चीसो बढेसँगै शरीरको तापक्रम पनि घट्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर चीसोबाट बच्नको लागि शरीरले सबैभन्दा पहिले आन्तरिक तापक्रमलाई आवश्यक अङ्गहरूमा स्थानान्तरण गर्छ, जसका कारण बाहिरी अङ्गहरूमा तापक्रम कम रहन्छ ।
यस्तो अवस्थामा शरीरलाई बाहिरबाट न्यानो राख्ने उपायहरू के के छन् ? वास्तवमा यदि शरीरमा ऊर्जा सहीरूपमा उत्पादन हुन्छ भने चीसोको प्रभाव कम हुन्छ । ऊर्जाको कमी भएमा चीसोको प्रभाव बढ्छ । त्यसो भए ती खानेकुराहरू के हुन्, जसले शरीरलाई भित्रबाट तातो बनाउँछ ? यस विषयमा जानौं–
जाडोमा न्यानोपन ल्याउने खानेकुराहरू
१) जरायुक्त तरकारी– जाडोमा जरायुक्त तरकारी खाँदा धेरै फाइदा हुन्छ । तिनीहरूले शरीरमा मेटाबोलिज्म बढाउँछन्, जसले छिटो ऊर्जा उत्पादन गर्छ र शरीरलाई न्यानो राख्छ । अर्कोतर्फ यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ । जरायुक्त तरकारीमा जाडोमा प्रशस्त मात्रामा पाइने मूला, गाजर, सलगम, चुकन्दर, आलु आदिको सेवन गर्नुपर्छ । बिहानको खाजामा यी चीज लिन सकिन्छ । बिहानको खाजामा सिट्रस फलफूल पनि खानुपर्छ, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता सधैं बढिरहन्छ ।
२) भिटामिन ‘डी’युक्त खानेकुराहरू– हामीले धेरैजसो भिटामिन डी घामबाट पाउँछौं, तर हामीले सूर्यबाट मात्र भिटामिन डी प्राप्त गर्न सक्दैनौं । यसका लागि केही चीजको उपभोग अनिवार्य छ । च्याउ भिटामिन ‘डी’को लागि उत्तम स्रोत हो । यसका अलावा सालमन माछा, अन्डाको पहेंलो भाग, दूध र मासु पनि लिन सकिन्छ । लन्च वा डिनरमा च्याउको तरकारी खान सकिन्छ ।
३) ओटमिल– बिहानको खाजामा दलिया खानुहुन्छ भने झनै राम्रो । जाडोमा आवश्यक पर्ने सबै पोषक तŒव ओटमिलले उपलब्ध गराउँछ । दलियामा दालचिनी, अलैंची र जायफल राखेमा यो खानामा उच्च जिङ्क हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र घुलनशील फाइबर जसले चयापचय बढाउँछ । यी दुईको संयोजनले शरीरलाई भित्रबाट न्यानो राख्छ ।
४) चीसो लागि सुप– सुप साँझ लिन सकिन्छ । साँझ कामबाट थकित भएर घर आउँदा तातो सुपको मजा लिन सकिन्छ, जसले शरीरलाई न्यानो बनाउँछ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तरकारीको सुप खानुहोस् ।
५) बेलुकाको खाना– बेलुकीको खानामा फूलगोभी समावेश गर्नुहोस् । यसको साथमा सालमन माछा वा च्याउको तरकारी खानुहोस् । यसका साथै दालको पनि सेवन गर्नुपर्छ ।