• कुमारबन्धु रुपाखेती

दुब्लाउँदै नेपाली दैनिक पत्रपत्रिका

मुलुकको आर्थिक मन्दीसँगै नेपाली दैनिक खबर पत्रिकाहरू दुब्लाउन थालेका छन । पन्ना घट्न थालेका छन् । नेपालकै लोकप्रिय दैनिक कान्तिपुर आजकाल चार पाना अर्थात् आठ पेजमा सीमित भएको देखिन्छ । र अन्य राष्ट्रिय दैनिकहरूसमेत खबर नपाएर हो अथवा आर्थिक मन्दीको मारले हो, पेज घटाउन बाध्य देखिन्छन् । कुनै बखत देशी–विदेशी समाचार पनि पढ्न पाउने र पढ्नसमेत बढी हुने भएकाले अधिकांशको पहिलो रोजाइ एकताका कान्तिपुर दैनिक नै थियो । महीनाभरि पढेर जम्मा गरेको कान्तिपुर कबाडमा बिक्री गर्दा आधा मूल्य उठ्ने कुरा केही पाठकहरूले बताए तर अचेल दुब्लाएको कान्तिपुर तीन महीना पढेर जम्मा गर्दासमेत आधा रकम पनि सङ्कलन नहुने कान्तिपुरका पाठकहरू बताउँछन् । स्मरणीय छ, अधिकांश दैनिक पत्रपत्रिकाका पाठक घरमा थुप्रिएका पुराना पत्रिकाहरू मासिकरूपमा कबाडीलाई बेच्ने गर्छन् । कुनै बखत वीरगंजका पत्रपत्रिका गृहहरूमा कान्तिपुर दैनिक हाराहारी साढे तीन हजार प्रति आउँथ्यो । अचेल वीरगंजका सबै पत्रिका विक्रेताहरूका पसलमा जम्माजम्मी ७०० प्रति मात्र कान्तिपुर आउने गरेको छ । कान्तिपुर नेपालमा सबैभन्दा बढी बिक्ने दैनिक पत्रिका हो । अचेल यसको पनि हालत खस्ता छ ।

त्यस्तै, वीरगंजमा पनि स्थानीय दैनिकको हालत झनै बेहाल छ । पत्रपत्रिकाको आयस्रोतको मेरुदण्ड विज्ञापन नै हो तर अचेल यहाँका स्थानीय दैनिक पत्रिका विज्ञापनका मोहताज देखिन्छन् । स्थानीय उद्योगी, व्यापारी, सरकारी, गैरसरकारी कार्यालयहरूसमेत विज्ञापनका लागि काठमाडौंका पत्रपत्रिकाहरूलाई प्राथमिकता दिन्छन् । वीरगंज महानगरले बा¥है मौसम जनहितमा जारी विज्ञापन स्थानीय पत्रपत्रिकालाई बाँडे पनि स्थानीय लोकप्रिय प्रतीक दैनिकले त्यसमा लोभ गरेको छैन । स्मरणीय छ, रक्सौल र वीरगंजका आधा दर्जन जति हकरले बिहारका हिन्दुस्तान दैनिकलगायत करीब एक हजार पत्रपत्रिका एकाबिहानैदेखि वीरगंजमा वितरण गर्छन् । किन हो कुन्नि, अचेल नेपाली दैनिकभन्दा हिन्दुस्तान, दैनिक जागरण, प्रभात खबर पढ्नेहरू यहाँ बढ्दै छन् ।

गोर्खा भर्ती केन्द्र र महानगर भर्ती केन्द्र

भनिन्छ, लाहुरेको जागीर खान भर्ती हुन बरु गोर्खा भर्ती केन्द्र जानु, महानगरपालिका वीरगंजमा भर्ती नहुनु रे । हुन पनि हो भर्ना र निष्कासन महानगरपालिका वीरगंजको लागि ‘चुहे–बिल्ली’को खेल बनेको छ । कहिले कर्मचारी कहिले नगर प्रहरी यिनको अचानोको शिकार बनेका छन् भने रीत नपु¥याइएको विज्ञापनको भरमा महानगरको राहत र स्वयंसेवक शिक्षकमा उत्तीर्ण भई आधा तलबमा जागीर खाएकाहरूको बिल्लबाठ गर्दै यही पुस १ गतेदेखि लागू हुनेगरी निष्कासन गरेको छ । जथाभावी काम गर्ने नगरप्रमुखले धेरैको भरोसा र विश्वास तोड्दै घरको चुलो सुनसान पार्दै आएका छन् । नगरप्रमुख राजेशमान सिंहले राम्रो गर्न खोजे पनि नराम्रो हुँदै गएको देख्दा मलाई गुलजारको शायरी याद आउँछ । शायरीले भन्छ–

