प्रस, पोखरिया, ३ माघ/
पोखरिया नगरपालिका–५ शतवरियामा सातोमाई मन्दिरको शिलान्यास उपप्रमुख रुबी ठाकुरले गरेकी छन् ।

पोखरिया नपाले निर्माण गर्ने सो मन्दिरको शिलान्यास गर्दै उपप्रमुख ठाकुरले रु छ लाखको लागतमा मन्दिर निर्माण भइरहेको र निर्माण कार्य समयमा पूरा हुने बताइन् । चालू आवको असार मसान्तभित्र निर्माण कार्य सम्पन्न हुने र यसको गुणस्तरीयतामा कमी नहोस् भनेर स्थानीयलाई निगरानी गर्न सुझाइन् ।

वडाध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा कमल मुखिया बिन, परमानन्द चौहान, जवाहिर साह कानूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here