- कुमारबन्धु रुपाखेती
एकताका मोदीको मुखमा ‘मेक इन इन्डिया’ झुन्डिएको थियो । भाजपाको विपक्ष्Fी राजनैतिक दलहरूले आफ्नो गठबन्धनको नाम ‘इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स ‘INDIA’ राखेपछि मोदी एन्ड कम्पनीलाई इन्डिया नामसँग नफरत र डर लाग्न थालेको छ । त्यसैले त जी २० सम्मेलनमा उनले प्रेसिडेन्ट अफ भारत भन्दै राष्ट्रपति मुर्मुलाई र आफूलाई प्राइमिनिस्टर अफ भारत भने ।
रूस र चीनका राष्ट्रध्यक्ष्Fहरू अनुपस्थित जी २० सम्मेलनलाई विश्वले असफल भने पनि मोदी सफल भन्दै आगामी निर्वाचन प्रभावित पार्ने असफल प्रयास गर्दैछन् । जी २० सम्मेलनमा कतिपय विदेशी सहभागीहरूलाई इन्डियाको सट्टा भारत शब्द प्रयोग गरिएकोमा आश्चर्य लागेको रहेछ । विदेशमा भारत होइन, इन्डिया भनेर चिनिन्छ । त्यसो त इन्डियालाई भारत र हिन्दुस्तान पनि भनिन्छ तर दुनियाँले इन्डिया भनेरै चिन्दछ । भारत स्वतन्त्र भएको ७५ वर्ष भयो । मोदी २०१४ देखि सत्तामा छन् । अहिले आएर इन्डिया अङ्ग्रेजले दिएको नाम हो भन्ने ज्ञान प्राप्त हुनु उदेकपूर्ण छ ।
वास्तवमा मोदी विपक्षी गठबन्धन इन्डियासँग डराएका हुन् र ‘हरुवा गोरुको छेरुवा दाउ’ भनेझैं भारत–भारत जप्न थालेका छन् । दुई कित्तामा विभाजित भारतका विद्वान्हरूले यति जाबो कुरामा महाभारत नै सृजना गरेका छन् ।
भारतीय संविधानको प्रथम अनुच्छेदमा देशको नाम इन्डिया र भारत दुवै अङ्गीकार गरिएको छ । राजनैतिक पसन्द र नापसन्दका कारण संविधानकै तौहिन गर्न मोदीहरू सक्रिय छन् । २०२४ मा हुने लोकसभा निर्वाचनमा मुद्दाविहीन भएपछि कट्टर राष्ट्रभक्त देखिन मोदीले भारत नामको सुगा रटाइ गर्न थालेका हुन् । इन्डिया थुप्रै धर्मावलम्बीहरूको घर हो, तर १५ प्रतिशत अन्य धर्मावलम्बीहरूबाट ८५ प्रतिशत हिन्दूहरूलाई खतरा भन्दै हास्यास्पद भाषण ठोक्न थालेका छन् । विपक्ष्Fी गठबन्धन ‘इन्डिया’लाई उनी सनातन धर्मविरोधी करार गर्न हरसम्भव प्रयत्नशील छन् । आम निर्वाचनको ठीक अघि विवादित श्रीराम मन्दिर बनाएर हिन्दू भोट तान्न भरमग्दुर प्रयास गर्दैछन् । तर इन्डियन अर्थशास्त्रीहरूका अनुसार सन् २०१४ सम्म विदेशी ऋण ५५ हजार करोड मात्र भएकोमा मोदीकालमा यो ऋण अहिले १४५ हजार करोडभन्दा माथि पुगेको छ । साम्प्रदायिकता भड्काउन भाजपा खप्पिस मानिन्छ । गुजरातको मुख्यमन्त्री हुँदा मोदीकालमा भएको साम्प्रदायिक दङ्गा सम्झँदा मानिसको आङ सिरिङ हुन्छ ।
