• राजेन्द्रप्रसाद कोइराला
विदेश पलायनको कहालीलाग्दो समाचार हामीले प्रतिदिन सुन्दै आइरहेका छौ । यसको चित्रण विभिन्न छापाहरू र सामाजिक सञ्जालमार्फत हाम्रो जानकारीमा आइरहेको छ । देशमा रोजगारको अवसर नहुँदा विदेश जान बाध्य हुन्छन् युवाहरू । एउटा सानो दृष्टान्त यहाँ प्रस्तुत छ–
दैनिक औसत तीन हजार युवा विदेशिने गरेको तथ्याङ्क छ । १२ कक्षा पछिका विध्यार्थीको सङ्ख्या विश्वविद्यालयमा दिनानुदिन कम हुँदै गइरहेको छ भनी पत्रपत्रिकामा समाचार आइरहेको छ । पहाड, तराईका गाउँ– घर रित्तिंदै गएका छन् । त्यहाँ बूढाबूढीको सङ्ख्या मात्र देखिन थालेको छ । यद्यपि विदेश जानु नराम्रो होइन, तर कामकै खोजीमा विदेश भौंतारिनुपर्ने भनेको देशको लागि राम्रो सन्देश कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगार खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठूलो छ । धेरैजसो नेपाली स्वदेशमा रोजगार नपाएर तथा पाएको रोजगारबाट परिवार पाल्न र आजीविका चलाउन नसक्दा विदेसिन बाध्य छन् । देशको अर्थतन्त्र दिनानुदिन ओरालो लाग्दै गएको छ । ऋणको भारी चुलिंदै गएको छ । भ्रष्टाचार, कमिशनखोरी, अराजकता र बेथिति मौलाउँदै गएको छ । देशको अर्थतन्त्र चलायमान छैन । महँगीले जनताको ढाड सेकेकोसेकै छ । व्यापार घाटाको कुरा गरी साध्य छैन ।
तथ्याङ्कले भन्छ कि विगत १८ वर्ष देखि, माथि उल्लिखित सूचाङ्कहरू कसैको पालामा पनि, सकारात्मक दिशामा बढेको छैन । वर्तमान नेतृत्वकै हातमा देशको बागडोर अझै केही वर्ष रहेमा देशलाई असफल राष्ट्र बन्न र विदेशीहरूको परेड खेल्ने देश बन्नबाट कसैले रोक्न सक्दैन । योजनाका पुलिन्दाहरू देखाई जनतालाई भ्रमित पार्नबाहेक २०४७ सालपछिका नेतृत्वले केही गर्न सकेन, सिवाय आप्mना भाइ–भतिज, छोरी–बुहारी आदिलाई पद र पोजिशनमा पु-याउनबाहेक ।
मन्त्रीहरू एकातिर स्वदेशमैं रोजगार दिने कुरा गरिरहेका हुन्छन् भने अर्कोतिर दक्ष जनशक्ति विदेश पठाउने भनेर श्रम सम्झौता गरेर हिंडिरहेका छन् । श्रमिक, नर्स, चिकित्सक विदेश पठाउने सम्झौता सरकार आफैं गर्दैछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ ।
अब सिक्काको अर्को पाटोको कुरा गरौं । पछिल्ला तथ्याङ्कले लगभग ५० लाख नेपाली विदेशमा रहेको देखाउँछ । विश्व बैंकको प्रतिवेदन ‘लार्ज स्केल माइग्रेशन एन्ड रेमिट्यान्स इन नेपाल’ अनुसार नेपाल विप्रेषणमा (रेमिट्यान्स) आश्रित मुलुकको सूचीमा ताजकिस्तान र गणतन्त्र किरगिजपछि तेस्रो मुलुक हो । कहिलेकाहीं, र सामाजिक सञ्जालमा त्रिभुवन विमानस्थलको टर्मिनल भवनमा विदेश जान लागेका व्यक्तिको विशाल आमसभाजस्तो तस्वीरहरू पोस्ट भएको देखिन्छ । यद्यपि एकजना मानिस विदेश जाँदा बिदा गर्न जाने १० जनासम्म हुन्छन् ।
यद्यपि विदेशबाट फर्केर देशमैं उद्यमशील हुनेहरू पनि अहिलेको दिनमा बढ्दै गएका छन् । यसबारे गहन बहस चलाएर देशमैं उद्यमशीलतालाई प्रोत्साहन दिनु आजको आवश्यकता हो । यसको लागि प्रादेशिक र स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न सक्छ ।
