गत वर्षदेखि अचानक ह्दयघातको घटना बढिरहेको छ । हृदयघातबाट मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ । स्वस्थ व्यक्ति जसले चुरोट, रक्सी, सुर्ती केही खाँदैन ऊ पनि हृदयघातको शिकार भएको छ । तसर्थ आजभोलि मुटुको रक्षा गर्न स्वस्थ आहार र दिनचर्या अँगाल्नुपर्छ । आयुर्वेदविज्ञ डा दीक्षा भावसार सावलियाले मुटु स्वस्थ राख्ने खानेकुरा र आयुर्वेदिक औषधिबारे जानकारी गराएकी छन् ।
आयुर्वेदमा यस्ता थुप्रै जडीबुटीहरू छन् जसले हृदयघात रोक्नुको साथै रक्तचाप पनि नियन्त्रित गर्छ । ब्याड कोलेस्ट्रल रोक्नुको साथै ट्राइग्लिसराइड्सलाई पनि कम गर्न मदत गर्छ । यसको नियमित सेवन गरेपछि मुटुलाई स्वस्थ राख्न सकिन्छ ।
लसुनः भान्सामा लसुन सजिलै पाइन्छ । आयुर्वेदमा पनि लसुनको स्थान महŒवपूर्ण छ । लसुन शक्तिशाली एन्टिएजिङ मसला हो । आयुर्वेद अनुसार यो हृदयको लागि कुनै टनिकभन्दा कम छैन । यसको सेवनबाट तपाईंको मुटु सक्रिय रहन्छ र रक्त सञ्चार सही ढङ्गले हुन्छ । लसुनको नियमित सेवनबाट रक्तवाहिकाभित्र कोलेस्ट्रोल जम्मा भएको छ भने यो कम हुन्छ । लसुनमा भिटामिन सी र बी ६, म्याग्निज, सेलेनियम पाइन्छ । लसुनमा एलिसिन नामक रसायन हुन्छ । एलिसिन एक प्रकारको एन्टिअक्सिडेन्ट हो जसले हृदयलाई सुरक्षा दिन्छ ।
एउटा सानो टुक्रा लसुनको कलीलाई कुच्याएर खाली पेट वा खाना खानुभन्दा पहिले खानुपर्छ । नियमित आठदेखि १२ हप्तासम्म लसुन खाएपछि यसको असर तपाईंले देख्न सक्नुहुन्छ ।
अनारः आयुर्वेदमा मुटुलाई चुस्त राख्नको लागि अनार सबैभन्दा राम्रो फल मानिएको छ । नियमित अनारको सेवन गर्दा ट्राइग्लिसराइड्स र एलडिएल अर्थात् बैड कोलेस्ट्रालको स्तरमा निकै कम हुन्छ । यसले मुटुसँग सम्बन्धित रोगबाट पनि बचाउँछ । अनारले शरीरमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउन पनि मदत गर्छ । बिहान अनारको सेवन गर्नुपर्छ । प्रतिदिन खान सक्नुहुँदैन भने सातामा कमसेकम दुर्ई–तीनपटक बिहानी समयमा अनारको सेवन गर्दा मुटु बलियो हुन्छ ।
अर्जुनको बोक्राः आयुर्वेदमा अर्जुनको बोक्रालाई मुटुको लागि सबैभन्दा राम्रो जडीबुटी मानिएको छ । कार्डियो टनिकका रूपमा काम गर्ने यसको प्रकृति चीसो हुन्छ । पचाउन सजिलो हुने अर्जुनको बोक्राले शरीरबाट कोलेस्ट्रोल कम गर्न मदत गर्छ । मुटुलाई स्वस्थ राख्छ । रक्तचाप र ब्लड सुगरको सन्तुलन बनाइराख्न मदत गर्छ । यसले कफ र पित्त दोष पनि हटाउँछ । रगतलाई शुद्ध गर्छ, जसले गर्दा तपाईंको छाला पनि गोरो हुन्छ ।
१०० मिलिमिटर पानी वा दूधमा पाँच ग्राम अर्जुनको बोक्राको धूलो मिसाएर त्यति बेलासम्म उमाल्नुस् जबसम्म त्यो आधा हुँदैन । त्यसपछि यो पानीलाई छानेर राति सुत्ने बेलामा वा खाना खानुभन्दा एक घण्टा पहिले सेवन गर्नुहोस् ।