• कुमारबन्धु रुपाखेती

भारतका दिवङ्गत प्रधानमन्त्रीमध्ये केही अझै पनि भारतीयहरूका मानसपटलमा जिउँदै छन् । भलामानुस भनिने यस्ता भारतीय प्रधानमन्त्रीहरूमा पहिलो जवाहरलाल नेहरूका कारनामाहरू अझै धेरैलाई मुहजवानी याद छ । त्यतिखेर केटाकेटीहरूले यिनलाई ‘चाचा नेहरू’ भन्थे । अङ्ग्रेजविरुद्ध आन्दोलनमा नेहरू परिवारका मोतीलाल नेहरू, कमला नेहरूलगायत आन्दोलनमा होमिएका थिए । महात्मा गाँधीको जोडबलमा त्यतिखेर जवाहरलाल नेहरू स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री बनेका थिए । नाथुराम गोडसेले महात्मा गाँधीलाई गोली हानी हत्या गरेपछि गाँधीलाई राष्ट्रपिताको पदवी दिइएको थियो ।

जवाहरलालकै पालामा सन् १९६२ मा भीषण भारत–चीन युद्ध हुँदा नेहरूकै सुझबुझ र प्रयासले भारततर्फ कम क्षति र युद्धविराम भएको थियो । त्यो युद्ध यति भीषण थियो कि जवारहलालको अनुरोधमा स्वरकोकिला लता मंगेशकरले ‘ए मेरे वतन के लोगों जरा आँख में भर लो पानी, जो शहीद हुए हैं उनकी जरा याद करो कुर्बानी’ भन्ने बोलको गीत गाएर राष्ट्रिय एकता जगाएकी थिइन् । अङ्ग्रेज शासन र युद्धले तितरबितर भएको भारतीय समाजलाई एकताको सूत्रमा बाँध्न नेहरूको नेतृत्व सबल रह्यो । नेहरू विभिन्न विधाका रसिक थिए । उनले छोरी इन्दिरालाई लेखेको पत्रहरूको सङ्ग्रह ‘द नेहरू लेटर्स’ हामीले उत्तिखेर कक्ष्Fा १० मा पढ्नुपथ्र्यो । नेहरूले विभिन्न मुलुकहरूसँग दौत्य सम्बन्ध कायम गरेका थिए । उनकै पालाको भारत–रूस मित्रता अझै मिसालको रूपमा कायम छ । उनका गृहमन्त्री वल्लभभाइ पटेल गरम मिजाजका थिए तर नेहरूले उनमा काबुमा राखेका थिए । यी पटेलले त छरछिमेकका नेपालजस्ता साना राष्ट्रहरूलाई भारतमा गाभ्नुपर्छ भन्थे रे । भनिन्छ नेपालको २००७ सालको राणाविरोधी मुहिममा चाचाको पनि योगदान थियो रे । नेहरू तडकभडकमा विश्वास गर्थे । त्यस्तै भारतमा छोटो समय प्रधानमन्त्री उदाएका लालबहादुर शास्त्रीलाई पनि भारतीय जनजिब्रोले अझैसम्म सम्मान दिन्छ । ‘जय जवान जय किसान’ भन्ने यिनको नारा भारतमा अझै प्रभावशाली छ । यिनी सादा र सरल व्यक्तित्वका धनी थिए । पदमा हुँदै रूस भ्रमणका बखत अकस्मात् यिनको देहावसान भएको खबर आउँदा भारतमा हडकम्प मचेको थियो । यिनको विदेश मृत्युपछि भारतमा ‘जितनी मुँह उतनी बात’ सुनिन्थ्यो । भारतमा सबैभन्दा चर्चित र विवादित महिला प्रधानमन्त्री थिइन् इन्दिरा गाँधी । इन्दिरा गाँधीलाई त्यतिखेर भारतीय विकासको जननी भनिन्थ्यो । यी भारतको कडा शासकमध्ये पर्थिन् । त्यतिखेर श्रीलङ्काकी प्रधानमन्त्री भन्डारानाइके ब्रिटिश प्रधानमन्त्री मार्गरेट थ्याचरभन्दा इन्दिराको चर्चा देश, दुनियाँमा दूरदराजसम्म थियो । यिनको समयमा नै भारतमा कृषि विकासमा कायापलट भएको ठानिन्छ । भारतीय रेल सेवालाई भारतको कुनाकाप्चासम्म पु¥याउन र मुलुकलाई एकताको सूत्रमा बाँध्न यिनको अहम् भूमिका थियो रे । विपक्षी नेताप्रति यिनी आक्रामकरूपमा प्रस्तुत हुन्थिन् । विपक्षी तह लगाउन इमर्जेन्सी लगाएपछि यिनको पतन हुन थाल्यो ।

