प्रस, रौतहट, ५ माघ/
गढीमाई नगरपालिकामा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते भएका छन् ।
गढीमाई नपा–७ मा गोठालाहरू घाँस काट्न बिहीवार खेतमा गएका बेला उखुघारीबाट निस्किएको बहुला स्यालको टोकाइबाट महेन्द्र महतो, मन्तोरिया देवी, तेतरी खातुन, जयबुल खातुन, मनीषा कुमारी, उषा देवी, रामविनय बैठा, दुखिया देवी, बिना देवी, श्रवण कुमार, सिकिलावा देवी, जयल मुखियालगायत घाइते भएका इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । घाइतेमध्ये तेतरी खातुनलाई गम्भीर चोट लागेको र उनलाई थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाइएको प्रनाउ खनालले बताए ।
घाइतेहरूलाई खोप लगाउन प्रादेशिक अस्पताल, गौर पठाइएको उनले बताए ।