बालबालिकालाई राम्रो संस्कार दिने चाहना हरेक अभिभावकको हुन्छ । किनभने राम्रो आचरण र संस्कारबाट नै बच्चाको जीवन सफल हुन्छ । अभिभावकले प्रायः त्यस्तो बानी सिकाउँदैनन् जसले बालबालिकाको भविष्य खराब होस् । केही यस्ता बानीहरू पनि छन् जसबारे अभिभावकले गलत सोच्छन् । तर त्यो बच्चाको भविष्यको लागि सही पनि हुन सक्छ । त्यसैमध्ये हो, पाकेट–मनी । अभिभावकका अनुसार बालबालिकालाई पाकेट मनी दिंदा उनीहरू बिग्रिन्नन्, तर यस्तो हुँदैन । यदि सही तरीकाले र आवश्यकता ध्यानमा राखेर बच्चालाई पाकेटमनी दिने बानी बसाल्यो भने त्यो भविष्यको लागि निकै फाइदाजनक हुन्छ । बालबालिकालाई पाकेट मनी दिंदा निम्न फाइदा हुन्छ ।
पैसाको व्यवस्थापन गर्न सिक्छः जब अभिभावकले छोराछोरीलाई पाकेट मनी दिन शुरू गर्छन् तब उनीहरूलाई यही डर रहन्छ कि कतै पैसा व्यर्थमा खर्च त हुँदैन रु तर बच्चाले पैसा त्यतिबेला व्यर्थमा खर्च गर्छ, जब तपाईं उसलाई बढी पाकेट मनी दिनुहुन्छ । त्यसकारण बच्चालाई न बढी, न कम, सन्तुलित मात्रामा पैसा दिनुपर्छ र पैसाको व्यवस्थापन गर्न पनि सिकाउनुपर्छ । बचत उनीहरूको जीवनमा निकै काम लाग्छ ।
बचत गर्ने बानीः जब बच्चाले पाकेट मनी बढी पाउँछ भने उसले व्यर्थमा खर्च गर्न पनि सक्छ तर तपाईंले उचित पैसा बच्चालाई दिनुहुन्छ भने बिस्तारै बिस्तारै उसले पैसाको व्यवस्थापन गर्न सिक्छ । बच्चालाई पैसा बचत गर्ने तरीका पनि सिकाउनुपर्छ । यसो गर्दा भविष्यमा बचतको पैसा काम लाग्छ र भविष्यमा सफल व्यक्ति बन्न सक्छ ।
गलतीबाट सिक्नेः जब बच्चाले पहिलोपटक अभिभावकबाट पाकेट मनी पाउँछ तब शुरूमा उसले केही गलती गर्न सक्छ तर बिस्तारैबिस्तारै बच्चाले कुरा र पैसाको मूल्य बुझ्न थाल्छ । आपूmले गरेको गलतीबाट पाठ सिकेर उसले पैसाको व्यवस्थापन गर्न र पैसाको महŒव बुझ्न थाल्छ । बालबालिकालाई उचित मात्रामा पैसा दिनुपर्छ जसबाट उसले गलती गर्न नसकोस् ।
पैसाको सही प्रयोगः बच्चाले पाकेट मनी पाउन थालेपछि बिस्तारैबिस्तारै उसले पैसाको सही प्रयोग गर्न सिक्न थाल्छ । पैसाको सही प्रयोग गर्न थालेपछि उसलाई भविष्यमा पैसाको सही उपयोग गर्न कुनै समस्या हुँदैन । भविष्यमा उसले कम पैसाबाट ठूलो कार्य गर्न सक्छ र बढीभन्दा बढी पैसा बचाएर जीवनमा आउने कठिनाईको लागि पैसा सुरक्षित राख्न सक्छ ।