उता मोदी–विपक्षी गठबन्धन इन्डियाले आफ्नो नेता चयन गर्न नसकेर कमजोरी देखाएको छ । राहुल गाँधी र नीतीशकुमार गठबन्धनको मुखिया बन्न हानथाप गर्दैछन् र नीतीशकुमारलाई गठबन्धनको नेता, भावी प्रधानमन्त्री घोषणा गर्न लालूप्रसाद यादव हात धोएर लागेका छन्, किनकि नीतीशको पदोन्नति भए आफ्नो छोरालाई बिहारको मुख्यमन्त्री बनाउने लालूको दाउ छ । चुनावका बखत इन्डियामा ‘बाल का खाल’ तान्ने गरिन्छ र यो मामिलामा भाजपा माहिर छ । गेट वे अफ इन्डियालाई अचेल भारत–द्वार भनिन्छ । इन्डियामा अल्पसङ्ख्यकलाई ज्यान जोगाउन धौधौ छ, केही समय अघि मणिपुर र त्यस अघि दिल्लीमा देखिएकै हो । यस्तो लाग्छ मुस्लिम त त्यहाँका दोस्रो दर्जाका नागरिक हुन् ।
भारतीय सिनेमा जगत्ले विगतदेखि नै ‘हिन्दुस्तान, इन्डिया र भारत’ प्रयोग गर्दै आइरहेकोमा बलेको आगो ताप्दै अक्षयकुमारले आफ्नो फिल्म ‘द ग्रेट इन्डिया रेस्क्यू’ को नाम परिवर्तन गरेर ‘द ग्रेट भारत रेस्क्यू’ राखे, अमिताभ बच्चनले आफ्नो फेसबूक एकाउन्टमा ‘भारत माताकी जय’ लेखे अर्थात् आफूलाई मोदी पक्षधर साबित गरे । स्मरणीय छ अक्षयकुमार अस्ट्रेलियन नागरिक हुन् । भारतका केन्द्रीयमन्त्री अमित शाह त एक कदम अगाडि बढ्दै–‘प्रधानमन्त्री पद पर कोइ भैकेन्सी नहीं है’ भन्दै ठाडै मोदीको पैरवी गरे । विपक्षी गठबन्धनलाई पानी र तेलको मिलन भने ।
भारतीय संविधानले सर्वधर्म समभाव भन्छ तर सत्तासीन भाजपा यसको ठीक विपरीत छ । भूmट बोल्न मोदी माहिर मानिन्छन् । जनकपुर आउँदा जनकपुरको विकासको लागि सय करोड दिने भाषण ठोके, जुन अहिलेसम्म उधारो छ, ‘गौतम बुद्ध भारत के हैं’ भन्न तनिक लाज मान्दैनन् । देशमा जातीयता फैलाउने तŒव भारतमा सत्ताभित्र र बाहिर थुप्रै छन् । चुनावको बेला मुलुकमा नफरतको माहौल बनाउने, धर्मको नाममा जहर घोल्ने तŒवहरू सत्ताको राप र धापमा निकै चलायमान हुन्छन् ।
तर यसपालि दुई दर्जनभन्दा बढी दलहरू महागठबन्धन बनाएर भाजपाविरुद्ध गोलबन्द भएकाले मोदी निकै अप्ठ्यारोमा छन् । सके गठबन्धन भत्काउने, नसके धर्मको नाममा अथवा साम, दाम, दण्ड, भेद प्रयोग गरेर भए पनि सत्तामा आउन भाजपा कटिबद्ध छन् । केही समय अघि ‘मोदी थर भएका सबै ठग’ भन्ने राहुल गाँधीको सांसद पद खोस्ने प्रयास भएकै हो । यही सेरोफेरोमा यता हाम्रो सीमा क्षेत्र चहार्दा मैले इन्डिया भन्ने बढी पाएँ । एउटा गीत नै छ–ये है इन्डिया, ये मेरा इन्डिया । यही इन्डिया र भारतको घरझगडामा मोदीको ‘लोटिया गोल’ हुने देखिन्छ, गेरूवा वस्त्र ध्वस्त हुने देखिन्छ ।