खालिस्तानी समर्थक जरनैल सिंह भिण्डरवालेलाई मार्न यिनले ब्लूस्टार अपरेशन चलाएर पञ्जाबीहरूको धर्मस्थल स्वर्ण मन्दिरमा सैनिक परिचालन गरेपछि पञ्जाबी समुदाय यिनीसँग खासै नाराज थियो । स्वर्ण मन्दिर घटनापश्चात् उनका पञ्जाबी अङ्गरक्षकहरू सतवन्त र बेअन्त सिंहले सन् १९८४ मा यिनको हत्या गर्दा भारतमा सिख समुदायले ठूलो हानि नोक्सानी बेहोर्नुप¥यो । खालिस्तान अझै भारतको टाउको दुखाइ बनेकै छ । छेउछाउका साना मुलुकहरूलाई इन्दिराले छिर्के दाउ, हानिरहन्थिन् । नेपालका त्यतिखेरका राजा महेन्द्रले धन्य यिनको दाउपेच असफल पारिदिन्थे । यस्तै धाकधम्की र चिन्ता छल्न र आराम गर्न चितवन नारायणगढको दियालो बङ्गला आएका बखत किन्हीं कारणवश राजा महेन्द्रको देहावसान भयो । पोखराको रत्न मन्दिर र नारायणगढको दियालो बङ्गला राजा महेन्द्रको टेन्सन छल्ने र आराम फरमाउने फेभरेट स्थान थिए । यसको देखासिकी गर्दै प्रचण्डहरू रिसोर्टमा मजा लिन्छन् ।

त्यस्तै अटलबिहारी बाजपेयीसमेत भारतका चिरस्मरणीय प्रधानमन्त्री मानिन्छन् । भारतको संसद्मा यिनी सबैभन्दा बढी ४७ वर्षसम्म रहे । जवाहर, इन्दिरा, चन्द्रशेखर, पिभी नरसिंहा राव सबै कालमा यिनी सांसद थिए । दुईपटक प्रधानमन्त्री बनेका यिनको पहिलो कार्यकाल सन् १९९६ मा १३ दिन मात्र रह्यो । पुनः १९ मार्च १९९८ को दोस्रFे कार्यकाल पूरा पाँच वर्ष चलाउने पहिलो गैरकाङ्ग्रेसी नेता बने । यिनको शासनकालमा भारतीय सांसदहरूको दल फेरबदल र खरीद बिक्री उल्लेखनीय रह्यो ।

