पोखरियामा सेवाकेन्द्र तत्काल नखोलिने
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/pokhariya.jpg)
प्रस, वीरगंज, २१ मङ्सिर/ पोखरियामा मालपोत, भूमिसूधार, इलाका प्रशासन कार्यालयलगायत सेवाकेन्द्र स्थापनाको विषय केही समयको लागि टरेको छ । पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानले अर्थ मन्त्रालयका सचिवले कर्मचारी आपूर्ति हुन नसक्ने बताएपछि पोखरियामा विभिन्न कार्यालयहरूको सेवाकेन्द्र स्थापना गर्ने अभियान तत्कालका लागि स्थगित भएको बताएका छन् । उनले पोखरियामा सेवाकेन्द्र स्थापनाका लागि सङ्घ र प्रदेश सरकारलाई […]
प्रादेशिक अस्पताल, गौर तीन महीनादेखि प्रमुखविहीन
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/pradeshik.jpg)
प्रस, रौतहट, २१ मङ्सिर/ करीब तीन महीनादेखि प्रादेशिक अस्पताल, गौर प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सामाजिक विकास मन्त्रालय मधेस प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रमुखको जिम्मेवारी सञ्जीवकुमार सिंहलाई दिएर पठाएको एक हप्ता नबित्दै डा कृष्ण साहलाई प्रादेशिक अस्पताल गौरको प्रमुखको जिम्मेवारी दिएर पठाइएकोले प्रमुख सिंहले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा रिट दिएकाले दुवै प्रमुख […]
भारतमा लाइटर प्रतिबन्ध भएपछि चिनियाँ लाइटरको तस्करी बढ्यो
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/bharatma-1024x433.jpg)
पछिल्लो तीन महीनादेखि चिनियाँ ग्याँस लाइटरको तस्करी बढेको छ । विदेशबाट पहिले छोहोडा, केराउ, मरिचलगायत आयात गरी वीरगंजबाट क्यारिङमार्फत भारततर्फ तस्करी हुने गरेकामा अहिले चिनियाँ ग्याँस लाइटरको तस्करी पनि बढेको छ । भारत सरकारले भारु २० भन्दा कमको प्लास्टिकको लाइटरले प्रदूषण बढाएकोले चिनियाँ लाइटरमाथि प्रतिबन्ध लगाएको छ । साथै स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति अनुसार […]
विश्रामपुर गापामा गहुँको बीउ वितरणमा अनियमितता
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/bishrampur.jpg)
प्रस, परवानीपुर, २१ मङ्सिर/ बारा, विश्रामपुर गाउँपालिकाबाट यस वर्ष गहुँको बीउ वितरणमा अनियमितता भएको छ । गापाले वितरण गरेको गहुँको बीउमा सर्वसाधारण किसानभन्दा आसेपासे नेता, कार्यकर्तालाई बीउ वितरण गरिएको गाउँलेहरूले आरोप लगाएका छन् । गत मङ्गलवार गापाले पाँचवटा वडामा १२० जनाको दरले करीब छ सयजनालाई ११८ क्विन्टल (११ हजार ८ सय किलो) गहुँको बीउ वितरण […]
लोपोन्मुख ऐतिहासिक इनारको संरक्षणमा बेवास्ता
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/loponmukh-1024x305.jpg)
ओमप्रकाश चौधरी, सेढवा, २१ मङ्सिर/ पर्साको ग्रामीण भेगका ऐतिहासिक तथा धार्मिक महŒव बोकेका इनारहरू लोप हुँदै गएका छन् । विगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि बनाइएका इनारहरू अहिले पुरिंदै गएका छन् । इनारबाट प्राप्त हुने पानी सर्वसाधारणहरूले पिउने, नुहाउने, भाँडाबर्तन माझ्नेलगायतका दैनिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए । यसका साथै चाडबाडको समयमा इनारको पूजापाठ गर्नुका […]
ज्ञानदाद्वारा ध्यानाकर्षण सेमिनार
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/gyanda-dwara.jpg)
प्रस, वीरगंज, २१ मङ्सिर/ ज्ञानदा एकेडेमीले विद्यार्थीले अध्ययनमा ध्यानाकर्षण कसरी बढाउने भन्ने विषयमा बिहीवार एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सहजकर्ता एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले सम्बन्धित विषयमा विभिन्न अनुसन्धान गरिएका आलेखहरूको अध्ययनबाट प्रमाणित आधारहरूलाई विश्लेषण गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । पछिल्लो चरणमा सामाजिक सञ्जालको व्यापकताले विद्यार्थीमा ल्याएको विकृति र […]
बैंक कर्मचारीद्वारा पत्रकारसँग दुव्र्यवहार
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
नितेश कर्ण, वीरगंज, २१ मङ्सिर/ यातायात व्यवस्था कार्यालयमा रहेको ग्लोबल आइएमई बैंककी कर्मचारी खुश्बु रौनियारले सञ्चारकर्मीको क्यामराको लेन्स तोडफोड गरेकी छन् । बिहीवार दिउँसो सो बैंकमा कर्मचारी र ग्राहकबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि समाचारका लागि भिडियो फुटेज लिइरहेका ग्यालेक्सी फोरकेका संवाददाता जीयालाल साहको क्यामराको लेन्स रौनियारले बैंकबाहिर आएर तोडेकी थिइन् । उनले […]
गधासँग अटो ठोक्किंदा एकजना घाइते
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
प्रस, निजगढ, २१ मङ्सिर/ छाडा चौपाया गधासँग अटो ठोकिएर पल्टिंदा अटोमा सवार एकजना गम्भीर र एकजना सामान्य घाइते भएका छन् । घाइते हुुनेमा निजगढ नगरपालिका–१० लालकी ३० वर्षीया सरु वाईवा गम्भीर र अटोचालक सोही ठाउँका छेचाङ स्याङ्तान सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । निजगढ बजार अटो पार्किङबाट लालतर्फ जाने क्रममा पूर्व–पश्चिम […]
तस्करीमा प्रयोग हुने मोटरसाइकल भन्सार चलान
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/taskarima.jpg)
प्रस, वीरगंज, २१ मङ्सिर/ भारतीय कुखुराका चल्ला तस्करीमा प्रयोग भएको तीनवटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज भन्सारलाई बुझाएको छ । विन्ध्यवासिनी गाउँपालिका, वीरगंज महानगरपालिका–२२ जगरनाथपुरबाट प्रहरीले भारतीय चल्लासहित दुईवटा भारतीय नम्बरका मोटरसाइकल नियन्त्रणमा लिई कारबाईको लागि वीरगंज भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । तस्करहरू भने प्रहरीलाई देख्नासाथ मोटरसाइकल र चल्ला छाडेर […]
सप्तरीमा राष्ट्रिय एकता अभियानको सम्मेलन
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/saptarima.jpg)
प्रस, वीरगंज, २१ मङ्सिर/ सप्तरी जिल्लाको राजविराजमा राष्ट्रिय एकता अभियानको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन सङ्घीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादविरुद्ध चेतना जगाउने उद्देश्यले आयोजना गरिएको अभियानले जनाएको छ । सम्मेलन पार्थव सरकारको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि अभियानका राष्ट्रिय अध्यक्ष विनय यादव थिए । कार्यक्रममा अभियानका वरिष्ठ […]