वैदेशिक रोजगारमा गएका युवाले प्रत्येक वर्ष पठाएको रेमिट्यान्सले परिवारलाई खुशी मात्र होइन, देशका निम्ति अपरिहार्य विदेशी मुद्रा पनि दिएको छ । विदेशमा काम गर्न जाने भनेको पैसा कमाउन मात्र होइनस ज्ञान, सीप, संस्कार, संस्कृति, भाषा सिक्न पनि हो । आपूm बसेको देशभन्दा टाढा गएर काम गर्दा पक्कै पनि नयाँ अनुभव हुन्छ । यो अनौपचारिक शिक्षाजस्तो बन्न पुग्छ । यसले मुलुकमा कामको नयाँ संस्कृतिसमेत भिœयाएको छ । वैदेशिक रोजगारमा गएका युवायुवतीले देशमैं बसेर मेहनत गर्ने सोचको विकास गरेका हुन्छन् आप्mनै देशमा पसिना सिञ्चन गर्ने हो भने त्यसले समृद्धि ल्याउँछ भन्ने ज्ञान तिनलाई हुन्छ । विदेशबाट फर्केका युवाको अनुभूति हुन्छ–ओहो १ देशमैं मेहनत गर्नुपर्ने रहेछ । विदेशबाट फर्केपछि व्यापार–व्यवसाय गर्ने युवा–सङ्ख्या ठूलो छ । ती आफैं उद्यम गर्न तत्पर भएका हुन् । घरैमा बसिरहेको युवाभन्दा विदेशबाट फर्केकोमा भिन्न सोच र चेतना अभिवृद्धि भएको हुन्छ । अचेल देशका कुनाकुनामा यस्ता नयाँ सोच भएका व्यक्तिहरू पाइने गरेका छन् ।
वास्तवमा वैदेशिक रोजगार एक अध्ययन हो । विदेशिएका युवाले अनौपचारिक ढङ्गले धेरै पाठ सिकिरहेका हुन्छन् । विदेशमा उनीहरूले काम मात्रै गरेका हुँदैनन्, स्वदेश फकेर उद्यमशील बनेका युवाहरू देशका नवनिर्माता हुन् । हामी ढुक्क भएर भन्न सक्छौं– हो, उनीहरूले नेपाल बनाउँछन् । तिनले विदेशमा बगाएको पसिना, सिकेको ज्ञान र आर्जन गरेको आम्दानीले नेपाल बनाउन मदत पुग्छ । तर यो सधैंको विकल्प होइन । वैदेशिक रोजगार सधैं उपलब्ध हुँदैन। यसको विकल्प देशभित्रै तयार गर्न पनि यो जनशक्तिले ठूलो भूमिका खेल्नुपर्छ । चितवन, गुल्मी, बुटवल, पर्वत आदि विभिन्न पश्चिमका जिल्लाहरूमा विदेशबाट फर्केर विभिन्न उद्यम गरिरहेका समाचार आइरहेको देखिन्छ । वैदेशिक रोजगारमा अनेक हन्डर र ठक्कर खाएर फर्केपछि छोराछोरी यथार्थमैं पक्का बन्छन् । देशमा यस्ता युवा हामीले कहिले ट्याक्सी चालकका रूपमा देख्छौं त कहिले पशुपालक किसानका रूपमा । गाउँमैं उद्यम गरेर वा ससानो व्यवसाय गरेर थुप्रैले अहिले आपूm र परिवारको भविष्य बनाइरहेका छन् । यिनले नेपालमा उद्यमशीलताको विकास गरिरहेका छन् ।
विदेशबाट फर्केका युवाले विभिन्न व्यवसायमा सफलता हासिल गर्न थालेका छन् । यस्ता उद्यमीसँग देश बिस्तारै परिचित हुन थालेको छ । वैदेशिक रोजगारले धेरै परिवारलाई सफल बनाएको छ । हो केही परिवारमा समस्या पनि देखिन्छन् । ती सामाजिक समस्यालाई नै देखाएर वैदेशिक रोजगारलाई खराब भन्नु उचित होइन । विदेशको रोजगार पूरा गरेर देश फर्केका युवामा रोजगार सिर्जना गर्ने क्षमता देखिन्छ । वैदेशिक रोजगारले नेपालको कृषि तथा उद्योग क्षेत्रको आधुनिकीकरणमा सहयोग पुग्दैछ । देशलाई गतिशील बनाउन यिनका पौरखी पाखुरा कामयाब हुँदैछन् ।
