साइबर अपराधी र ह्याकर्सले कैयौं तरीकाबाट सर्वसाधारणको मोबाइल ह्याक गरिरहेका छन् । थुप्रैपटक सर्वसाधारणलाई यो पनि थाहा हुँदैन कि उसको मोबाइल ह्याक भएको छ । ह्याकर्स र अपराधीहरूले मोबाइल प्रयोगकर्ताको डाटा चोरेर बैंक अकाउन्ट खाली गर्छन् । कैयौंपटक प्रयोगकर्ताको निजी गोप्य जानकारी लिक गर्ने धम्की दिएर रकम माग गरी ब्ल्याकमेल गर्दछन् । यद्यपि फोनमा केही सङ्केत देखिन्छ जसलाई ध्यान दिंदा तपाईंले थाहा पाउन सक्नुहुन्छ कि मोबाइल ह्याक भएको छ । ह्याकरले तपाईंको फोनमा प्रवेश गरेर तपाईं आफन्तजनको मोबाइल पनि ह्याक गर्न सक्छ ।

अचानक मोबाइल स्लो हुने अथवा ह्याङ हुनेः जब तपाईंको फोन राम्ररी चलिरहेको हुन्छ तर अचानक स्लो हुन पुग्छ भने यस्तो स्थितिमा प्रयोगकर्ताले भन्छन् मेरो मोबाइल ह्याङ भयो तर यो ह्याङ मात्र होइन ह्याक पनि भएको हुनसक्छ । पटकपटक मोबाइलको स्क्रिन फ्रिज हुनु र फोन त्र्mयास हुँदा पनि ह्याकिड्ढै सामान्य सङ्केत हुनसक्छ ।

मोबाइलको सेन्सर र ब्याट्रीः तपाईंको फोनमा मेलवेयर वा फ्रड एप भएपछि मोबाइलको ब्याट्री तीव्र गतिले समाप्त हुन्छ । यो पनि ह्याकिड्ढै सङ्केत हुन सक्छ । फोनको ब्याट्री सामान्य स्थितिको तुलनामा निकै चाँडै समाप्त हुन्छ किनभने यस्ता एप्स स्क्रिन अफ भएको बेलामा पनि काम गरिरहेको हुन्छ र तपाईंको निजी डाटालाई चोरिरहेको हुन्छ । केही मामिलामा मोबाइलको सेन्सर पटकपटक डिटेक्ट हुन थाल्छ । यो पनि मोबाइल ह्याक भएको एउटा सङ्केत हुनसक्छ ।

विभिन्न प्रकारको सन्देश पठाउँछः यदि तपाईंलाई पटकपटक अकाउन्ट लगइनको मेसेज आइरहेको छ भने तपाईं ह्याकिड्ढो शिकार भएको हुनसक्छ । यस्तोमा तुरून्तै आप्mनो सोसल मिडिया अकाउन्टलाई चेक गर्ने गर्नुपर्छ । यदि तपाईंलाई कुनै संदीग्ध लगइनको बारे जानकारी पाउनुहुन्छ भने बुझ्नुस् कसैले तपाईंको फोन ह्याक गरेको हुनसक्छ ।

अनजान कल र एसएमएसः कैयौंपटक ह्याकर्सले प्रयोगकर्ताको मोबाइलमा ट्रोजन म्यासेजको माध्यमबाट जाल फाल्छ । यसको अलावा ह्याकर्स तपाईंको कुनै नजीकका साथीभाइको पनि फोन ह्याक गर्न सक्छ । जसबाट तपाईंको तथ्याङ्क चोर्ने प्रयास गर्छ । यसैले कुनै पनि एसएमएस आएपछि एसएमएसमा रहेको लिङ्क सोच विचार गरेर मात्र क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here