२०८० माघ ०४ गते बिहीवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
आयुर्वेदिक औषधि उद्योगहरू सङ्कटमा अधिकांशको उत्पादन कटौती
प्रस, परवानीपुर, ३ माघ/ नेपालमा सञ्चालित आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगहरू आर्थिक मन्दीको मारमा परेका छन् । अर्बौं रुपैयाँ लगानी रहेको आयुर्वेदिक औषधि उद्योगहरू सरकारको उदासीन नीतिका कारण प्रभावित भएका छन् । आर्थिक मन्दीले अहिले बजारमा बिक्री घट्दा ४० प्रतिशत क्षमतामा उद्योग सञ्चालन गर्नुपरेको उद्योगीहरू बताउँछन् । बैंकको किस्ता, ब्याज र कर्मचारी तथा श्रमिकहरूलाई सेवा […]
गरीब, असहायलाई न्यानो कपडा वितरण
प्रस, परवानीपुर, ३ माघ/ पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ मा १०० थान कम्बल वितरण गरिएको छ । गाउँकै इन्जिनीयर अफजल हुसेनको आर्थिक सहयोगमा विपन्न, असहायलाई कम्बल वितरण गरिएको हो । एक सातादेखिको शीतलहरले गरीब, विपन्न परिवारका वृद्धवृद्धाहरूलाई चीसोले सताएपछि उनले सामाजिक उत्तरदायित्व् अन्तर्गत सय थान कम्बल खरीद गरी वितरण गरेका हुन् । हुसेन अहिले वैदेशिक रोजगारको सिलसिलामा […]
प्रदेश सरकारको उपलब्धिप्रति जनमतको विरोध
प्रस, वीरगंज, ३ माघ/ मधेस प्रदेश सरकारले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधवार स्वाभिमान दिवस मनाउने क्रममा सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले विरोध गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले एक वर्ष अवधिमा गरेका २२ पृष्ठ लामा उपलब्धिहरू सार्वजनिक गर्ने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध गरेका थिए । जनमत पार्टीका […]
बचतकर्ताद्वारा नगरप्रमुखलाई ज्ञापन
प्रस, वीरगंज, ३ माघ/ सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले आप्mनो लगानी फिर्ता गराउन र कसूरवारलाई पक्राउ गरी कारबाई गर्न बुधवार नगरप्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । सानो पाइलाविरुद्ध निरन्तर प्रदर्शनमा रहेका बचतकर्ताहरूले आप्mनो बचत रकम फिर्ता गराउन र सञ्चालकलाई पक्राउ गरी कारबाईको दायरामा ल्याउन माग गर्दै नगरप्रमुख सिंहलाई ज्ञापनपत्र बुझाएका थिए […]
चीसोले गरीबको समस्या झनै बढायो
ओमप्रकाश चौधरी, सेढवा, ३ माघ/ विगत एक सातादेखि बढ्दै गएको चीसोको कारण पर्साको ग्रामीण जीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सु, कठ्याङ्ग्रिदो चीसो र चीसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको हो । दिनभरि घाम नलागेर अत्यधिक चीसो बढेका कारण दैनिक ज्यालादारी गर्ने मजदूरले काम गर्न नपाउँदा दैनिक छाक टार्नसमेत कठिनाइ भएको स्थानीय […]
सातोमाई मन्दिरको शिलान्यास
प्रस, पोखरिया, ३ माघ/ पोखरिया नगरपालिका–५ शतवरियामा सातोमाई मन्दिरको शिलान्यास उपप्रमुख रुबी ठाकुरले गरेकी छन् । पोखरिया नपाले निर्माण गर्ने सो मन्दिरको शिलान्यास गर्दै उपप्रमुख ठाकुरले रु छ लाखको लागतमा मन्दिर निर्माण भइरहेको र निर्माण कार्य समयमा पूरा हुने बताइन् । चालू आवको असार मसान्तभित्र निर्माण कार्य सम्पन्न हुने र यसको गुणस्तरीयतामा कमी नहोस् भनेर […]
लागूऔषधसहित एकजना पक्राउ
प्रस, वीरगंज, ३ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित एकजना रिक्शाचालकलाई पक्राउ गरेको जनाएको छ । मङ्गलवार राति वीरगंज–८ पानीटङ्की सडकखण्डमा प्रहरीले चेकजाँच गर्दा नुरफिन, फेनारगन र डाइजेल्याप पाँच/पाँच सय गरी १५०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । लागूऔषधसहित रिक्शाचालक वीरगंज–१ छपकैया बस्ने ५० वर्षीय बबलुलाल कर्णलाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसूरमा […]
भूकम्प दिवसको अवसरमा जनचेतना
प्रस, रौतहट, ३ माघ/ २६औं भूकम्प राष्ट्रिय सुरक्षा दिवसको अवसरमा विपद् जोखिम न्यूनीकरण जनचेतना कार्यक्रम मङ्गलवार गढीमाई नगरपालिकामा सम्पन्न भएको छ । ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ नाराका साथ कार्यक्रम सम्पन्न गरिएको सीमा सुरक्षा बल नेपाल सुरक्षा बेस समनपुरका सशस्त्र प्रहरी नायब निरीक्ष्Fक सन्तोषराज घिमिरेले बताए । गढीमाई नगरपालिकाले आयोजना […]
गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइयो
प्रस, वीरगंज, ३ माघ/ वीरगंजका सिख समुदायले ‘गुरु गोविन्द सिंह’को जन्मजयन्ती मनाएका छन् । वीरगंजमा रहेका सिख समुदायले आज वीरगंजस्थित गुरुद्वाराबाट गुरु गोविन्द सिंहको जन्मजयन्तीको अवसरमा प्रभातफेरी निकालेका थिए । नगरपरिक्रमा गर्दै प्रभातफेरी गुरुनानक सत्सङ्ग गुरुद्वारामा पुगेर समापन भएको थियो । बिहान प्रभातफेरीपछि दिउँसो विशेष प्रार्थनाको आयोजना गरिएको थियो । गुरु गोविन्दका पिता गुरु तेघबहादुर […]