ब्रिटिश चैरिटी द डङ्की सैंक्चुअरीको नयाँ रिपोर्टमा भनिएको छ– एजियाओको बढ्दो माग पूरा गर्न हरेक वर्ष विश्वमा कमसेकम ५९ लाख गधा मारेर त्यसको छाला निकालिन्छ । रिपोर्टमा भनिएको छ, एजियाओ एउटा पारम्परिक चिनियाँ उपचार हो । जुन मजबूत वैज्ञानिक प्रमाणको कमीका बावजूद स्वास्थ्यलाभको लागि विज्ञापित गरिएको छ । सन् २०२७ सम्म यो आँकडा ६७ लाख गधासम्म पुग्ने अनुमान छ ।
गधा भन्नेबित्तिकै मानिसले यही सोच्छन्– यो भारी बोक्नको लागि मात्र प्रयोग हुन्छ । सुदूर पहाडमा गधा वा खच्चरको माध्यमबाट सामान ओसारपसार गरिन्छ । तर गधा सामान ढुवानीको लागि मात्र होइन, अन्य थुप्रै कार्यमा पनि प्रयोग हुन्छ । बाँचुन्जेल मान्छेको काम लाग्ने गधा मरेपछि त्यसको छालाबाट विभिन्न औषधि बनाइने गरिन्छ ।
गधिनीको दूध निकै महँगो हुन्छ र यो हतपती पाइँदैन । गधिनीको दूध निकै महँगो हुन्छ । जसलाई ल्याक्टोजसित एलर्जी हुन्छ, उनीहरूले गाईको दूध पिउन सक्दैनन् । यस्ता व्यक्तिलाई गधाको दूध दिइन्छ । यसै कारण अमेरिकामा गधिनीको दूधको ठूलो माग छ । त्यस्तै, गधाको छालाबाट पनि थुप्रै रोगको उपचार हुन्छ । गधाको छालाबाट एनिमिया, प्रजनन क्षमता र अनिद्रासम्बन्धी औषधि बनाइन्छ । चीनमा गधाको छालाको ठूलो माग छ ।