प्रस, परवानीपुर, ३ माघ/
पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ मा १०० थान कम्बल वितरण गरिएको छ । गाउँकै इन्जिनीयर अफजल हुसेनको आर्थिक सहयोगमा विपन्न, असहायलाई कम्बल वितरण गरिएको हो ।

एक सातादेखिको शीतलहरले गरीब, विपन्न परिवारका वृद्धवृद्धाहरूलाई चीसोले सताएपछि उनले सामाजिक उत्तरदायित्व् अन्तर्गत सय थान कम्बल खरीद गरी वितरण गरेका हुन् । हुसेन अहिले वैदेशिक रोजगारको सिलसिलामा दुबईमा छन् । उनका परिवारका सदस्यले कम्बल वितरण गरेका थिए ।

यसैगरी, कपडा बैंक वीरगंजले बुधवार वीरगंज महानगरपालिका–१० आदर्शनगरमा दुई सयजनालाई न्यानो कपडा वितरण गरेको छ ।

आदर्शनगर वरिपरि रहेका डोम, चमार, दुसाध, मली परिवार र रिक्शाचालकसमेत गरी दुई सयजनालाई न्यानो कपडा वितरण गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए । कार्यक्रममा सञ्जय शर्मा, रतन टेमानी, राकेश अग्रवाल, कमल चौगाइ, चन्द्र अग्रवाल, प्रहरी हवलदार प्रेम रामलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here