इन्डियनहरू नेपालमा

नेपालमा के कति सङ्ख्यामा इन्डियनहरू कार्यरत छन्् भन्ने सही तथ्याङ्क नेपाल सरकारसित छैन । अचेल नेपालका ठूला र स्थापित गैरसरकारी संस्था, कलकारखानामा उच्च ओहोदामा इन्डियन राख्ने चलन छ । यस्ता उच्च ओहोदावाल हिन्दुस्तानीहरूले सानातिना पदमा समेत आफन्त र विश्वासपात्र भारतीयहरूलाई रोजगार दिएको देखिन्छ । त्यस्तै इँट्टाभट्टामा कार्यरत सबै मजदूर भारतीय नै देखिन्छन्् । अचेल यताकी छोरी विवाह गर्ने र ससुरालीमा घर–ज्वाइँ बस्ने कारोबार गर्ने थुप्रै छन्् । वीरगंजको मीनाबजारमा आलु प्याजको होलसेल गर्ने, भाँडाकुँडाको पसल सञ्चालन गर्ने, अधिसङ्ख्यक भारतीयहरू नै छन्् । थुप्रै छट्टुहरूले त नेपाली नागरिकता नै उछिट्याएका छन् । भाजा बेच्ने, चनाभुजा बेच्ने, धारा बनाउने, ग्रिल बनाउने, होटल चलाउने, सुनार पसल, लोहालक्कडको अधिकांश पसल भारतीयकै छ । त्यस्तै हजामत गर्ने, सैलुन, पेन्टर, खेतालासमेत भारतीय नै भेटिन्छन् । खोमचावाला, पत्रपत्रिकाका हकर, बिजुली मिस्त्री, ठेलावाला, घरमा झाडूपोछा गर्ने, घरघर डुल्दै तरकारी बेच्ने, चिया, सत्तु र फलपूmल पसल गर्ने समेत भारतीय नै बढी छन् । अरू त अरू भिख माग्नेहरूसमेत भारतीय भेटिन्छन् । यिनकै देखासिकी हाम्रा ग्रामीण क्षेत्रका महिलाहरूसमेत काखे दुधे बालक बोकेर दिनभर शहर बजारमा भिख माग्ने, साँझपख गाउँँ फर्किने गरेको देखिन्छ ।

इ–रिक्साचालक, टमटम चलाउनेहरू पनि अधिकतर भारतीय छन् । अब कति लेखौं यस्ताको अवैध प्रवेशले तराईमा स्थानीयले रोजगार पाउन छाडेका छन् । नेपालकै दुर्गम कर्णालीमा समेत २००० को हाराहारीमा भारतीयहरूले टाकटुके काम गर्न थालेको जानकारीमा आएको छ । भन्दा लाज लाग्छ, एउटा ताजा सर्भे अनुसार जति सङ्ख्यामा नेपालीहरू नेपालमा सरकारी गैरसरकारी प्रतिष्ठानमा कार्यरत छन् झन्डै त्यसकै हाराहारी भारतीयहरू नेपालमा कार्यरत रहेको चिन्ताजनक अवस्था छ रे ।

भारतमा काम नपाएर नेपालको जाजरकोट छिरेका एकजना एमबिएस पास गरेका भारतीयले त्यहाँ सैलुन (कपाल काट्ने) पसल खोलेको र घरपरिवार धानेको भारतमा बिल्कुलै रोजगार नभएको कुरा टेलिभिजनबाट भन्दै थिए । भोकभोकै पटुका बाँधेर बस्ने अवस्थामा पुगेका उनले ‘मेरे लिए नेपाल महान है’ समेत भने । लेखाजोखा राख्ने बेला भइसक्यो नेपालमा कति सङ्ख्यामा भारतीय बेरोजगारले रोजगार पाएका छन्् भनेर । बिहार, उत्तर प्रदेश, मध्य प्रदेश र दक्षिण भारतमा गरीब बेरोजगारीहरूका लागि सजिलो गन्तव्य बनेको छ नेपाल । मजदूर स्तरका बढी र व्यापार गर्ने मध्यम स्तरमा यहाँ भित्रिएका छन्् र स्थायी बसोवास गर्ने चक्करमा छन् । पापी पेटका सवाल है ।

