महिला र महिला सङ्गठनहरू

• कुमारबन्धु रुपाखेती गणतन्त्र नेपालमा मुलुकको चौतर्फी विकासका गफका साथसाथ महिला उत्थानका हावादारी कुरा पनि चर्का स्वरमा उठ्यो । महिला उत्थानका नाममा सुकिलामुकिलाहरूका महिला वर्गले स्वर्णिम अवसरहरू पाए भने आम नेपाली महिलाहरू दीनदुखियाको जीवनयापन गर्न विवश छन् । सुकिलामुकिला वर्गकी विद्या भण्डारी, आरजु देउवा, मञ्जु खाँड, क्रान्तिकारी सर्वहारा वर्गका मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल, रेणु […]

नेपाल साफ फूटबल च्याम्पियनशिपबाट बाहिरियो

काठमाडौं, २३ माघ/रासस नेपाल दक्षिण एशियाली फूटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलवार भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जीतसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले […]

‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल बालबालिकाका विषयमा असंवेदनशील’

काठमाडौं, २३ माघ/रासस इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुने क्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरूले धारणा राखेका छन् । सामाजिक सञ्जाल मात्र नभई मूलधारका सञ्चारमाध्यमहरू पनि बालबालिकाको अधिकार र सुरक्षाका मामिलामा गम्भीर हुन नसकेको उनीहरूको भनाइ छ । प्रेस काउन्सिल नेपालले मङ्गलवार आयोजना गरेको […]

मौसम : पहाडी भूभागमा आंशिक बदली

काठमाडौं, २३ माघ/रासस हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज […]

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषद्बीच समझदारी

काठमाडौं, २३ माघ/रासस व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कमर्स र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने समझदारी बनेको हो । दुर्ई संस्थाबीच नीति निर्माणदेखि भन्सार सहजीकरण […]

नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो

काठमाडौं, २३ माघ/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मङ्गलवार नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५५९ पटक खरीद–बिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख […]

नामिबियामा अफ्रिका खानी सम्मेलन

विन्डहोक, २३ माघ/सिन्ह्वा नामिबियाका खानी तथा ऊर्जा मन्त्री टम अल्वेन्डोले सोमवार सम्भावित लगानीकर्ताहरूलाई परियोजनामा सामेल गराउनु अत्यावश्यक रहेको बताएका छन् । खनिज पदार्थहरूमा मूल्य थप्ने देशको प्रतिबद्धता आर्थिक वृद्धिको लागि महत्वपूर्ण योजना हुने पनि उनको धारणा छ। सोमवार साँझ दक्षिण अफ्रिकाको केपटाउनमा हुने आगामी ‘इन्भेस्ट इन अफ्रिका माइनिङ इन्डाबा’मा देशको सहभागिताको घोषणा गर्दै अल्वेन्डोले महत्वपूर्ण […]

कमिशन लिई भुक्तानी दिएन मधेस सरकारको मन्त्रालयले, ठेकेदारहरू चेक बाउन्समा धमाधम पक्राउ पर्दै

प्रस, वीरगंज, २२ माघ/ मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु ८० करोड रुपियाँ दुई वर्षदेखि भुक्तानी दिन नसकेपछि ठेकेदारहरू बिचल्लीमा परेका छन् । कतिपय ठेकेदारहरू आफ्नो घर छाडी भागेका छन् भन्ने कतिपय जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पीडित ठेकेदारहरूले बताएका छन् । अधिकांश ठेकेदारमाथि चेक बाउन्सको मुद्दा दर्ता भएकाले उनीहरू घर छाडी भागेका बुझिएको […]

गहुँबालीको लागि अन्तिमपटक पनि मलको अभाव

ओमप्रकाश चौधरी, सेढवा, २२ माघ/ पर्सा जिल्लाका किसानहरूले अहिले गहुँबालीको लागि पनि मलको अभाव झेल्नुपरेको छ । गहुँबालीको लागि अहिले अन्तिमपटक मल छर्ने बेलामा पनि किसानहरूले मलको अभाव झेलिरहेका छन् । किसानहरूले भारतीय बजारबाट मलको अभाव पूरा गरिरहेका छन् । अहिले गहुँबालीको लागि युरिया मल आवश्यक पर्ने जीराभवानी गाउँपालिका–२ का किसान रामरित चौधरी बताउँछन् । […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।