पता नहीं
किस कलम से
किस्मत लिखी है मेयर‘साब की
कोशिश करते हैं
तब तब उन्हें एक नयाँ
दर्द मिलता है ।

डी कम्पनी

लामो समयदेखि भारत सरकारको टाउको दुःखाइ बनेका छन्, दाउद इब्राहिम । अन्डरवल्र्डका सदाबहार चर्चामा आउने व्यक्ति दाउद नै हुन् । अनि भारतको ‘मोस्ट वान्टेड’ सूचीका अपराधी पनि । उनी ‘डी’ कम्पनीका सर्वेसर्वा हुन् । उनको कम्पनीले हत्यादेखि लागूऔषधसम्मका सबै अवैध कारोबार गर्छ । अमेरिका र भारतले उनको टाउकोको मूल्य अढाई करोड डलर तोकेको छ । कुनै बखत दाउद ओसामा बिन लादेनका खासमखास थिए । अमेरिकाले ओसामालाई खोजेर पाकिस्तानमा मारिदिए पनि त्यही रहेका दाउदलाई अमेरिकाले जीवनदान दिएको देखिन्छ । अस्ति कराँची अस्पतालमा भर्ना हुँदा दाउदलाई विष दिने असफल प्रयास हुँदा उनी मरेको हल्ला चल्यो, भारतमा ठूलै चर्चा भयो । भनिन्छ, दाउदको संसारका २६ मुलुकमा नेटवर्क छ, नेपालमा पनि । उनको सबैभन्दा बढी सम्पत्ति दुबईमा छ र दाउद बेहिसाब सम्पत्तिका मालिक हुन् । भारतमा भएका दाउदका सबै सम्पत्ति जफत गरिएको छ र दाउदका नाता, सम्बन्धी र कार्यकर्तालाई भारतमा अक्सर कडा सोधपूछ गरिन्छ । भनिन्छ, संसारकै ग्याङस्टरमध्ये दाउद सबैभन्दा धनी र चर्चामा रहन्छन् । उनी झन्डै चार दशकदेखि कुख्यातीका लागि चर्चामा छन् ।

भारत सधैं दाउदको निशानामा पर्ने देश हो । अचेल बूढो भएर दुबई छोडी पाकिस्तानमा बस्न थालेपछि दाउद दुर्ई शामको नमाजी अर्थात् साँझ–बिहान नमाज पढ्ने साधारण जीवन बिताउन थालेपछि उनका सहयोगीहरू नै उनीप्रति सशङ्कित र दुश्मन बन्न थालेका छन् ।

पद्मश्री फिर्ता

भारतको कुश्ती सङ्घ अर्थात् (डब्लुएफआई) पूर्वअध्यक्ष बृजभूषण सिंहका चलते बदनाम छ । उनीमाथि महिला पहलवानको यौन शोषण गर्ने गरेको आरोप छ । उनी भारतीय जनता पार्टीका कार्यकर्ता र सांसद पनि हुन् । ठूलो विरोधपछि अध्यक्षको पदमा उनले आप्mनो चम्चा सञ्जय सिंहलाई विजयी गराएपछि ख्यातिप्राप्त भारतीय पहलवानहरूले विरोधस्वरूप प्राप्त सबै ठूला पुरस्कार फिर्ता गरेका छन् । नामीगिरामी पहलवान वीरेन्द्र सिंह गुङ्गा पहलवान, साक्षी मलिक, बजरङ्गपुनिया आदिले पहलवानीबाट संन्यास र सबै पदक फिर्ता गर्दैछन् । पद्मश्री भारतीय नागरिकले पाउने चौथो ठूलो पुरस्कार हो । आफूले पाएको पद्मश्री र अन्य ठूला पुरस्कारसहित फिर्ता गर्न मोदीमहल दिल्ली पुगेका पहलवानहरूलाई सुरक्षाकर्मीले प्रधानमन्त्री निवासमा पस्न नदिंदा पद्मश्रीलगायत महŒवपूर्ण पुरस्कार र पदकहरू सडकछेउ पूmटपाथमा छोडेर पहलवानीहरू फर्किए । यसले भारतमा अहिले तहलका मचाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here