प्रस, वीरगंज, ५ माघ/
नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तर्गत शुक्रवार भएका दुईवटा खेलमा ग्लोबल बिजनेश कलेज र वीरगंज पब्लिक कलेज विजयी भएका छन् ।

नारायणी क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा ग्लोबल बिजनेश कलेजले सेन्ट जेभियर्स स्कूललाई ३७ रनअन्तरले पराजित ग-यो । टस जितेर ब्याटिङ गरेको ग्लोबलले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो । ग्लोबलका रोहणकुमार साहले ५२ र विवेक यादवले ४५ रन बनाएका थिए ।

सेन्ट जेभियर्सका विकाश पटेल, सागिर मियाँले दुई/दुई विकेट लिए । १२७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको सेन्ट जेभियर्स १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । सेन्ट जेभियर्सका सन्देश पटेलले ३२ रन र असरफ अन्सारीले १९ रन बनाए । ग्लोबल बिजनेशका आदर्श भण्डारी, रोहण कुमारले तीन/तीन विकेट र सुजल सर्राफले एक विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ ग्लोबल बिजनेशका रोहण साह घोषित भएका एनआईका प्रबन्ध निर्देशक मनीष सिंहले बताए ।

दोस्रो खेलमा अल्पाइन माविलाई तीन विकेट अन्तरले पराजित गर्दै विपिसी विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको अल्पाइनले १५.२ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा सीमित भयो । अल्पाइनका मनीष पटेलले १४ र इसहार अहमदले १२ रन बनाए । विपिसीका राहुल बैठा, वाल्मीकि कुर्मी र जडुवंशी बैठाले दुई/दुई विकेट लिए । ६७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको विपिसीले ११.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य हासिल ग-यो ।

विपिसीका असरफ हुसेनले १७ र जडुवंशी बैठाले १२ रन बनाए । अल्पाइनका जायेद आलम अन्सारीले तीन विकेट, नवराज अधिकारी र रञ्जीत चौहानले दुई/दुई विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ विपिसीका जडुवंशी बैठा घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here