पर्साको धोबिनी गापा पूर्ण खोप घोषणा

प्रस, परवानीपुर, २८ माघ/ पर्साको धोबिनी गाउँपालिका आइतवार पूर्णखोप घोषणा भएको छ । गापा परिसरमा आयोजित कार्यक्रममा उक्त पालिकालाई पूर्णखोप घोषणा गरिएको हो । पालिकालाई जिल्ला समन्वय समिति, पर्सा एवं जिल्ला खोप समन्वय समिति, पर्साका सभापतिसमेत रहेका निरञ्जनप्रसाद सोनारले गापा अध्यक्ष मदन चौहानलाई पूर्णखोप घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा सभापति सोनारले पर्साका […]

गोली प्रहारबाट सिंहको हत्या

सुग्रीव साह, भिस्वा, २८ माघ/ रक्सौल हरैया निवासी अनुप सिंहलाई आइतवार दिउँसो सुगौलीको छपुवानिर अज्ञात समूहले गोली हानी हत्या गरेको छ । सुगौलीस्थित टोलटैक्समा गाडी शुल्क बुझाउने क्रममा स्कार्पियोमा आएका समूहले सुजुकी कारमा रहेका सिंहमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । गोली प्रहारबाट घाइते सिंहलाई मोतिहारी जिल्ला अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

सरस्वतीपूजामा विद्यार्थीलाई पोशाक अनिवार्य

नितेश कर्ण, वीरगंज, २८ माघ/ सर्लाही जिल्लामा मानव अधिकार रक्षक सञ्जालले बसाएको सर्वदलीय बैठकले सरस्वतीपूजाका दिन विद्यार्थी, शिक्षकहरूलाई अनिवार्यरूपमा पोशाक लगाउन र सो दिन अश्लील गीत नबजाउन सर्वसम्मतले निर्णय गरेको छ । सञ्जालका अध्यक्ष मुकेश मिश्रको अध्यक्षतामा आइतवार बसेको बैठकमा पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाजलगायतको सहभागिता थियो । सरस्वतीपूजा मनाउने क्रममा गैरविद्यार्थीहरूका कारण विकृति बढिरहेको […]

विकास निर्माणको अनुगमन

प्रस, पोखरिया, २८ माघ/ विन्ध्यवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया नेतृत्वमा आइतवार पालिकास्तरमा निर्माण भइरहेको नदीको तटबन्ध र मन्दिर निर्माणको अनुगमन भएको छ । वडा नं ५ प्रसौनीस्थित गाद नदीमा रु पाँच लाखको लागतमा तटबन्ध निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत कार्य सम्पन्न भइसकेको पाइएको अनुगमनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए । […]

वैदेशिक रोजगार : बौद्धिक पलायन कि श्रम पलायन ?

• राजेन्द्रप्रसाद कोइराला विदेश पलायनको कहालीलाग्दो समाचार हामीले प्रतिदिन सुन्दै आइरहेका छौ । यसको चित्रण विभिन्न छापाहरू र सामाजिक सञ्जालमार्फत हाम्रो जानकारीमा आइरहेको छ । देशमा रोजगारको अवसर नहुँदा विदेश जान बाध्य हुन्छन् युवाहरू । एउटा सानो दृष्टान्त यहाँ प्रस्तुत छ– दैनिक औसत तीन हजार युवा विदेशिने गरेको तथ्याङ्क छ । १२ कक्षा पछिका विध्यार्थीको […]

सुर्तीखेतीमा आकर्षण बढ्दै

पर्सा जिल्लामा गाँजाखेतीको विकल्पका रूपमा अहिले सुर्तीखेती फस्टाएको छ । कुनै बखत गाँजा र उखुले यो जिल्लामा लामो समयसम्म डेरा जमाएको थियो । वीरगंज चिनी कारखाना लिमिटेड बन्द भएको दुई दशक हुन थाल्यो भने करीब डेढ दशकदेखि पर्सा जिल्लामा गाँजाखेती हराए बराबर छ । प्रायः सबैजसो पालिकामा हुने गाँजाखेती प्रतिबन्ध रहेको र प्रहरी प्रशासनबाट निरन्तर […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।