जाडो होस् या गर्मी, हरेक व्यक्तिले बिहान घुमफिर अथवा व्यायाम गर्नुपर्छ । चिकित्सकदेखि स्वास्थ्य विज्ञहरूको भनाइ छ, तपाईं आप्mनो शरीरलाई जति सक्रिय राख्नुहुन्छ, त्यतिकै बिरामीबाट टाढा रहन सक्नुहुन्छ ।
प्रातःकाल भ्रमणका धेरै फाइदा छन् । बिहानको घुमफिर यस कारण जरुरी छ किनभने यसबाट शरीरमा जम्मा खराब र अतिरिक्त कोलेस्ट्रोल बाहिर निस्किन्छ । घुमफिरमा मांसपेशीको धेरै प्रयोग हुन्छ । बिहानको लामो भ्रमणको दौरान शरीरमा पानीको कमी हुन सक्छ । यसै कारण शरीरमा पानीको कमी हुन दिनुहुँदैन । यस्तोमा सबैभन्दा जरुरी कुरा यो हो कि तपाईं बिहानको भ्रमण गर्नुभन्दा पहिले केही विशेष कुराहरू ध्यानमा राख्नुपर्छ, नत्र धेरै पैदल हिंड्दा तपाईंलाई नोक्सान पनि पुग्न सक्छ ।
बिहानको भ्रमणमा जानुभन्दा पहिले आप्mनो पेट पूर्णरूपले सफा राख्नुपर्छ । किनभने यदि पेट सफा रहेन भने कब्जको स्थिति रहिरहन्छ । शरीरको गर्मीले तपाईंको पेटमा कब्ज पैदा गर्न सक्छ । यसले तपाईंको मल त्यागलाई पनि प्रभावित बनाउन सक्छ । बिहानको भ्रमणमा जानुभन्दा पहिले धेरै पानी पिउनुपर्छ, जसले तपाईंको शरीर डिहाइड्रेट नहोस् र मांसपेशी बलियो रहोस् । तपाईंको शरीर ऊर्जाले भरपूर रहिरहोस् र हिंड्दा आराम अनुभव होस् । यसबाट बिहानको भ्रमणको दौरान शरीरमा अकडन र मांसपेशीमा दुःखाइ हुँदैन । प्रातःभ्रमणको दौरान स्ट्रेचिङ एक्सरसाइज गरौं । जसबाट रक्तसञ्चार बढ्छ र हिंड्ने क्षमता पनि बढ्छ । बिहानको भ्रमण गर्नुभन्दा पहिले माथि बताइएका कुरामा विशेष ध्यान दिनुपर्छ ।