शानदार शून्य सिट

माघ ११ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले शून्य सिटमा झर्ने भएको छ । हातमा दिए पनि ठीक पातमा दिए पनि ठीक भन्दै ओलीले गठबन्धनवालाहरूसँग केही सिटको याचना गर्दा लोप्पा खानुप¥यो । प्रमुख प्रतिपक्षी दलले सत्ताधारीसँग सिटको अनुनयविनय गर्दा एमाले अब कसरी प्रमुख प्रतिपक्षी रह्यो ? लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ ओलीले साबित गरेका छन्् । २०५४ सालमा वामदेव गौतमले एमाले फुटाएर माले गठन गरे । तर २०५६ को आम निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन । संसद्मा शून्य सिटमा झरेका माले र वामदेवलाई मँुहफट ओलीले शानदार शून्य सिट भनेर खिल्ली उडाउँथे । राष्ट्रियसभाको १९ सिटमा एउटा पनि नजित्ने एमालेलाई अचेल माधव नेपालहरूले शानदार शून्य सीट भनेर हाँसोको पात्र बनाएको देख्दा कहिले सासूको पालो, कहिले बुहारीको पालो भन्ने उखान याद आउन थालेको छ । सबैलाई थाहा छ एमालेको बेलगाम घोडा ओली हुन् । प्रचण्डलाई रिझाएर राष्ट्रियसभामा केही सिट जित्ने ओलीको सपना भुसुना पार्टीका माधव नेपालले पूm गरिदिए । मरता क्या नहीं करता को अवस्थामा कमजोर कार्यकर्ताहरूलाई उम्मेदवार बनाई बलिको बकरा बनाउँदै छन् ओली । ओलीको ओछा हर्कत देख्दा उनलाई नेता होइन व्यङ्ग शिरोमणि भन्न मन लाग्छ । कुनै बेला संसद्मा आपूmलाई दुर्ईतिहाईको प्रधानमन्त्री भन्ने ओली र एमालेको अवस्था भविष्यमा संसद्मा प्रजापरिषद्जस्तै हुने सङ्केत देखिन थालेको छ । जोकडई गरेर नेता होइन, हास्य कलाकार कहलिन्छ ।

आफू खुशी लगानी गर्ने इजाजत

भनिन्छ भारतलाई रिझाउन र आप्mनो कुर्सीको आयु लम्ब्याउन प्रचण्डले भारतलाई मनमौजी लगानी गर्ने लाइसेन्स दिएका छन् । सूर्यबहादुरको पालामा सानो रकम (३ करोड) बाट शुरू भएको यो कार्यक्रमलाई भारतमुखी भनिने बाबुरामले (५ करोड) बनाए अनि नवभारतभक्त हनुमान प्रचण्डले समानान्तर सरकार चलाउने छुट दिंदै २० करोड पु-याए । महŒवपूर्ण निर्णय गर्दा हाम्रा प्रधानमन्त्रीहरूले मन्त्रिमण्डल आप्mनै पार्टी र जनतासँग छलफल नै नगरी हठात् भारतको घाँटी र मेरो घाँटी एउटै हो जस्ता आत्मघाती आलोचनात्मक निर्णय गर्दछन् । अचेल भारतले नेपालको आन्तरिक मामिलामा यस्तै चोर बाटोबाट प्रभाव र प्रवेश गर्न थालेको छ । दीर्घ जीवनको आशिष दिंदा शतायु भवः भनिन्छ । शायद प्रचण्डहरू यस्ता काम गरेर खस्ता हालतमा पुगेको गठबन्धनको सरकारको आयु लम्ब्याउन गठबन्धन सरकारलाई अजर अमर बनाउन भारतलाई भगवान बनाउन खोजिरहेका छन् । स्मरण रहोस् महेन्द्रकालमा स्वयं महेन्द्रले भारतलाई नेपालको लाइफलाइन मानिने पथलैया–ढल्केवर सडकखण्ड बनाइदिन अनुरोध गर्दा इन्दिरा गाँधीले हाकाहाकी विरोध गर्न थालेपछि विकासप्रेमी राजाले रूसलाई फकाएर समस्या दर्शाएर पूर्व–पश्चिम राजमार्ग निर्माण गरेका थिए । भारतको नेपालप्रतिको कोपभाजनपूर्ण बदनियतपूर्ण इतिहास रहेको कुरा प्रचण्डले कसरी बुझ पचाएर बसेको हो ? के सत्ता नै यिनका लागि सर्वाेपरि हो ? प्रचण्डले पटकपटक नौलो र नयाँ शैलीमा काम गर्छु भन्ने पहिलो उदाहरण बनेको छ यो २० करोड ?

