जाडोको मौसममा शरीरको प्रतिरोधक क्षमता कमजोर हुन थाल्छ । यसै कारण धेरैले स्वास्थ्यसम्बन्धी समस्या सामना गर्नुपर्छ । विशेषगरी बालबालिकाको इम्युनिटी कमजोर हुन्छ र उनीहरू विभिन्न रोगबाट ग्रसित हुन्छन् । चीसो मौसममा साससम्बन्धी रोग बढी लाग्छ । घाँटी खसखसाउने, नाकबाट सिंगान बग्ने, रुघाखोकीजस्ता लक्षणको सामना गर्नुपर्छ । कसैकसैलाई थकान र सुस्ती पनि महसूस हुन्छ । जाडोको मौसममा विशेषगरी बालबालिकाहरूलाई साससम्बन्धी रोग लाग्न सक्छ ।
१) ब्रोन्कियोलाइटिसः यदि जाडोको मौसममा बच्चालाई पटकपटक रुघाखोकी हुन्छ भने यो ब्रोन्कियोलाइटिसको सङ्केत हुन सक्छ । ब्रोन्कियोलाइटिस शिशु र बच्चालाई प्रभावित गर्ने रोग हो, जुन फोक्सोमा वायुमार्ग सुन्निएपछि हुन्छ । यो एउटा सङ्क्रामक रोग हो, जुन हाछ्यूँ र खोकीको माध्यमबाट अरूमा सर्छ । यस स्थितिमा बच्चाको नाक बग्ने, ज्वरो, घरघराहट आदि लक्ष्Fणको सामना गर्नुपर्छ ।
२) निमोनियाः चीसो मौसममा बालबालिकाहरूलाई निमोनिया लाग्ने गर्छ । निमोनिया पनि साससम्बन्धी समस्या हो, जसले फोक्सोलाई प्रभावित गर्छ । यस स्थितिमा सास फेर्न समस्या हुन्छ । निमोनिया, ब्याक्टेरिया वा कवकको कारणले हुन सक्छ । वयस्कलाई पनि निमोनिया हुन सक्छ ।
३) अस्थमाः चीसो मौसममा अस्थमाका रोगीहरू बढ्ने गर्छन् । अस्थमा रोगले फोक्सोको वायुमार्गलाई साँघुरो गरिदिन्छ । यसबाट सास फेर्न समस्या हुन सक्छ । अस्थमाको कारण कफको समस्या हुन्छ । बच्चालाई धूलो–माटो र प्रदूषणबाट बचाउनुपर्छ ।
४) साइनसः साइनसको समस्या हरेक उमेरमा देखिन सकिन्छ । बच्चालाई पनि साइनस हुन सक्छ । साइनसमा नाक र आँखाको पछाडि हावाले भरिएको थैलीमा द्रव्य जम्मा हुन्छ । यसबाट सङ्क्रमण भएपछि टाउको दुख्ने, ज्वरो र रुघाखोकीजस्ता समस्या हुन सक्छन् । बच्चालाई साइनस भएको छ भने उचित हेरचाह गर्नुपर्छ । कसरी जोगिने ? जाडोमा बच्चाको हाइजिनको ख्याल राख्नुपर्छ । खाना खानुभन्दा पहिले हातमुख धुनुपर्छ । खोक्ने समयमा मुख ढाक्ने, चीसोबाट बचाउने, न्यानो कपडा लगाउने, पन्जा, मास्क लगाउनुपर्छ । बच्चालाई भीड भएको क्षेत्रमा जान दिनुहुँदैन । सामाजिक दूरी कायम राख्ने र उचित खानपानको व्यवस्था गर्नुपर्छ ।