यिनी महात्मा गाँधीझैं अहिंसाका पूजारी र रहनसहन साधारण थियो । भाजपायीहरू अचेल यिनलाई राष्ट्रनायक र जननायकको बिल्ला भिराएर २०२४ को चुनावी नैया पार गर्ने प्रयास गर्दैछन् । यिनले आफ्नो जीवनकालमा पद्म विभूषण, लोकमान्य तिलक पुरस्कार, सर्वश्रेष्ठ सांसदको उपाधि र भारत रत्न पुरस्कारले सुशोभित थिए । यिनकै कार्यकालमा सन् १९९९ मा कारगीलमा भारतीय सेनाले रणकौशल देखाएको थियो । पाकिस्तानी राष्ट्रपति जनरल मुसशरफसँग यिनले कश्मीर र अन्य विवादमा हात मिलाएर कुराकानी गर्न चाहेको तर पाकिस्तानी पक्षले यो अवसर गुमाएको चर्चा भारतीय राजनैतिक वृत्तमा अझै चलिरहन्छ । निर्वाचनमा यिनको प्रभावशाली व्यक्तित्व भजाएर सन् २०२४ को चुनावलाई प्रभावित पार्न भाजपायीहरूले एउटा भारतीय टिभी च्यानलबाट ‘करिश्माई अटल’ शीर्षकको सिरियल नै चलाउने प्रचारप्रसार भइरहेको छ । स्मरणीय छ, भारतीय अधिकांश मिडिया हाउस भाजपाको सेवामा तन, मन र धनले हाजीर देखिन्छ । चन्द्रशेखर, पिभी नरसिम्हा रावहरूले संसद्मा भेट हुँदा अटललाई गुरुजी प्रणाम भन्दै सम्मान गर्दथे । विपक्षी भए पनि त्यतिखेर नौजवान रहेकाले नेहरूसमेत अटललाई भारतके प्रभावशाली युवा सांसद भनेर परिचय गराउँदथे ।

अहिले निर्वाचनको मुखमा भारतीय राजनीति तानाशाहीमा परिणत भएको छ । नयाँ संसद् भवनमा भएको गम्भीर सुरक्ष्Fा चुकको विरोध गर्ने सयकडौं विपक्षी सांसदहरूलाई भाजपाले पदबाट निलम्बन मात्र होइन, बर्खास्त नै गरेको छ । भारतीय संसदीय इतिहासमा जनप्रतिनिधिहरूको यत्रो ठूलो सङ्ख्यामा तेजोवध भएको पहिलोपटक हो । कुनै सरकारी पद र ओहदा नपाए पनि जननायक भनिने जयप्रकाशनारायणसमेत भारतमा अझै स्मरणयोग्य मानिन्छन् । इन्दिरा गाँधीलाई कमजोर पार्न, गठबन्धन गरेर भाजपालाई अगाडि ल्याउन जयप्रकाशको अहम् भूमिका रहेको कुरा काङ्ग्रेसी विपक्षी खेमा फलाकिरहन्छ ।

एक नजर यता पनि

नेपालका राजनैतिक दलमा परिवारवाद हावी हुँदै गए पनि आफूहरू समाजवादी रहेको क्रिम पाउडर घस्न दलहरू सक्रिय छन् । अहिले दलको अगाडि, पछाडि समाजवादी टाइटल राख्ने र भित्रभित्रै समाजवाद बन्धक र परिवारवाद सक्रिय छ । सर्वहारा क्रान्तिकारी नेता प्रचण्डकी नातिनीको राजसी ठाटबाठको वैवाहिक रमिता देखिहाल्यौं । नातिनीको तामझामपूर्ण राजसी विवाहपछि अब नेपाली जनता ठुटे राजा शेरबहादुर देउवाका नवयुवराज जयबहादुर देउवाको शुभविवाह पर्खेर बसेको छ । त्यस्तै केपी ओली बाले समेत हामीलाई आफ्नो चौरासी–नेवारी भाषामा जंकु, राजसी पाराले मनाउने हल्लीखल्ली छ । भ्रम छर्न खप्पीस केही राजनैतिक दलहरू मिलेर समाजवादी मोर्चाको पसल नै खोलेको देखिन्छ । जनतामा जाने भन्दै एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, माधव नेपालको पार्टीले जनताको आँखामा छारो हाल्ने भन्दै ‘खोदा पहाड निकला चुहा’ झैं नाम बडे और दर्शन छोटे स्तरको हिंडाइ अभियान नै थालेको देखिन्छ ।

यता राजा ज्ञानेन्द्रको अभिनन्दन यही पुसको अन्त्यतिर वीरगंजमा भन्दै पुराना काङ्ग्रेसी (नव राजावादी) देवेन्द्रलाल नेपाली र खाँटी पुराना राजावादी तातेका छन् । अचम्म छ बा १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here