थशास्त्री मोहम्मद युनुसको हविगत हुनेछ । उच्च पदमा पुग्ने, प्रधानमन्त्री हुने, युनुसको इच्छाले उनलाई उनी पुगेको सम्मानको धरहराबाट तल झार्दैछ ।