साइकल लेन

धनगढी उपमहानगरपालिकाले नेपालमैं १४ किलोमिटर लामो छुट्टै साइकल लेन सडक जम्मा रु ४४ लाख ९१ हजार ४२१ मा बनाएर देशैभरि चर्चा बटुलेको छ । सडकको दायाँबायाँ बनेको साइकल लेनमा साइकल गुडाएर त्यहाँका मेयर समेतले ठूलै चर्चा बटुले । यो साइकल लेनको नाम नै साइकल सरर्र राखिएको छ । नेपालको सवारी साधनमध्ये साइकल सबैभन्दा पुरानो र भरपर्दाे यातायातको साधन हो । जवानामा धनाढ्यहरूको शान रहेको साइकल अचेल गरीबहरूको सवारी साधन र जीविकोपार्जनको साधन पनि हो । यो साइकल लेनले त्यहाँ दुर्घटना घट्ने र जाम हट्ने पक्कापक्की छ । साइकल यात्रीको सुरक्षाका खातिर निर्मित यो साइकल लेनमा साइकल यात्रीको अधिकार सुरक्षित रहन्छ । यस अघि ललितपुर महानगरपालिकाले थोरै साइकल लेन निर्माण गरेको देखिन्छ । हाम्रो वीरगंजमा त अचेल पूmटपाथसम्म ढाकेर पसल, कवल सञ्चालनमा छन्् यहाँ साइकिलपथको कल्पना नै गर्न सकिंदैन । मीना बजार अगाडिको दुर्ई नम्बर रोड र घण्टाघरदेखि माईस्थान महावीरस्थान जस्ता चलनचल्तीको मेनरोडमा नालामाथि नालापारीसमेत ढाकेर स्थायी पसलेहरूले दोकानदारी गर्ने छुट पाएका छन् । बटुवालाई पूmटपाथ छलेर सडकबाट हिंड्नुपर्ने बाध्यता छ । यहाँका अटेरी व्यापारी र लाटोकोसेरो बनेको महानगरपालिकाको रवैया देख्दा जैसन गुरू वैसन चेला, दुनु नरक में ठेलम ठेला भन्न मन लाग्छ । राजाको अभिनन्दनमा आदर्शनगर रङ्गशाला उपलब्ध नगराइदिंदा लालबङ्गलाको साँघुरो स्थानमा कार्यक्रम गर्ने चर्चाले महानगर गर्माएको छ ।

लियोन मेसी र जर्सी नम्बर १०

गत वर्षको विश्वकप पूmटबल विजेता अर्जेन्टिनाका स्टार पूmटबलर हुन् लियोन मेसी । उनी सधैं जर्सी नम्बर १० लगाएर खेल्छन् । लियोन मेसीले अन्तर्राष्ट्रिय फूटबलबाट बिदाई लिएमा उनको सम्मानमा जर्सी नम्बर १० लाई पनि बिदाई गर्ने रे । अर्थात् उनले पूmटबलबाट सन्न्यास लिने घोषणा गरेपछि अर्जेन्टिनाको कुनै पनि खेलाडीले १० नम्बर जर्सी प्रयोग गर्न नपाउने । १० नम्बर जर्सी मेसीसँगै बिदाईमा पर्ने त्यहाँको सरकारको निर्णयको धेरैले थपडी बजाएर समर्थन गरे, धेरैले घोर विरोध गरे । त्यहाँका पूmटबलप्रेमीहरू अहिले जर्सी नम्बर १० को समेत बिदाईको पक्ष विपक्षमा वकालत गर्न थालेका छन् । विपक्षीका अनुसार यो निर्णयलाई अर्जेन्टिनामा भविष्यमा मेसीजस्तो पूmटबलर नजन्मिने सन्देश गएको छ, जुन असान्दर्भिक हो । त्यहाँका पुराना वल्र्डकप विजेता स्व. म्याराडोना पनि मेसीभन्दा राम्रा पूmटबलर थिए । उनको सम्मानमा किन यस्तो असहज निर्णय गरिएन ? मेसीको सम्मानमा जर्सी नम्बर १० को बिदाई म्याराडोनाको अपमान हो रे । अब यस्ता कुरा पूmटबलर र पूmटबलप्रेमी नै जानून् हामीले किन टाउको दुःखाउने ?