धेरै नेपाली वैदेशिक रोजगारका लागि विभिन्न देश गएका छन् । बल र उमेरले साथ दिंदासम्म उनीहरूलाई विदेशी वातावरणले तानिरहेको छ । उमेर ढल्कँदै गएपछि अधिकांश व्यक्ति सीप, ज्ञान र पूँजीसहित स्वदेश फर्कने गर्छन् । धेरैले वैदेशिक रोजगारपछि देशमंै सम्भावनायुक्त व्यवसाय गरेर रोजगार सिर्जना पनि गरेका छन् ।
अब कुरा गरौ बौद्धिक पलायन वा श्रम पलाायनको–
एउटा देशबाट अर्को देश जानुआउनु एउटा प्रक्रिया हो । यो पहिले पनि थियो र अहिले पनि छ । यद्यपि धेरै ठूलो सङ्ख्यामा अहिले गइरहेको चाहिं सत्य नै हो । देशबाट ठूलो सङ्ख्यामा ब्रेन ड्रेन भइरहेको छ भन्ने जुन भाष्य सिर्जित गरिएको छ, त्यो चाहिं सरासर गलत हो । हामीले यो बुझ्नु जरूरी छ कि विदेशिएका सबैलाई ब्रेन ड्रेन मान्न मिल्दैन । त्यहाँ गएका अधिकांशले ब्रेनको लेबलमा योगदान गरेका छैनन् । उनीहरूलाई औजार या श्रमशक्तिको रूपमा मात्र उपयोग गरिएको छ विदेशमा । यहाँबाट उच्च शिक्षा लिन गएका अधिकांश त्यहाँ मजदूरको जीवन चलाइरहेका छन् । साँच्चै दिमागको योगदान गर्ने वा बौद्धिक श्रम गर्नेहरूको सङ्ख्या ज्यादै न्यून छ । अनि त्यसरी बौद्धिक श्रम गरिरहेकाको सङ्ख्या यहाँ नफर्कंदैमा देशमा उक्त स्तरको बौद्धिक व्यक्तिको अथवा ब्रेनको खाँचो हुँदैन । अहिले पनि विज्ञ, योग्य, काबिल, दक्ष र विद्वान्हरूको ठूलो सङ्ख्या देशमा उपलब्ध छ । देशलाई आवश्यक पर्ने सबै क्षेत्रका विद्वान्हरूको ठूलो सङ्ख्या अहिले पनि देशमैं छ । राज्यले उनीहरूलाई उचित स्थान दिन नसक्नु चाहिं विडम्बनापूर्ण हो । विदेश गएका सबै, यहाँ अवसर नपाएर गएका पनि होइनन्, लाखौं खर्च गरेर गएका हुन् । माइकल माथिसेनको पुस्तक ‘ब्रेन ड्रेनः बियोन्ड द ग्रीन न्यु डिल’ ले ब्रेन ड्रेन त्यसरी चिन्तित हुनुपर्ने विषय नै होइन भन्छ ।
हाम्रो देशको अहिलेको तीतो सत्य के हो भने देशमा विज्ञता पलायनभन्दा श्रम पलायन ( लेबर ड्रेन) चाहिं डरलाग्दो छ । आज देशमा एउटा सामान्य काम गर्ने श्रमिकको बढी खाँचो छ । ज्ञात होस्, विश्वमा सबैभन्दा बढी विप्रेषण ल्याउने देश भारत हो । भारतलाई यो सेवा प्रदान गर्नेमा नेपाल सातौं मुलुकमा पर्दछ अर्थात् भारतले विप्रेषण भिœयाउने मुलुकमा नेपाल सातौ मुलुक हो । वार्षिक लगभग तीनदेखि चार खर्ब रुपियाँ नेपालबाट भारत भित्रिने गरेको तथ्याङ्क देखिन्छ । यत्रो ठूलो रकम बौद्धिक व्यक्तिले लगेको होइन । घर बनाउने मिस्त्री, सैलुनवाला, तरकारी र फलपूmल बेच्ने श्रमिकहरूले लग्ने गरेका छन् । त्यति नै रकम खाद्यान्न आयातबाट समेत जाँदैछ । यस्तो हुनु पनि श्रम शक्तिको पलायन हो, जुन देशमैं बसेको भए खाद्यान्न उत्पादनमा ठूलो भूमिका खेल्न सक्थ्यो ।
अन्त्यमा
यो देशको यथार्थ बौद्धिक पलायन होइन, श्रम पलायन हो । तर ती देश फर्केकाहरूले देशको मुहार फेर्न ठूलो भूमिका खेल्न थालेका छन् र यसको परिणाम अबको २ वर्षभित्र देखिनेमा यो स्तम्भकार विश्वस्त छ ।