सन् २०२४ मा विश्वका करीब पाँच दर्शन शक्तिशाली र शक्तिहीन मुलुकहरूमा आम निर्वाचन हुँदैछ । हाम्रो छिमेकी बङ्गलादेशमा प्रतिपक्षीविहीन निर्वाचनको चर्चाले विश्व नै चकित छ । अमेरिका र रूसको निर्वाचनको चर्चा छ । ट्रम्प, पुटिन र शेख हसिनाको चर्चा बहुचर्चाको अगाडि मेसीको जर्सी र त्यहाँका फूटबलरहरूको पक्ष विपक्षमा पुड्को साबित हुने नै भयो ।

पानीः गत वर्ष वीरगंज आसपासका क्षेत्रहरूमा भूजलको स्तर खस्किंदै तल–तल जान थालेपछि यस क्षेत्रका बासिन्दा काकाकूल बनेर पानीको लागि दरदर भटकेको सबैलाई थाहै छ । त्यतिखेर सरोकारवालाहरूले झारातिरुवा किसिमले राजनीतिक लाभहेतु अस्थायी र काम चलाउ धारापानीको व्यवस्था गरेर पल्लु झारेको पनि सत्य नै हो । यसपालि बितेको गर्मी र वर्तमान जाडोमा समेत एक थोपा वर्षा भएको छैन र पानीको समस्या केही दिनपछि विकराल र भयावह हुने पूर्वानुमान गर्न थालिएको छ । तर जब भयो राति तब बूढी ताती स्तरका पालिकाहरू अझैसम्म आप्mनो कुम्भकर्णे निद्राबाट जागेका छैनन् । भूजल अर्थात् जमीनमुनिको पानीको स्तर तल–तल र झन्झन्मुनि जान नदिन झील, ताल पोखरीमा पानी जम्मा गर्नुपर्ने, नदीनालाबाट बालुवा, गिट्टी, पत्थर झिक्न नहुने, पोखरी, तलाउको सङ्ख्या बढाउनुपर्नेमा हाम्रोतिर ठीकविपरीत भइरहेको छ । सिमसार क्षेत्र पनि भूजल ठीक स्थानमा राख्ने अचुक अस्त्र हो तर यहाँ सिमसार क्षेत्रसमेत अतिक्रमणमा पर्दै आएको विदितै छ । जमीनमुनिको पानी हाम्रै गैरजिम्मेवारीपनाले सुक्दै गएको मात्र होइन, दूषित र विषाक्त समेत भइरहेको भूगर्भविद्हरू बताउँछन् । पानीको मुहान मानिने श्रीसिया नदीहरू प्रदूषित छन् । पोखरीहरू डम्पिङ साइटमा परिणत भएका छन् । खेतमा बालीनाली सपार्ने नाममा अत्यधिक विषादि प्रयोग हुँदैछ । यस्ता विषादि र प्रदूषण भूजल (जमीनमुनि, जमीनको गर्भमा रहेको पानी)मा मिसिनाले तलको विषाक्त पानी पिउनाले हामी थुप्रै रोगव्याधिको शिकार बन्दैछौं । यस्ता गहन कुराबारे हामी जानकार छैनौं । पालिकाहरूले पानीका लागि बजेट छुट्याउने, सरकारले पानी बजेट बनाउनुपर्नेबारे कुनै चासो देखाएको छैन । शुद्ध पिउनेपानी नारा र प्रचारमा सीमित छ, जीरो छ । अचेल नेपाल जस्तो सानो मुलुकमा समेत भूजलको व्यापक दोहन चिन्ताजनक छ । दश–बीस तले भवन, ठूला मल, होटेल, फ्याक्ट्री, कलकारखानाहरूले पानीको अति दोहन गर्दा चापाकलमा पानी नै नआउने देखिन्छ ।

मान्नुस्–नमान्नुस् भूजल पातालमा पुग्दैछ । त्यसैले अति दोहन रोक्न जरूरी छ । विदेशमा त कम र न्यून पानी खपत हुने बालीनाली लगाउने चलन छ । पानी धेरै खपत हुने बालीनाली, शहर बाहिर पानी सुविधा भएको ग्रामीण क्षेत्रलाई रोजिन्छ । पानीको स्टक जमीनमुनि घट्दै गएको कुरा वैज्ञानिकहरूले बताउँदै आएका छन् । त्यसैले आउँदो दिनमा पानी र प्यासले कोही नमरून् भन्ने चाहना राख्ने हो भने नदी तलाउलाई प्रदूषण मुक्त र सफा राखौं पोखरीको सङ्ख्या बढाऔं । चोरको खुट्टा काट्भन्दा चोरले खुट्टा तानेझैं व्यवहार नदेखाऔं । पालिका सरकार अहिलेदेखि नै पानीको जोहोमा लागौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here